घोप्टेभीरमा सुक्खा पहिरो जाँदा यात्रुलाई सास्ती, आजपनि राजमार्ग एकतर्फीमात्र सञ्चालन

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

 राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभिरमा खसेको सुक्खा पहिरोले तिहारको लागि यात्रा गरेका यात्रुले निक्कै सास्ती पाए । तिहारको समयमा लगातार यहाँ सुक्खा पहिरो गइरयो।

घोप्टेभीरमा आइतबार, सोमबार, मंगलबार र बुधबार लगातार पहिरो खसेपछि तिहार मनाउन आउजाउ गर्नेहरू निकै समस्यामा परे। सुक्खा पहिरोका कारण तिहार मनाउन घर जाने तथा चाडपर्व मनाएर फर्किने यात्रुहरू बिचबाटोमै अलपत्र परे । सडक अवरुद्ध भएपछि राजमार्गमा सवारीसाधनको लामो जाम नै लागेको थियो ।

चितवनको मुग्लिन नजिक इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा सुक्खा पहिरो खसेर राजमार्ग अवरुद्ध हुँदा आज पनि एकतर्फी सञ्चालनमा रहेको छ । हिजो बिहान पौने ४ बजेदेखि अवरुद्ध सडक झण्डै ४ घण्टापछि पौने ८ बजेतिर एकतर्फी खुलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *