दसैँमा पनि रोकिएन विदेसिने युवाहरुको लर्को

नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य विभिन्न कामका सिलसिलामा विदेसिने क्रम जारी छ ।  दसैँको उल्लास, पारिवारिक भेटघाट र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने चटारो चलिरहेका बेला पनि आफ्नो भविष्य निर्माण र परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले सयौँ नेपाली युवायुवती विदेश प्रस्थान गरिरहेका छन्। काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  विदेश जाने यात्रुको भिड […]

Continue Reading

पोखरा–जोमसोम हवाई उडान पाँच महिनाका लागि स्थगित

निजी वायुसेवा कम्पनीका ट्विनअटर विमान नियमित मर्मत र यात्रुको चाप घटेका कारण पोखरा–जोमसोम नियमित हवाई सेवा पाँच महिनाका लागि स्थगित गरिएको छ । पोखराबाट जोमसोमका लागि नियमित उडान गर्दै आइरहेको निजी वायुसेवा कम्पनी यति एयरलाइन्सको भगिनी संस्था तारा एयरलाइन्स, समिट एअरलाइन्सले पर्यटकको सिजनमै नियमित उडान स्थगित गरेका हुन् । विगतका बर्षमा कात्तिक महिनासम्म नियमित सञ्चालन हुने […]

Continue Reading

सातापछि वर्षा हुन सक्छ, सामाजिक सन्जालकाे अफवाहमा बिश्वास नर्गन आग्रह

मौसम विज्ञान विभागले आगामी मङ्गलबार कार्तिक १० देखि  मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग आग्नह गरेकाे  छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले हाल सामाजिक सञ्जालमा फैलाइएको हल्लालाई लक्षित गर्दै केही भागमा वर्षा भए पनि आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पारे । “आगामी मङ्गलबारदेखि वर्षाको सम्भावना छ । तर, कुन स्थानमा […]

Continue Reading

भोटेकोशी विपद् : नेपाललाई करिब ३ अर्ब सहयोग गर्ने हानिनोक्सानी कोषको निर्णय

हानिनोक्सानी कोष (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज)ले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने निर्णय भएको छ। कोषले भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि उक्त रकम दिने निर्णय गरेको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कृषि वन तथा पर्यावरण मन्त्री गिता चौधरीले भोटेकोशी-त्रिशुली क्षेत्रका […]

Continue Reading

साउदीमा एक नेपालीको मृत्यु भएपछि सरकारले गर्‍यो आक्रमणको निन्दा

साउदी अरेबियामा ड्रोन आक्रमणपछि खसेको भग्नावशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले घटनाको निन्दा गर्दै सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी गरिने आक्रमण रोक्नुपर्नेमा जोड दिएको छ। मन्त्रालयले साउदी अरेबियाको सैबह तेल क्षेत्रमा भएको घटनामा नेपाली नागरिकको मृत्यु भएकोप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना […]

Continue Reading

थिमिमा ६२ वर्षपछि जीवित देवी कुमारीको दर्शनसहित टीका ग्रहण गर्ने परम्परा सुरु

भक्तपुरको मध्यपुरथिमिमा ६२ वर्षपछि यसवर्ष जीवित देवी कुमारी दर्शन गराउने परम्पराले निरन्तरता पाएको छ । स्थानीय शाक्य, बज्राचार्य, कर्माचार्य तथा संस्कृति संरक्षणकर्मीहरूको पहलमा धार्मिक, सामाजिक एवं ऐतिहासिक महत्व बोकेको कुमारी दर्शन गराउने परम्परा ६२ वर्षपछि आज सुरु भएको हो । मध्यपुरथिमि चपाचोकी चार वर्षीया आयुषी बज्राचार्यलाई यसवर्ष जीवित देवी कुमारीका रूपमा नियुक्त गरिएको थियो । […]

Continue Reading

६ वर्षपछि राजपरिवारसँग सम्बन्ध सुधार्न चाहेका ह्यारी के भन्छन् ?

राजकुमार ह्यारीले ६ वर्षपछि आफ्नो परिवारसँगको सम्बन्ध सुधारेर मेलमिलाप गर्न चाहेको बताएका छन्। जीक्यू पत्रिकासँगको अन्तर्वार्तामा उनले विगतका विवाद बिर्सेर अघि बढ्नुपर्ने बताएका हुन्। सेप्टेम्बरमा न्युयोर्कमा रेकर्ड गरिएको अन्तर्वार्ता हालै  सार्वजनिक भएको हो। राजपरिवारसँगको सम्बन्धबारे कुरा गर्दै ह्यारीले भने, ‘केही मानिस यो सम्बन्ध राम्रो भएको चाहँदैनन्। म भने राम्रो होस् भन्ने चाहन्छु।’ उनले संसारमा भइरहेका घटनाका […]

Continue Reading

फ्रान्समा दंगा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

फ्रान्सका विभिन्न सहरमा भएका दंगाका दृश्य विश्वभर फैलिएपछि देशको महत्त्वपूर्ण पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने चिन्ता बढेको छ । हिंसा दोहोरिएमा पर्यटकको आगमन र पर्यटन आम्दानीमा थप गिरावट आउन सक्ने पर्यटन व्यवसायीहरूले चेतावनी दिएका छन् । फ्रान्सको पर्यटन संस्थाहरूको छाता सङ्गठन ‘एडिएन टुरिजम’की प्रमुख क्रिस्टेल कासाग्नेले निस, पेरिस र लियोनजस्ता प्रमुख सहरमा देखिएको हिंसालाई विनाशकारी बताए । […]

Continue Reading

भारतमा जीवित प्रमाणित गर्न सरकारी कार्यालय धाउँदै मतदाता सूचीबाट नाम हटेका ‘मृतक’ व्यक्ति

भारतको राजधानी नयाँ दिल्लीका ५३ वर्षीय कामता प्रसाद मतदाता नामावली पुनरावलोकनका क्रममा हटाइएका करिब १३ करोड नामहरूमध्ये एक हुन् । भारतमा यो ठूलो मतदाता नामावली संशोधनले व्यापक विरोध प्रदर्शन निम्त्याएको छ र प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारविरुद्ध लगातार विरोध प्रदर्शन गरिरहेको छ ।  मृतक, नाम दोहोरिएका र ठाउँ सरेर गएकाहरुको नामलाई सच्याउनका लागि ‘विशेष गहन पुनरावलोकन’ (एसआईआर) ल्याइएको […]

Continue Reading

रित्तिँदै गाउँ, हराउँदै दसैंको रौनक

डडेलधुरा, काफलीमा कुनै बेला दसैंतिहारमा गाउँभरि चहलपहल हुन्थ्यो। टाढाटाढाका घरमा आफन्त आउने, बालबालिका र युवायुवती जम्मा हुने र गाउँका बाटाघाटामा भेटघाट बाक्लिने गर्थ्यो। घरघरमा दसैंको तयारी हुन्थ्यो। गाउँमा बस्ने परिवार धेरै भएकाले चाडपर्वको रौनक पनि बेग्लै थियो। तर अहिले डडेलधुराको काफली गाउँमा त्यस्तो चहलपहल देखिँदैन। बसाइँसराइले गाउँका घर रित्तिँदै गएपछि दसैंतिहारको पुरानो रौनक पनि हराउँदै […]

Continue Reading