नेपालमा माथिल्लो वायूमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । जसका कारण देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ । बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने तथा तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
आज राति देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहान थोरै स्थानमा हुस्सु/कुहिरो लागेकाेछ।
