ल्याण्डगर्ने क्रममा फिस्टेल एयर र एयर डाइनेष्टीको हेलिकोप्टर ठोक्किए

सोलुखुम्बुमा हेलिकोप्टर ल्याण्ड गर्नेक्रममा दुईवटा हेलिकोप्टर ठोक्किएर दुर्घटना भएका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी नवीन राजा बुढाथोकीले आज बिहान फिस्टेल एयर र एयर डाइनेष्टीको हेलिकोप्टर ठोक्किएर दुर्घटना भएको  जानकारी दिए। उनले भने, ‘खुम्बु पासाङल्हामु गाउँपालिकाको सगरमाथा क्षेत्रको खुम्बु उपत्यकामा अवस्थित फेरिचे हेलिप्याडमा बिहान सवा ८ मा दुर्घटना भएको हो। हेलिकोप्टर दुर्घटनाको छानबिन सुरु नेपाल […]

Continue Reading

भाइटीकाको साइत कात्तिक २५ गते बिहान ११:०७ बजे

पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको समितिका अध्यक्ष प्रा डा पुरुषोत्तम भट्टराईले जानकारी दिए  । कात्तिक २५ गते बुधबार बिहान ११ः०७ बजे भाइटीकाको साइत उत्तम रहेको उनकाे भनाइछ । मध्याह्न कालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि […]

Continue Reading

दुई अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गर्ने सरकारको निर्णय

सरकारले दुई वटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आज मङ्गलबार बसेको मन्त्रीपरिषद्को बैठकले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायतका केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित […]

Continue Reading

एनपिएलले बढायो आर्थिक गतिविधि

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी एनपिएलको तेस्रो संस्करणले आर्थिक कारोबार थप चलायमान बनाएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा जारी एनपिएलले खेल क्षेत्र मात्र नभई समग्र आर्थिक क्षेत्रकै गतिविधि बढाएको हो । एनपिएलले होटल, पर्यटन, खेलकुद सामाग्री र विज्ञापन बजारलाई समेत चलायमान बनाउन ठुलो भूमिका खेलेको छ । आठ फ्रेन्चाइज टोली, स्वदेशी तथा विदेशी खेलाडीको सहभागिता, […]

Continue Reading

१३ अर्बका ६२ ठेक्का तोडिए

सार्वजनिक निर्माण क्षेत्रमा ठेक्का ओगटेर बर्सौंसम्म काम नगर्ने र आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीमाथि सरकारले कडा कदम चालेको छ । पूर्वाधार विकास मन्त्रालयले पछिल्लो सात महिनाको अवधिमा देशका विभिन्न भागमा रुग्ण अवस्थामा रहेका ६२ वटा अलपत्र ठेक्का सम्झौता रद्द गरेको छ । त्यसै गरी सम्झौता उल्लङ्घन गर्ने गैरजिम्मेवार निर्माण व्यवसायीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमार्फत कालो सूचीमा राख्ने […]

Continue Reading

इनमको बयान : चोलेन्द्र श्रीमान् ‘मास्टरमाइण्ड’, मलाई ‘युज’ गरियो

सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) कसुरमा बिचौलिया इनम सापकोटा अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन्। पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएपछि प्रहरीको विशेष ब्यूरोले उनलाई असोज १४ मा पक्राउ गरेको थियो । इनमसँग सम्पर्कमा रहेका लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । अदालतमा विचाराधीन व्यवसायी […]

Continue Reading

साउदीस्थित नेपाली दूतावासको पाँचबुँदे अपिल- सतर्क रहनु

साउदी अरेबियास्थित नेपाली दूतावासले पाँचबुँदे आग्रह सार्वजनिक गरेको छ । दूतावासले सोमबार (कात्तिक ७) यस्तो आग्रह गरेको छ । “साउदी अरेबियाको हालको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै साउदी अरेबियामा रहनुहुने सम्पूर्ण नेपालीहरूलाई” दूतावासले यस्तो आग्रह गरेको हो । दूतावासले सतर्क रहन, आधिकारिक निर्देशनहरू पालना गर्न, अपुष्ट जानकारी नफैल्याउन, यात्रा गर्दा सावधानी अपनाउन र दूतावासमा सम्पर्क गर्न […]

Continue Reading

लाञ्छित न्यायाधीशमाथि छानबिन गर्न सर्वोच्च बैठकले भनेको ‘सम्बद्ध निकाय’ कुन हो ?

सर्वोच्च अदालतको ‘फुलकोर्ट’ बैठकले न्यायाधीशलाञ्छित बाहिर आएका विषयमा निष्पक्ष एवम् स्वतन्त्र ढंगबाट छानबिन गर्न सम्बद्ध निकायलाई आग्रह गरेपछि यसबारे न्याय क्षेत्रमा चासो बढेको छ । सोमबार (कात्तिक १६) फुलकोर्ट बैठकपछि सर्वोच्चका प्रवक्ता डा. अशोककुमार क्षेत्रीले जारी गरेको विज्ञप्तिमा छानबिनका निम्ति ‘सम्बद्ध निकाय’ भन्ने अमूर्त भाषा प्रयोग गरिएको छ । यो निकायको प्रकृति कस्तो भन्ने त्यसमा […]

Continue Reading

युरोपभरकाे आन्दोलन र प्रदर्शन ले सिकाएकाे पाठ

गत १७ सेप्टेम्बरमा शैक्षिक सुधारको माग राख्दै फ्रान्सको माध्यमिक विद्यालयमा पढ्ने छात्र–छात्राले सुरु गरेको आन्दोलन अहिले युरोपभर फैलिएको छ । फ्रान्समा क्रमशः आन्दोलन अघि बढ्दै जाँदा मजदुर युनियन, शिक्षक संगठन, विपक्षी र वामपन्थी पार्टीहरूले ऐक्यबद्धता जनाएका थिए । विद्यालयका जीर्ण पूर्वाधार, शिक्षक अभावलगायतलाई सम्बोधन गर्नुपर्ने माग राखेर सुरु भएको यस आन्दोलनमा अहिले युद्ध अन्त्य, मूल्यवृद्धि अन्त्यलगायत आम […]

Continue Reading

स्थानीय तहको उम्मेदवार छान्न रास्वपाले बनायो सात उपसमिति, महानगर र उपमहानगरमा आवेदन खुला

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाउँदै सातवटा विषयगत उपसमिति गठन गरेको छ। पार्टीको स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिको बैठकले उम्मेदवार छनोटलाई व्यवस्थित बनाउन विभिन्न जिम्मेवारीसहित उपसमिति गठन गर्ने निर्णय गरेको हो। पार्टीका महामन्त्री एवं स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन […]

Continue Reading