बुधबारदेखि काठमाडौंमा नेपाल/भारत सीमा सुरक्षा समन्वय बैठक बस्दै

सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा बलबिच बुधबारदेखि काठमाडौंमा सीमा सुरक्षाबारे समन्वय बैठक बस्ने भएको छ। बैठकमा भाग लिन एसएसबीका महानिर्देशक संजय सिंघल नेतृत्वको टोली मंगलबार नेपाल आउँदै छ। हरेक वर्ष हुँदै आएको यस्तो समन्वय बैठकमा सीमा सुरक्षा र समन्वयका विविध विषयमा छलफल हुनेछ। नेपालको तर्फबाट बैठकको नेतृत्व सशस्त्र प्रहरीका महानिरीक्षक नारायणदत्त पौडेलले गर्नेछन्। […]

Continue Reading

कांग्रेसको चियापान कार्यक्रम यो वर्ष नहुने

नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमामा गर्दै आएको चियापान कार्यक्रम यो वर्ष नगर्ने भएको छ। बाढीपहिरोलगायतका प्राकृतिक विपत्तिका कारण देश शोकमा रहेकाले चियापान नगर्ने कांग्रेसले जनाएको छ। ‘यो वर्ष देश शोकको सामना गरिरहेको स्थितिमा छ । भोटेकोशीमा आएको बाढीले हाम्रा १४ सय बढी आफन्तको मृत्यु र पाँच हजारभन्दा बढी बेपत्ता रहेको अवस्था छ भने बुढीगण्डकीमा आएको बाढीले […]

Continue Reading

हुथीले आक्रमण बढाउँदा साउदीमा नेपाली श्रमिकलाई सुरक्षा चिन्ता

विजयादशमीको दिन बुधबार साउदी अरबको पूर्वी प्रान्तको शैबाहस्थित साउदी अराम्कोको परियोजनामा गरिएको ड्रोन आक्रमणमा परी एक नेपाली र एक फिलिपिनो श्रमिकको मृत्यु भयो । त्यस घटनामा पाकिस्तानी र भारतीय नागरिक घाइते भए । साउदी अरबको ऊर्जा मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार तेल प्रशोधन केन्द्र लक्षित ड्रोनलाई साउदी हवाई प्रतिरक्षा प्रणालीले बीचमै रोकेको थियो । तर निस्तेज भएको ड्रोनको टुक्रा गाडीमा […]

Continue Reading

केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा

बहुचर्चित केरुङ/काठमाडौँ रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन (फिजिविलिटी स्टडी रिपोर्ट) पूरा भएको छ । नेपाल रेलवे बोर्डका प्रशासक हरिकुमार पोखरेलले नेपाल र चीनबिचको मित्रताको ‘प्रतीक’ का रूपमा लिइएको सो रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भएको जानकारी दिएका हुन । सम्भाव्यता अध्ययन प्रतिवेदन तयार हुनु सो परियोजनाका लागि ठुलो उपलब्धि भएको बताउदै उनले  चिनियाँ पक्षले अनुदान […]

Continue Reading

किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास

दक्षिण कोरियाले उत्तर कोरियाली नेता किम जोन उनको चीन भ्रमणलाई उनको बढ्दो आक्रामक विदेश नीतिको पछिल्लो कदमका रूपमा व्याख्या गरेको छ। किम शनिबार चीन पुगेपछि दक्षिण कोरियाले उक्त प्रतिक्रिया दिएको हो। समाचार एजेन्सी एपीका अनुसार उत्तर कोरिया, चीन र रुस मिलेर अमेरिकाविरुद्ध संयुक्त मोर्चा बनाउने प्रयास गरिरहेका छन्। दक्षिण कोरियाको एकीकरण मन्त्रालयका अनुसार किम शनिबार […]

Continue Reading

फ्रान्समा सत्तरी हजार सुरक्षाकर्मी परिचालन

गत साता भएका प्रदर्शनका क्रममा बर्सौंयताकै गम्भीर शहरी हिंसा भड्किएपछि फ्रान्सले प्रदर्शन र झडप नियन्त्रण गर्न देशभर ७० हजार सुरक्षाकर्मी परिचालन गरेको छ । विद्यालयको वातावरण र शैक्षिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै माध्यमिक तहका विद्यार्थीले सुरु गरेको प्रदर्शन देशव्यापी बनेको छ । आन्दोलनमा बढ्दो महँगी र जीवनयापनको लागतप्रति सर्वसाधारणको असन्तुष्टिसमेत जोडिएपछि परिस्थिति थप तनावपूर्ण बनेको हो । पेरिसमा आयोजित […]

Continue Reading

जलवायु न्यायको मुद्दा स्थापित हुदै

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी हानिनोक्सानी सम्बोधन कोषले नेपालमा खेपिरहेको जलवायु परिवर्तनको असरको सम्बोधन गरेको छ । नेपालको जलवायु न्यायको माग पूरा भएको विश्वव्यापी नजिर यस निर्णयले स्थापित गरेको छ । गत भदौ १० गते नेपालको उत्तरी क्षेत्रमा उच्च तापले लामटाङ लिरुङ हिमाल चोइटिएर झरेपछि भोटेकोशी–त्रिशूलीमा भीषण हिमबाढी आएको थियो । त्यसले पु-याएको अकल्पनीय क्षतिको सम्बोधन भएको हो । उक्त […]

Continue Reading

बंगालको खाडीमा चक्रवात बन्दै, नेपालमा कस्तो असर ?

मनसुन बाहिरिएपछि वर्षा रोकिएर खुलेको मौसममा फेरि बदली हुने संकेत देखिएको छ । बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली शक्तिशाली बन्दै चक्रवाती आँधीमा परिणत हुने पूर्वानुमानसँगै त्यसको प्रभावले बुधबारदेखि नेपालका विभिन्न भागमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने मौसमविद्हरूले बताएका छन् । जल तथा मौसम विज्ञान विभागले ‘पोस्ट मनसुन विशेष मौसम बुलेटिन’ सार्वजनिक गर्दै कात्तिक […]

Continue Reading

हिल्सामा पुल बन्यो, सञ्चालनमा आउन सकेन

नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको उद्घाटन यस पटक नहुने भएको छ । पुल उद्घाटन गर्न चिनियाँ पक्ष तयार भए पनि नेपालको कारण पुल सञ्चालनमा आउन नसकेको बताइएको छ । भोटेकोशी बाढी लगायतका समस्याले गर्दा नेपालले मैत्रीपुल उद्घाटनका लागि समय मिलाउन नसकेको कारण देखाएपछि पुल सञ्चालनमा आउन नसक्ने भएको हो […]

Continue Reading

नेकपाले आजदेखि राष्ट्रिय जागरण अभियान शुरू

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्वनिर्धारित कार्यक्रमअनुसार आजदेखि राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछ ।सरकारको कार्यशैलीलाई लिएर विरोध जनाउँदै आएको नेकपाले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यहीअनुसार नेकपाले आजदेखि मंसिर २५ गतेसम्म जागरण अभियान सञ्चालन गर्न लागेको हो । अभियानको आज काठमाडौंमा उद्घाटन हुने नेकपाले जनाएको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल र […]

Continue Reading