कान्ति लोकपथ अनिश्चितकालका लागि बन्द

मकवानपुर हुँदै काठमाडौँ प्रवेश गर्ने दुई मार्गमा जिल्ला प्रशासन कार्यालय, मकवानपुर सवारी आवागमनमा रोक लगाइएको छ ।हेटौँडा–ललितपुर जोड्ने कान्ति लोकपथमा सवारी आवागमन अनिश्चितकालका बन्द गरिएको छ । यस्तै भीमफेदी–देउराली–कुलेखानी–सिस्नेरी–सडक सोमबार साँझबाट मङ्गलबार बिहानसम्मका सवारी आवागमनमा रोक लगाइएको हाे   । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण मकवानपुर जिल्लाका विभिन्न स्थानमा बाढी, पहिरो तथा खोलानालामा पानीको बहाव […]

Continue Reading

कैलालीका नदीमा डल्फिनको चहलपहल

पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल बढेको छ । कर्णालीका सहायक नदीअन्तर्गत टीकापुर र भजनी नगरपालिका क्षेत्रका विभिन्न नदीमा डल्फिन देखिन थालेका हुन् । संरक्षणकर्मी भोजराज ढुङ्गानाले नदीमा जलस्तर बढेसँगै बच्चा हुर्काउन आउने डल्फिन देखिन थालेका हुन् । ‘यस वर्ष पहिलो पटक असार १६ गते एउटा बच्चासहित तीन वटा डल्फिन देखिएका थिए । […]

Continue Reading

रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्द

ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो मिसिएको बाढी आउन थालेपछि पूर्वसावधानीस्वरूप १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द गरिएको छ । रसुवागढी जलविद्युत् केन्द्रका प्रमुख सन्तोष अधिकारीका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै आइतबार साँझदेखि विद्युत् उत्पादन रोकिएको हो । खोलाको अवस्था सामान्य रहेमा सोमबारबाट पुनः विद्युत् उत्पादन सुरु गरिने उनले जानकारी दिए  […]

Continue Reading

हर्मुजमा नियन्त्रणको लडाइँ तीव्र

विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग स्ट्रेट अफ हर्मुजको नियन्त्रणलाई लिएर अमेरिका र इरानबिच तनाव थप चुलिएको छ । दुवै पक्षले जलघाँटी आफ्नो नियन्त्रणमा रहेको दाबी गरिरहेका बेला पछिल्ला सैन्य आक्रमणले युद्धविराम प्रयासलाई थप कमजोर बनाएको छ । कुवेत र बहराइनसम्म फैलिएको तनावका कारण मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ । कुवेतले सोमबार बिहान […]

Continue Reading

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले प्रसिद्ध पर्यटकीय क्षेत्र घान्द्रुक जोड्ने नयाँपुल(बिरेठाँटी(घान्द्रुक सडक अवरुद्ध बनेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ किम्रुङमा आज बिहानदेखि भइरहेको भारी वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा मोदीखोलामा पानीको बहाव बढेको हो । बाढीले कास्कीको अन्नपूर्ण गाउँपालिका–८ र वडा नं १० को सिमाना सेउलीबजार नजिकै सडक कटान गर्दा घान्द्रुक […]

Continue Reading

रसुवागढी नाकास्थित ल्हेन्दे नदीमा बाढी, भन्सार यार्डमा रहेका सवारी साधन सुरक्षित स्थानमा सारियो

अन्तर्राष्ट्रिय नाका रसुवागढीस्थित ल्हेन्दे नदीमा लेदोसहितको बाढी आएको छ। अविरल वर्षाका कारण बाढी आएपछि खोला आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ। आइतबार बेलुका पौने ८ बजे नदीको बहाव साविकभन्दा बढेको छ। टिमुरेस्थित भोटेकोशी नदी नजिकै रहेको भन्सार यार्डमा पार्किङ गरिएका सवारी साधनहरू सुरक्षित स्थानतर्फ सारिएको छ।

Continue Reading

आज २१३औँ भानु जयन्ती

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, […]

Continue Reading

रवि र बालेनबीच ४ घन्टा छलफल, सुकुम्बासीमा समाधानमा जोड

प्रधानमन्त्री वालेन्द्र शाह र  रास्वपा सभापति रवि लामिछानेबीच आइतबार लामो छलफल भएको छ। हालका राजनीतिक घटनाक्रमदेखि पार्टीको विधान संशोधन, पदाधिकारी, केन्द्रीय मनोनयनसम्मको विषयमा  उनीहरूका बीच कुराकानी भएको हो। प्रधानमन्त्री बालेन स्वयम् सभापति  लामिछानेलाई भेट्न पुगेका थिए। उनीहरूबीचमा चार घण्टा लामो छलफल भएको छ। गणेश नेपालीहरूको आत्मदाहदेखि सुकुम्बासीहरूको समस्याले सडकदेखि सदनमै सरकारको तीव्र आलोचना र विरोध […]

Continue Reading

बैंककको एक बारमा आगलागी हुँदा २७ जनाको मृत्यु

थाइल्याण्डको राजधानी बैंककस्थित चर्चित रेस्टुरेन्ट तथा बार ‘रोङ बियर ना लात फ्राओ‘ मा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ, भने ६० भन्दा बढी मानिस घाइते भएका छन्। थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चानविराकुलले घटनास्थलको निरीक्षण गर्दै मृत्यु हुनेमा ९ जना पुरुष र १८ जना महिला रहेको पुष्टि गरेका छन्। घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ। अग्निनियन्त्रकहरूका अनुसार […]

Continue Reading

फिफा विश्वकप २०२६ सेमिफाइनलमा ४ टोली, कडा टक्कर

फिफा विश्वकप २०२६ अन्तिम मोडमा आइपुगेको छ। ४८ टोलीबाट सुरु भएको विश्व फुटबलको महाकुम्भ अब अन्तिम चार टोलीमा सीमित भएको छ। साविक विजेता अर्जेन्टिना, युरोपेली च्याम्पियन स्पेन, साविक उपविजेता फ्रान्स र लामो समयदेखि उपाधिको खोजीमा रहेको इङ्ल्यान्डले सेमिफाइनलमा स्थान सुरक्षित गर्दै विश्वकप उपाधितर्फको यात्रा थप रोमाञ्चक बनाएका छन्। समूह चरणदेखि क्वार्टरफाइनलसम्म चारै टोलीले फरक–फरक शैलीमा […]

Continue Reading