परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ

नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले सरकार नेपालको असंलग्न परराष्ट्र नीतिबाट विचलित हुन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता र स्वाधीनता विरुद्ध कुनै पनि गतिविधि नगर्न सरकारलाई चेतावनी दिएका हुन् । नेपालमा पछिल्लो समय विकसित घटनाक्रमप्रति शंका व्यक्त गर्दै नेता श्रेष्ठले सुशीला कार्की […]

Continue Reading

राहदानी सेवा दुई दिन बन्द हुने

राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन) गर्न लागेएकाेले दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले आज जारी गरेको सूचनाअनुसार हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाेले यही असार २५ र २६ गते (तदनुसार जुलाई ९ र १०, २०२६) राहदानीसम्बन्धी सेवा बन्द रहनेछ । यसअघि विभागले असार १९ […]

Continue Reading

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या १७ सय पुग्यो, प्रकोप अझै तीव्र हुँदै : डब्ल्यूएचओ

प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा  एक हजार ७०० भन्दा बढी मानिसहरुमा इबोला सङ्क्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले प्रकोप अझै तीव्र गतिमा फैलिएको चेतावनी दिएको छ । कङ्गोमा ५८० जना सङ्क्रमितको मृत्यु भएको तथा  एक हजार ७०८ जनामा सङ्क्रमण पुष्टि भएको अधिकारीहरूले बताएका छन् । मङ्गलबार जारी गरिएको डब्ल्यूएचओको प्रतिवेदनअनुसार इटुरी र उत्तरी किवु […]

Continue Reading

रातो कार्ड विवाद : विश्वकपको प्रतिष्ठामै प्रश्न

फुटबलका नेतृत्वकर्ताले विश्वकपको प्रतिष्ठामै प्रश्न उठेको भन्दै मंगलबार निराशा पोखेका छन् । विश्व फुटबलको आधुनिक इतिहासमा यत्तिको खराब दिन कहिल्यै नआएको थिएन भनेर प्रतिक्रिया अगाडि आएका छन् । विवादको केन्द्र थियो, अमेरिकी राष्ट्रपतिले गत साता फिफा प्रमुख जियानी इन्फाटिनोलाई फोन गर्नु र आफ्ना खेलाडी फ्लोरिन बोलोगनको प्रतिबन्ध हटाउन भन्नु । यसअघिको खेलमा रातो कार्ड खाएको हुनाले बेल्जियमविरुद्धको खेलमा […]

Continue Reading

पाँच जना सवार कार्गो विमान अरब सागरमा बेपत्ता

पाकिस्तानमा दुर्घटनाग्रस्त कार्गो विमानको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ। मंगलबार राति शारजाहबाट कराँची जाँदै गरेको एक निजी कार्गो विमान बेपत्ता भएपछि पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले नागरिक उड्डयन प्राधिकरण (सीएए), पाकिस्तान नौसेना र पाकिस्तान वायुसेना (पीएएफ) लाई अरब सागरमा खोजी र उद्धार कार्य तीव्र पार्न निर्देशन दिएका छन्। जानकारी अनुसार कराँचीबाट करिब ३०० किलोमिटर पश्चिममा […]

Continue Reading

विश्व बजारमा कच्चा तेलको मूल्य ५ प्रतिशतले बढ्यो

अमेरिका इरानको तनाव पुनः चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा बुधबार कच्चा तेलको मूल्य पाँच प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि भएको अन्तरिम समझदारी समाप्त भएको घोषणा गरेपछि मूल्य उकालो लागेको हो। अन्तर्राष्ट्रिय ऊर्जा बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ३ डलर ८२ सेन्टले बढेर ७७ डलर ९८ सेन्ट पुगेको छ, […]

Continue Reading

गेटा अस्पताललाई शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न सरकारले दियो स्वीकृति

सरकारले गेटा अस्पताल कैलालीलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृत प्रदान गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकार प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

Continue Reading

अमेरिका-इरान युद्धविराम भंग : मध्यपूर्वमा फेरि सैन्य टकरावको खतरा

अमेरिका र इरानबीच भएको अस्थायी युद्धविराम सम्झौता पूर्ण रूपमा भङ्ग भएको छ। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्त्येष्टिका क्रममा देश शोकमा डुबेकै बेला दुई देशबीचको युद्धविराम अन्त्य भएको घोषणा गरिएको हो। यस घटनाले मध्यपूर्वमा पुनः भीषण सैन्य टकरावको खतरा बढाएको छ। गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाको संयुक्त हवाई आक्रमणमा इरानका सर्वोच्च नेता […]

Continue Reading

विशेष कारणले सर्‍यो प्रतिनिधि सभाको बैठक, भाेलि बिहीबार बिहान ११ बजे बस्ने

प्रतिनिधि सभाको बैठक बस्ने दिन र समय परिवर्तन भएको छ।  बुधबार १५ मिनेटपछि बस्ने गरी स्थगित भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएको संसद् सचिवालयले जनाएको छ। सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना सार्वजनिक गर्दै प्रतिनिधि सभा नियमावली, २०८० को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले सभाको बैठक असार […]

Continue Reading

फार्मेसी अधिकृतसहित आठ जनाविरुद्ध दुई करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा

निजामति कर्मचारी अस्पताल, नयाँ बानेश्वर काठमाडौँको फार्मेसी युनिट ईन्जार्च तथा फार्मेसी अधिकृत दिपा ढुङ्गानासहित आठ जनाविरुद्ध दुई करोड ९१ लाख ३४ हजार ५४७ रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार ढुङ्गानासहित सो अस्पतालका फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी सहायक लबेन्द्र कुँवर, फार्मेसी युनिट इन्चार्ज तथा वरिष्ठ फार्मेसी […]

Continue Reading