बाँकेको कपासीमा विद्युत् सर्ट भएर आगलागी, सात वटा घर पूर्णरूपमा जले

बाँकेको जानकी गाउँपालिका–६, कपासीस्थित इद्दु खानको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा सात वटा घर पूर्णरूपमा जलेका छन्। आगलागीबाट मानवीय तथा चौपायाको क्षति भने नभएको प्रहरीले जनाएको छ। स्थानीय साबिर खान, इद्दु खान, फिरोज खान र जाबिर खानका खरले छाएका एक–एक तले कच्ची घर पूर्णरूपमा जलेका छन्। त्यस्तै, सोही स्थानका जाबेद खान, सरनाम खान र […]

Continue Reading

ट्रम्प प्रशासनद्वारा ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो दोस्रो कार्यकालमा हालसम्म ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द गरेको छ। सङ्घीय सरकारले तीव्र बनाएको अध्यागमन सम्बन्धी कडा नीतिका बीच विदेश मन्त्रालयले मंगलबार यसको जानकारी दिएको हो। सार्वजनिक गरिएको तथ्यांकले पछिल्ला हप्ताहरूमा भिसा रद्द गर्ने क्रम थप तीव्र बनेको देखाउँछ। यसअघि गत साउन २५ ९अगस्ट १०० मा मन्त्रालयले सन् […]

Continue Reading

इटालीमा हिंसा र तोडफोड गर्नेहरूलाई ५ वर्षसम्म जेल र २१ लाख रुपैयाँसम्म जरिवाना

इटालीमा हिंसात्मक प्रदर्शन गर्नेहरूले अब ५ वर्षसम्म जेल सजाय र करिब २१ लाख रुपैयाँ सम्म जरिवाना भर्नुपर्ने भएको छ। प्रधानमन्त्री जोर्जिया मेलोनीको सरकारले मंगलबार मिलान सहरका पसलहरूमा भएको लुटपाट र आगजनीपछि सुरक्षासम्बन्धी नयाँ नियमहरू स्वीकृत गरेको हो। नयाँ नियमअनुसार नाबालिगहरूले गरेको तोडफोड तथा क्षतिपूर्ति उनीहरूका अभिभावकले भर्नुपर्नेछ। साथै, १४ वर्षभन्दा माथिका बालबालिकामाथि मुद्दा चलाउने प्रक्रियालाई […]

Continue Reading

काठमाडौं उपत्यकामा सवारी चाप बढ्दै

मान्यजनबाट विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गर्न हिँड्ने सर्वसाधारणको चहलपहल बढेसँगै काठमाडौं उपत्यकाका सडकमा सवारी चाप बढ्न थालेको छ। बडादसैँको फूलपाती, अष्टमी र नवमीको तुलनामा आज टीकाको शुभसाइतपछि सडकमा सवारीसाधन बढेका हुन्। सार्वजनिक यातायातमा यात्रु बढेसँगै भीडभाड देखिन थालेको छ। अहिले उपत्यकाभित्रिने प्रमुख नाकासहित काठमाडौं, भक्तपुर र ललितपुरका मुख्य सडकहरूमा सवारीसाधन सामान्य अवस्थामा सञ्चालनमा […]

Continue Reading

क्रिस्टियानो रोनाल्डोलाई ३० दिनको निलम्बन र २५५ युरो जरिवाना

पोर्चुगिज फुटबल महासंघ (एफपीएफ)) ले कप्तान क्रिस्टियानो रोनाल्डोलाई ३० दिनको निलम्बन र २५५ युरो जरिवाना गरेको छ । बिबिसिमा उल्लेख भए अनुसार राष्ट्रिय टोलीको शिविर छाडेको घटनालाई लिएर महासंघले रोनाल्डोमाथि कारबाही गरेको हो । ४१ वर्षीय रोनाल्डोले प्रशिक्षक जर्ज जिससले आफ्नो वचन तोडेको र विश्वास उल्लंघन गरेको आरोप लगाउँदै टोली छाडेका थिए । अनुशासन समितिले […]

Continue Reading

कात्तिक १३ गतेदेखि तीनदिने काठमाडौं फिल्म फेस्टिभल हुँदै

काठमाडौं महानगरपालिकाले यही कात्तिक १३, १४ र १५ गते फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ । यही कात्तिक १३ गते वसन्तपुरमा सम्पदा यात्राबाट शुभारम्भ हुने उक्त फेस्टिभलअन्तर्गत राष्ट्रिय सभा गृह, नेपाल पर्यटन बोर्ड, जय नेपाल सिनेमा घर र तारागाउँमा विभिन्न कार्यक्रम आयोजना हुने छ । फिल्म प्रदर्शन साझेदारीका रुपमा जय नेपाल सिनेमा, सवारीसाधन तथा यातायातका लागि अग्नि ग्रुप […]

Continue Reading

अल्बर्टामा जनमतसंग्रह : प्रारम्भिक नतिजाअनुसार अधिकांश जनता विभाजनको विपक्षमा

तेलको धनी मानिने क्यानडाको अल्बर्टा प्रान्तका मतदाताहरूले देशको अखण्डताको पक्षमा ठूलो जनमत प्रकट गरेका छन् ।सोमबार सम्पन्‍न निर्वाचनको प्रारम्भिक नतिजाअनुसार उनीहरुले क्यानडाबाट छुट्टिने प्रस्तावलाई स्पष्ट रूपमा अस्वीकृत गरेको देखिन्छ । प्रारम्भिक जनमत संग्रहको नतिजाले प्रधानमन्त्री मार्क कार्नीको राष्ट्रिय एकताको अभियानलाई ठूलै बल पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्ध र क्यानडालाई ५१ औं राज्य […]

Continue Reading

फ्रान्समा विद्यार्थी आन्दोलन हिंसात्मक, विभिन्न क्षेत्रमा कर्फ्यु

केहीदिनयता फ्रान्समा सुरु भएको आन्दोलन र हिंसात्मक दंगापछि स्थिति नियन्त्रणमा लिन सरकारले राजधानी पेरिससहित विभिन्न क्षेत्रमा कर्फ्यु लगाएको छ । प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले मंगलबार बिहानसम्म रातभर शान्ति कायम राख्न ‘लक्षित कर्फ्यु’ ले सहयोग गरेको बताएका छन् । स्थानीय अधिकारीहरूले थप एक रात पनि यस्तै प्रतिबन्ध लगाउने कि नलगाउने भन्नेबारे विचार गरिरहेको उनले बताए । सीएनएनलेफ्रान्समा […]

Continue Reading

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनमार्फत राहत सामग्री पुर्‍याइएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सडक सम्पर्क टुटेका बस्तीमा राहत सामग्री पुर्‍याउन ड्रोनको प्रयोग गरिरहेको जनाएको छ । दसैँका समयमा समेत प्रभावित नागरिकलाई आवश्यक राहत उपलब्ध गराउन ड्रोन प्रयोग गरिएको प्राधिकरणले जनाएको हो । प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज […]

Continue Reading

अछाम जाँदैगरेको बस सुर्खेतमा दुर्घटना, ९ जना घाइते

सुर्खेतको पञ्चपुरी नगरपालिका –३ लगाम डाँडामोडमा आज मिनीबस (फोर्स गाडी) दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी बिहान करिब १०ः३० बजे अनियन्त्रित भइ सडकमा पल्टिएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा घाइते भएका नौ जनालाई उपचारका लागि पञ्चपुरी आधारभूत अस्पताल लगिएको […]

Continue Reading