बंगालको खाडीमा चक्रवात बन्दै, नेपालमा कस्तो असर ?

मनसुन बाहिरिएपछि वर्षा रोकिएर खुलेको मौसममा फेरि बदली हुने संकेत देखिएको छ । बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली शक्तिशाली बन्दै चक्रवाती आँधीमा परिणत हुने पूर्वानुमानसँगै त्यसको प्रभावले बुधबारदेखि नेपालका विभिन्न भागमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने मौसमविद्हरूले बताएका छन् । जल तथा मौसम विज्ञान विभागले ‘पोस्ट मनसुन विशेष मौसम बुलेटिन’ सार्वजनिक गर्दै कात्तिक […]

Continue Reading

फिलिपिन्समा दुई सैनिक विमान आकाशमै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा प्रशिक्षण उडानका क्रममा वायुसेनाका दुई विमान आकाशमै ठोक्किएर दुर्घटना हुँदा चार जना पाइलटको मृत्यु भएको छ। शुक्रबार दिउँसो राजधानी मनिलाको दक्षिणमा पर्ने बाताङ्गास प्रान्तको लिपा सहरस्थित फर्नान्डो एयर बेसमा दुर्घटना भएको हो। कम उचाइमा उडिरहेका दुईवटा एसएफ-२६० विमान एकआपसमा ठोक्किएपछि एयर बेसमा खसेका थिए। दुर्घटनामा जमिनमा रहेका अन्य व्यक्तिहरू भने घाइते नभएको अधिकारीहरूले बताएका […]

Continue Reading

हिल्सामा पुल बन्यो, सञ्चालनमा आउन सकेन

नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको उद्घाटन यस पटक नहुने भएको छ । पुल उद्घाटन गर्न चिनियाँ पक्ष तयार भए पनि नेपालको कारण पुल सञ्चालनमा आउन नसकेको बताइएको छ । भोटेकोशी बाढी लगायतका समस्याले गर्दा नेपालले मैत्रीपुल उद्घाटनका लागि समय मिलाउन नसकेको कारण देखाएपछि पुल सञ्चालनमा आउन नसक्ने भएको हो […]

Continue Reading

दसैंमा मुस्ताङबाट ३६ करोडभन्दा बढीको भेडाच्याङ्ग्रा बिक्री

दसैंंमा मुस्ताङबाट ३६ करोडभन्दा बढी मूल्य बराबरको भेडाच्याङ्ग्रा बिक्री भएको छ । मुस्ताङका पाँच वटा स्थानीय तहका कृषकले पालेका र कर्णाली प्रदेशको डोल्पा, मुगु र हुम्ला जिल्लाबाट ल्याइएको १३ हजार ९५० वटा भेडाच्याङ्ग्रा बिक्री भएको हो । यस बर्ष मुस्ताङका कृषकले सात हजार नौ सय ६४ च्याङ्ग्रा, १२ सय ४ भेडा (च्यालुक), डोल्पाबाट ३५ सय […]

Continue Reading

देशभर २० विपद्का घटना, आठ जना घाइते

देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का घटना भएका छन् । ती घटनामा परी आठ जना घाइते भएका छन् भने करिब रु २४ लाख १५ हजार बराबरको आर्थिक क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ६ गते बिहान १० बजेदेखि शनिबारसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, लेक लाग्ने, […]

Continue Reading

नेकपाले आजदेखि राष्ट्रिय जागरण अभियान शुरू

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्वनिर्धारित कार्यक्रमअनुसार आजदेखि राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछ ।सरकारको कार्यशैलीलाई लिएर विरोध जनाउँदै आएको नेकपाले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यहीअनुसार नेकपाले आजदेखि मंसिर २५ गतेसम्म जागरण अभियान सञ्चालन गर्न लागेको हो । अभियानको आज काठमाडौंमा उद्घाटन हुने नेकपाले जनाएको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल र […]

Continue Reading

जाजरकोट/काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

जाजरकोटको सदरमुकाम खलंगाबाट काठमाडौंसम्म पहिलोपटक अत्याधुनिक सुविधासहितको रात्रिबस सेवा सञ्चालनमा आएको छ। लामो दूरीको यात्रालाई सहज, सुरक्षित र आरामदायी बनाउने उद्देश्यले सुरु गरिएको सेवाले राजधानी आवतजावत गर्ने यात्रुलाई नयाँ विकल्प दिएको छ। जाजरकोट डोल्पा यातायात सेवा प्रालि, मध्यपश्चिम यातायात सेवा प्रालि र सुर्खेत काँक्रेविहार यातायात सेवा प्रालिको संयुक्त पहलमा रात्रिबस सेवा सुरु गरिएको हो। सेवाको […]

Continue Reading

कुखुरा पकाउन एक लाख ३५ हजार थप्पड ! ८ घण्टाको प्रयोगले के देखायो ?

कुखुरालाई थप्पड हानेर पकाउन सकिन्छ ? सुन्दा अनौठो लागे पनि एक युट्युबरले यही प्रश्नको जवाफ खोज्न विशेष मेसिन बनाए।सन् २०१९ मा गरिएको एउटा गणनाले २३ हजार ३४ पटक थप्पड हाने कुखुरा पकाउन सकिने अनुमान गरेको थियो। तर, व्यवहारमा यो विचार परीक्षण गर्दा करिब एक लाख ३५ हजार पटक थप्पड हान्नुपर्‍यो। प्रयोगमा ६ देखि ८ घण्टा […]

Continue Reading

पेरिस नजिकै अन्धाधुन्ध गोली प्रहार, एकको मृत्यु र पाँच घाइते

फ्रान्सको राजधानी पेरिस नजिकै भएको गोली प्रहारको घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले घटनालाई ‘नस्लवादी आतङ्कवादी हमला’ भन्दै निन्दा गरेका छन् । शुक्रबार बिहान ट्राप र नजिकैको ला भेरिएर क्षेत्रमा करिब १५ मिनेटसम्म चलेको घटनामा एक व्यक्तिले कारबाट विभिन्न स्थानमा गोली प्रहार गरेका थिए […]

Continue Reading

होल्डिङ सेन्टरबाटै बाढीपीडितलाई नागरिकताको प्रतिलिपि वितरण

भोटेकोशी नदीमा आएको बाढीका कारण नागरिकतालगायत महत्त्वपूर्ण कागजात गुमाएका रसुवाका बाढीपीडितलाई काठमाडौँ र नुवाकोटस्थित होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण प्रक्रिया सुरु गरिएको छ ।गत भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकलाई राहत, पुनःस्थापना तथा अन्य प्रशासनिक काममा सहजता पुर्‍याउने उद्देश्यले होल्डिङ सेन्टरमै पुगेर सेवा दिन थालिएको हो । जिल्ला प्रशासन कार्यालय रसुवाको समन्वय र गोसाइँकुण्ड […]

Continue Reading