सयपत्री र मखमलीको पर्वमा गोदावरीको सुगन्ध, फूलसँगै फुल्दै व्यावसायिक सपना

तिहार आउन थालेपछि नेपालीका घर आँगन फूलले सजिन थाल्छन् । सयपत्रीका पहेँला र सुन्तला रङ, मखमलीको गाढा सौन्दर्य अनि फूल मालामा गाँसिएको धागोले गाउँदेखि सहरसम्म पर्वको रौनक थप्छ । दाजुभाइ र दिदीबहिनीबिचको स्नेह, लक्ष्मीपूजाको उज्यालो र देउसी भैलोको सांस्कृतिक उल्लाससँग फूलको सम्बन्ध अभिन्न रूपमा जोडिएको छ । यही फूलको उत्सवमा यस वर्ष इलामले नयाँ रङको […]

Continue Reading

दर्ता भएन दानबहादुर कार्कीको रिट

आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित दानबहादुर कार्कीले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन बिहीबार दर्ता हुन सकेन । उक्त रिट निवेदन शुक्रबार दर्ता भए छिटोमा तिहारपछि मात्र सुनुवाइ हुनेछ । निवेदन दर्ता भएको भोलिपल्टदेखि तिहार बिदा सुरु हुने भएकाले तिहारपछि मात्रै मुद्दाको प्रारम्भिक सुनुवाइ हुनेछ । सर्वोच्चका कर्मचारीहरूले कार्कीका कानुन व्यवसायीहरूलाई ‘अध्ययनका क्रममा […]

Continue Reading

बिर्तामोडमा आगलागी, ६ करोडको क्षति

झापाको  बिर्तामोडमा भएको आगलागीबाट करिब ६ करोड बराबरको भौतिक क्षति भएको छ । बुधवार  बिर्तामोड ४ स्थित राजेश मण्डलको दुई तले घरबाट आगो सल्किएको थियो ।  राजेश मण्डलको दुईतले पक्की घरमा सागर घोषले सञ्चालन गरेको शुभलाभ इलेक्ट्रोनिक्स पसलको गोदाममा अचानक विद्युत् सर्ट भई आगलागी हुँदा उक्त गोदाममा रहेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरु पूर्णरूपमा जलेर नष्ट भएका छन् […]

Continue Reading

सञ्चार माध्यमका सामाजिक सञ्जाल अनुगमनको दायरामा

प्रेस काउन्सिल नेपालले सामाजिक सञ्‍जालका समाचारमूलक पेज तथा च्यानललाई पनि अब अनुगमन गर्ने भएको छ । काउन्सिलको अधिकारक्षेत्र विस्तार हुने गरी सरकारले मौजुदा ऐन संशोधन अध्यादेश सिफारिस गरेको हो । अध्यादेश राष्ट्रपतिबाट जारी भएपछि आचारसंहिता अनुगमन, कार्यान्वयन र अन्य नियमनमा काउन्सिलको अधिकार बढ्ने छ । मन्त्रीपरिषद्को हालैको बैठकले अध्यादेश सिफारिस गरेको हो । प्रेस काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठले मौजुदा […]

Continue Reading

दुवै सदनमा डेमोक्रेटिकको बहुमत

अमेरिकाको मध्यावधि निर्वाचनमा प्रमुख विपक्षी डेमोक्रेटिक पार्टीले संसद्का दुवै सदनमा बहुमत हासिल गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको सत्तारूढ रिपब्लिकन पार्टीले दुवै सदनमा बहुमत गुमाएको छ । यस परिणामसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षको कार्यकालका लागि रिपब्लिकन पार्टीको एकल वर्चस्व अन्त्य भएको अमेरिकी निजी टेलिभिजन संस्था सिएनएनले जनाएको छ । अमेरिकामा अस्ती मङ्गलबार मध्यावधि निर्वाचन भएको थियाे […]

Continue Reading

पश्चिमी वायुको आंशिक प्रभाव : आज पहाडी क्षेत्रमा हल्का वर्षा

हालदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा  हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती […]

Continue Reading

अब हुलाकबाटै त्रिविका शैक्षिक प्रमाणपत्र घरघरमा

त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट जारी हुने शैक्षिक प्रमाणपत्र तथा अन्य कार्यालयीय कागजात अब हुलाक सेवामार्फत विद्यार्थीको घरमै पुर्‍याइने भएको छ। शैक्षिक प्रमाणपत्र विद्यार्थीको ठेगानामा र कार्यालयीय कागजात सम्बन्धित कार्यालयमा पुर्‍याउन त्रिवि र हुलाक सेवा विभागबिच सम्झौता भएको छ। यसबाट प्रमाणपत्र लिन विश्वविद्यालयका कार्यालयमा धाउनुपर्ने बाध्यता अन्त्य हुने र विद्यार्थीको समय बचत हुने अपेक्षा गरिएको छ। […]

Continue Reading

आजकाे विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ १६ पैसा र बिक्रीदर १७० रुपैयाँ ८४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ९० पैसा र […]

Continue Reading

दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय

सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) परिवर्तन गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बहालवाला आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने र उनको स्थानमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको हो। सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्को निर्णयबारे सेतोपाटीलाई जानकारी दिँदै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने […]

Continue Reading

तिहारमा कुन दिन कस्तो रहन्छ मौसम ?

यस वर्ष तिहारका पाँच दिन देशभरको मौसममा ठूलो उतारचढाव देखिँदैन। नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तिहार अवधिमा (काग तिहारदेखि भाइटीकासम्म) अधिकांश स्थानमा मौसम अनुकूल रहने अनुमान छ। तर, हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदलीसँगै केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ। पश्चिमी वायुको सामान्य प्रभाव रहने भएकाले हिमाली र पहाडी भूभागमा […]

Continue Reading