बंगालको खाडीमा चक्रवात विकसित हुने सम्भावना, नेपालमा पनि मौसम प्रभावित हुन सक्ने

बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवातीय आँधीमा परिणत हुन सक्ने र त्यसको प्रभावले नेपालमा पनि मौसम बदली तथा वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले हिजाे शुक्रबार साँझ जारी गरेको सूचनाअनुसार पूर्वमध्य तथा दक्षिणपूर्वी बंगालको खाडी आसपास विकसित न्यूनचापीय प्रणाली क्रमशः बलियो हुँदै कात्तिक ९ गते (अक्टोबर २६) चक्रवातीय आँधीमा परिणत हुने सम्भावना […]

Continue Reading

बेनी–दरबाङ सडक सन्चालन

असोज ३० गते शनिबारदेखि अवरुद्ध बेनी–दरबाङ सडकखण्ड अन्तर्गत फापरखेतको पहिरो शुक्रबार बिहान सात दिनपछि खुलेको छ । निरन्तर सुक्खा पहिरो झरिरहेकाले जोखिमपूर्ण बनेको सडकमा दुईवटा मेसिन परिचालन गरी पहिरो पन्छाएपछि यातायात सञ्चालनका लागि बाटो खुलाइएको हो । तातोपानी प्रहरी अनुसार माथिबाट नियमित रूपमा पहिरो झरिरहेकाले सडक खुलाउने काम जोखिमपूर्ण बनेको थियो । जोखिमका बिच दुईवटा […]

Continue Reading

नवलपुरमा अटो दुर्घटना, चौध जना घाइते

नवलपुरको देवचुली नगरपालिका–६ मा भएको अटो दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जना बालबालिका, ५ महिला र एक पुरुष रहेको नवलपुर प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । देवचुलीको कीर्तिपुरबाट दलदलेतर्फ जाँदै गरेको गण्डकी प्रदेश ००४००१ स ००५१ नम्बरको सामान बोक्ने अटो ब्रेक फेल भइ […]

Continue Reading

दसैंपछि तिहार अघि कृषकलाई धान भित्र्याउने चिन्ता

नेपालीहरूको महान पर्वहरू दसैं–तिहारको रौनकबिच रूपन्देहीका किसानलाई पाकेको धान भित्र्याउने चिन्ता परेको छ । खेतमा धान पाकेर पहेँलपुर बनेपछि किसानहरू बाली काट्ने र स्याहार्ने काममा व्यस्त भएका छन् । दसैंअघि कतिपय किसानले धान काटिसकेका छन् भने केही किसानअहिले धान काट्ने तयारीमा जुटेका छन् । रूपन्देहीको तिलोत्तमा नगरपालिका –४, विष्णुपुर (शीतलकुञ्ज) क्षेत्रमा पनि किसानहरू धान भित्र्याउन […]

Continue Reading

दसैंका लागि गाउँ गएकाहरू फर्किन थाले, उपत्यकामा बढ्यो चहलपहल

बडादसैं मनाउन गाउँ गएकाहरू काठमाडौं फर्किन थालेका छन्। टीकाको अघिल्लो दिनदेखि सुनसान जस्तै रहेको काठमाडौं उपत्यकामा शुक्रबार निकै चहलपहल बढेको छ। आइतबारदेखि कार्यालयहरू पनि खुल्ने भएकाले दसैं मनाउन गाउँ गएकाहरू फर्किन थालेका हुन्। एकातिर विजयादशमीको तेस्रो दिन पनि टीका र जमरा लगाउने क्रम जारी रहेकाले उपत्यकामा चहलपहल बढेको छ भने, अर्कोतर्फ बाहिरबाट उपत्यका भित्रिने क्रम पनि […]

Continue Reading

हिमपातले बेपत्ता चौरीसहित ३०७ पशुको उद्धार

नाम्खा गाउँपालिका –६ को हिमालपारीको गाउँ लिमीको उच्च पाटनमा चरनका लागि छाडिएका बेला हिमपात हुँदा बेपत्ता भएका चौरी गाईसहित तीन सयभन्दा बढी पशुको उद्धार गरिएको छ । लिमीका वडा अध्यक्ष पाल्जोर तामाङसहितको टोली खोजीमा जाँदा लाप्चा क्षेत्रको साँक्या खोलामा  सकुशल फेला परेका हुन् । बेपत्ता पशुको खोजीका लागि आफूसहित लिमीका स्थानीयको टोली लाप्चा क्षेत्र पुग्दा […]

Continue Reading

बेलायती राजपरिवारकी मेघनले खोलिन् बुबाविरुद्धको आरोपको रहस्य

बेलायती राजपरिवारकी सदस्य मेघन मार्कलले आफ्ना बुबा थोमस मार्कलविरुद्ध सन् २०१८ मै ‘चिन्ताजनक आरोप’बारे जानकारी पाएको बताएकी छन्। उनले आफ्ना बुबासँगको सम्बन्धबाट टाढा रहनुको कारणसमेत खुलाएकी छन्। मेघनका अनुसार सन् २०१८ मा थोमस मार्कलविरुद्धका आरोप समेटिएको एउटा पत्र लन्डनको मेट्रोपोलिटन प्रहरीमा पठाइएको थियो। पछि उक्त पत्रमा उल्लेखित विषयबारे उनलाई पनि जानकारी गराइएको थियो। मेघनका बुबाको […]

Continue Reading

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार १५६ पाउन्ड (करिब एक हजार ४३१ किलोग्राम) तौलको विशाल फर्सीले विश्वकै सबैभन्दा भारी फर्सीको कीर्तिमान तोड्ने सम्भावना देखिएको छ । हाल कायम कीर्तिमानभन्दा करिब ३०० पाउन्ड (१३६ किलोग्राम) बढी तौल भएको उक्त फर्सीको विश्व कीर्तिमानका लागि आधिकारिक पुष्टि हुन बाँकी छ । रोड आइल्यान्डको ग्रीनका उत्पादक रोन वालेसले न्यु […]

Continue Reading

बीबीसीविरुद्धको मुद्दामा ट्रम्पलाई शपथ लिएर बयान दिन अदालतको आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बीबीसीविरुद्ध दायर मानहानिसम्बन्धी मुद्दामा आगामी डिसेम्बर ११ भित्र शपथ लिएर बयान दिन अदालतले आदेश दिएको छ । अमेरिकाको एक अदालतले ट्रम्पलाई बीबीसीको वृत्तचित्रमा आफ्नो भाषण सम्पादन गरिएको विषयमा दायर मुद्दाको अनुसन्धान प्रक्रियाअन्तर्गत बयान दिन आदेश दिएको हो । सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद् भवन क्यापिटलमा भएको दङ्गाअघि ट्रम्पले दिएको […]

Continue Reading

तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा १६ जनाको मृत्यु

दक्षिण-पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रमा गएको ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार बिहीबार राति स्थानीय समय अनुसार १०:३३ बजे उक्त भूकम्प गएको हो। भूगर्भविद्हरूका अनुसार भूकम्पको गहिराइ १० किलोमिटर मात्र रहेकाले यसको धक्का निकै कडा महसुस गरिएको थियो। […]

Continue Reading