देउसीभैलो खेलेर जुटेको रकमबाट विद्यार्थीलाई न्यानो कपडा

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

तिहारमा देउसी भैलो खेलेर सङ्कलन गरिएको रकम सामाजिक तथा शैक्षिक कार्यमा खर्च गर्ने अभियानअन्तर्गत तनहुँको व्यास नगरपालिका –१२, भेडीखोलास्थित मत्यकन्या आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

दमौलीका युवा सामाजिक अभियन्ता सुदीप गफ्फार र उनको समूहले देउसी भैलोबाट सङ्कलन गरेको रकमबाट विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीलाई स्विटर वितरण गरेको हो ।

चिसो मौसम सुरु भएसँगै विद्यार्थीलाई जाडोबाट जोगाउन र पठनपाठनमा सहज बनाउन न्यानो कपडा वितरण गरिएको गफ्फारले बताए  । देउसी भैलोबाट सङ्कलित रकम मनोरञ्जन र व्यक्तिगत प्रयोजनमा खर्च नगरी सामाजिक सेवामा लगाउने उद्देश्यले विद्यार्थीलाई सहयोग गरिएको उनले बताए  ।

चाडपर्वको अवसरमा सङ्कलन हुने रकमलाई समुदायको आवश्यकता र हितमा खर्च गर्न सके सामाजिक उत्तरदायित्व पूरा हुने उनको भनाइ छ । विद्यालयका प्रधानाध्यापक शकुन्तला दवाडीले जाडो मौसममा विद्यार्थीलाई स्विटरले चिसोबाट जोगाउन सहयोग पुग्ने बताइन  ।

मुस्लिम समुदायका गफ्फारले हिन्दू धर्मावलम्बीको पर्व तिहारमा देउसी भैलो खेलेर सामाजिक काममा योगदान गरेका हुन  । उनले यसअघि तिहारकै अवसरमा ब्रह्माकुमारी राजयोग केन्द्र दमौलीकी सञ्चालिका जमुना खड्काको हातबाट भाइटीका लगाएर धार्मिक सद्भावको सन्देशसमेत दिएका थिए  । न्यानो कपडा तथा स्टेशनरी गरी १३ हजार पाँचसय मूल्यको सहयोग गरिएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *