एनपिएलः लुम्बिनी लायन्स र चितवन राइनोजबिचको खेल स्थगित

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबिचको खेल स्थगित गरिएको छ । लगातारको झरीले मैदान खेलाउन योग्य नभएपछि लुम्बिनी र चितवनबिचको खेल रद्द गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले जानकारी दिए  । उनका अनुसार बिहीबार रातिदेखि परेको वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदान […]

Continue Reading

उदयपुरमा आजदेखि त्रियुगा गोल्डकपः ७ वर्ष पछी शुरू हुदै

आज कात्तिक १४ देखि सुरु हुन लागेको प्रथम त्रियुगा गोल्डकप फुटबल प्रतियोगिता–२०८३ को सम्पूर्ण तयारी पूरा भएको छ। सदरमुकाम त्रियुगा नगरपालिका–१३ स्थित हवाईफिल्डको थरुहट उदयपुर रंगशालामा हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएका छन्। आयोजक गाईघाट फुटबल क्लबका अध्यक्ष रञ्जन कार्कीका अनुसार त्रियुगा नगरपालिका तथा विभिन्न संघसंस्थाको सहयोगमा सञ्चालन हुन लागेको प्रतियोगिता कात्तिक २१ […]

Continue Reading

सोलुखुम्बुको माथिल्लो भेगमा हिमपात, पर्यटकलाई सुरक्षित रहन आग्रह

मनसुनपछिको समयमा विकसित भई नेपाल प्रवेश गरेको ‘अर्णव’ चक्रवातको प्रभाव हिमाली जिल्ला सोलुखुम्बुमा पनि देखिन थालेको छ । बिहीबार बेलुकादेखि सोलुखुम्बुको माथिल्लो भेगमा हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको छ । जिल्लाको खुम्बु क्षेत्रअन्तर्गत डिङ्बुचे, लोबुचे, गोक्यो तथा खुम्जुङ आसपासका क्षेत्रमा हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । जिल्ला प्रहरी कार्यालय […]

Continue Reading

क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको माग

संयुक्त राष्ट्रसङ्घको महासभाले क्युबामाथि अमेरिकाले लगाएको आर्थिक, व्यापारिक तथा वित्तीय प्रतिबन्ध अन्त्य गर्न लगातार ३४औँ वर्ष प्रस्ताव पारित गरेको छ । बुधबार पारित प्रस्तावको पक्षमा १३० राष्ट्रले मतदान गरे भने १७ राष्ट्र विपक्षमा उभिए । २५ राष्ट्र मतदानमा अनुपस्थित रहे । दशकौँदेखि जारी प्रतिबन्धलाई अन्तर्राष्ट्रिय कानूनविपरीत भन्दै आलोचना भइरहेका बेला प्रस्तावले अमेरिकामाथि प्रतिबन्ध हटाउन दबाब […]

Continue Reading

कञ्चनपुरको भम्केनी धाममा ७५ फिट उचाइको तयार हुँदै ‘नेपाल आमा’ को मूर्ति

धार्मिक–सांस्कृतिक पर्यटनले पूर्व–पश्चिम जोड्ने उद्देश्यका साथ कञ्चनपुरको भीमदत्त नगरपालिका–८, चुरेफेदस्थित भम्केनी धाममा ७५ फिट उचाइको नेपालकै सबैभन्दा अग्लो मूर्ति निर्माण भइरहेको छ । तर पर्याप्त आर्थिक अभावका कारण मूर्ति निर्माणको काम भने सुस्त गतिमा छ । तत्कालीन ७५ जिल्लाको प्रतिनिधित्व हुने गरी ७५ फिटको नेपाल आमाको मूर्ति निर्माण कार्य २०७५ सालबाट सुरु भए पनि आर्थिक समस्याका कारण […]

Continue Reading

ललितपुरमा गोदावरी फूलको महामेला (फोटो फिचर)

फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि’ भन्ने नाराका साथ १९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३ आजदेखि सुरू भएको छ । आजदेखि सुरू भएको मेला ५ दिनसम्म चल्नेछ । यस वर्षको प्रदर्शनीमा कुल ८६ वटा स्टल छन्, जसअन्तर्गत ७८ वटा व्यावसायिक, १ प्लान्ट […]

Continue Reading

जनकपुर बोल्ट्ससँग काठमाण्डू गोर्खाज आठ विकेटले पराजित

जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा पहिलो जित निकालेको छ । जनकपुरले काठमाण्डू गोर्खाजले दिएको ११६ रनको लक्ष्य १७।२ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो । जनकपुरको जितमा मोइन अलीले अर्धशतक बनाए  । उनले ५१ बलमा तीन चौका र तीन छक्कासहित अविजित ५८ रन बनाए  । मोइनले सैफ हसनसँग तेस्रो विकेटका लागि […]

Continue Reading

१२ कात्तिकदेखि पुष्प प्रदर्शनी

ललितपुरको जावलाखेल मैदानमा १९औँ गोदावरी फूलको प्रदर्शनी हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा १२–१६ कात्तिकसम्म मेला सञ्चालन हुन लागेको हो । मंगलबार पत्रकार सम्मेलन गर्दै तिहारअघि घरआँगनको बगैँचा सजाउन तथा स्वागत–सत्कारमा प्रयोग हुने फूलको सहज उपलब्धता गराउन मेला आयोजना गर्न लागिएको मेलाका संयोजक सुमन महर्जनले बताए । उनका अनुसार मेलाले गोदावरी फूलको व्यावसायिक प्रवर्द्धन, समयअनुकूल पुष्पको जातीय […]

Continue Reading

अध्यागमन विभागकाे आग्रह – “भाेलि कात्तिक १२ देखि तीन दिन पदयात्रा नगर्नू”

उच्च पहाडी तथा हिमाली भू-भागमा प्रतिकूल मौसमका कारण विपद्को जोखिम बढेको भन्दै अध्यागमन विभागले आगामी तीन दिनका लागि पदयात्रा गतिविधि पूर्ण रूपमा रोक्न आग्रह गरेको छ। विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले सूचना जारी गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको चेतावनी अनुसार कात्तिक १२, १३ र १४ गते उच्च हिमाली र पहाडी क्षेत्रमा भारी हिमपात, […]

Continue Reading

१३ हजार फिटको स्काइडाइभिङ अब बाह्रै महिना

तेह्र हजार फिटमाथि उडिरहेको हेलिकप्टरबाट ५० सेकेन्डको ‘फ्रि-फल’ र त्यसपछि प्यारासुटको सहायताले हिमाल नियाल्दै गरिने अवतरण यसअघि विदेशी प्रशिक्षक र निश्चित याममा मात्र सीमित पोखराको स्काइडाइभिङ अब नेपाली दक्ष प्रशिक्षकहरूकै नेतृत्वमा वर्षभरि नियमित रूपमा सञ्चालन हुन थालेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मनोरञ्जनात्मक उड्डयन सञ्चालन प्रमाणपत्र आरएओसी जारी गरेसँगै पोखरामा साहसिक खेल स्काइडाइभिङले […]

Continue Reading