सेयर बजारमा सुधारका संकेत,नेप्से परिसूचक २७ सयको विन्दुमाथि,साढे पाँच अर्बको कारोबार

साताको पहिलो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक सकारात्मक देखिएको छ। परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ४१.७० अंकले बढेर २७१९.२४ विन्दुमा पुगेको हो। यसदिन ३४३ वटा स्क्रिप्सको १ करोड २२ लाख  ४५ हजार  ३३७ कित्ता सेयर ५ अर्ब ५१ करोड २६ लाख ८८ लाख  ९७९ रुपैयाँमा खरिदबिक्री भए। नेप्से परिसूचक उच्च अंकले […]

Continue Reading

साउनदेखि निजी स्वास्थ्य सेवामा तीन प्रतिशत स्वास्थ्य समता शुल्क लागू

सरकारले साउन १ गतेदेखि निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक संस्थामा तीन प्रतिशत कर लगाउने निर्णय गरेको छ । अर्थमन्त्री स्वार्णिम वाग्लेले आर्थिक विद्येयक २०८३ मार्फत निजी अस्पतालमा उपचार गराउने बिरामीबाट तीन प्रतिशत कर लगाउने घोषण गरेसँगै साउन १ गतेबाट निजी स्वास्थ्य संस्थाले सेवाग्राहीबाट स्वास्थ्य समता शुल्क लिन सुरु गरेका छन् । तीन प्रतिशत स्वास्थ्य […]

Continue Reading

निकुञ्जभित्र च्याउ टिप्न जानुभएका महिलाहरु सम्पर्कमा

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न जानुभएका महिला अन्ततःसम्पर्कमा आएका  छन् ।भीमदत्त नगरपालिका–१९ बागफाँटाका महिलाहरु सेनाको खोजीपछि सम्पर्कमा आएका हुन  । उनिहरु गत आइतबारदेखि सम्पर्क बाहिर थिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका  रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सम्पर्क बाहिर रहेका  महिलाहरु  परिवारको सम्पर्कमा आइसकेको जानकारी दिदै भने “सबै संयन्त्र परिचालन गरेर […]

Continue Reading

छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा शिक्षकसहित तीन जना पक्राउ

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा छात्रामाथि अमर्यादित व्यवहार गरेको आरोपमा शिक्षक सहित तीन जनालाई सोमबार प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । घटनापछि विद्यालयले आरोपित तीनै जना शिक्षक–कर्मचारीलाई निलम्बन गरेको छ भने सुन्दरहरैँचा नगरपालिकाले निष्पक्ष छानबिन गरी कानुनी प्रक्रिया अघि बढाउन निर्देशन समेत दिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा […]

Continue Reading

बुधबारदेखि वर्षा कम हुने

जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश : कम हुँदै जाने जानकारी दिएको छ । विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले वर्षा भइरहेको जानकारी दिएको छ । विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले आज र भोलि देशका विभिन्न स्थानमा वर्षा भए पनि बुधबारदेखि वर्षा क्रमश […]

Continue Reading

इरान वार्तामा नफर्किए उसका पुल र पावर प्लान्टमा बम हान्ने ट्रम्पको धम्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्के अर्को हप्ता इरानका ठुला पुल र ऊर्जा संयन्त्रमा प्रहार गर्ने धम्की दिएका छन् । दुई देशबिच लगातार  एक–अर्कामाथि मिसाइल हानाहान भएपछि ट्रम्पले ‘फक्स न्युज’सँगको कुराकानीमा यस्तो चेतावनी दिएका हुन् । ‘अर्को हप्ता उनीहरूका लागि साँच्चै नराम्रो हुन्छ । हामी उनीहरूका सबै ऊर्जा संयन्त्रलाई नष्ट गर्नेछौँ । उनीहरू वार्तामा नआए हामी उनीहरूका सबै […]

Continue Reading

अविरल वर्षा र पहिरोले देशका विभिन्न भागमा मुख्य राजमार्ग अवरुद्ध, कतिपय सडक पूर्ण ठप्प

अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। अहिले साउन ४ गते बिहान ६:१० बजेसम्म प्राप्त विवरणअनुसार कोशी र बागमती प्रदेशका प्रमुख सडक खण्डहरू बाढी तथा पहिरोका कारण अवरुद्ध भएका हुन्। कोशी प्रदेशअन्तर्गत भोजपुर नगरपालिका ५ बोखिममा बाढीका कारण मध्य पहाडी लोकमार्गमा यातायात एकतर्फी सञ्चालनमा छ। इलामको राजदुवालीस्थित मेची […]

Continue Reading

औषधीमा आत्मनिर्भरताको नयाँ पाइला

सरकारले मुलुकको एकमात्र सरकारी एलोपेथिक औषधी उत्पादक संस्था नेपाल औषधी लिमिटेडलाई पुनर्जीवित गर्ने प्रयासलाई पुनः अघि बढाएको छ । यसपटक स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल औषधी लिमिटेडसँग सहकार्य गर्दै आगामी दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधी उत्पादन गर्ने तयारी थालेको हो । उद्योग मन्त्रालयअन्तर्गत रहेको नेपाल औषधी लिमिटेडबाट हाल ११ प्रकारका अत्यावश्यक औषधी उत्पादन […]

Continue Reading

नेपालमा भोलि १ हजार बढी मेट्रिक टन डीएपी मल आइपुग्ने

नेपालमा आज  १ हजार २५० मेट्रिक टन डीएपी मल आइपुग्दै छ। ग्लोबल टेन्डरमार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिक डीएपी मल भारतको कोलकाता बन्दरगाहमा १० जुलाईमा आइपुगेको थियो। सो मलमध्ये १ हजार २५० मेट्रिक टन मल १ गते नेपालतर्फ ढुवानी सुरु भएको र सो मल आज साउन ४ गते नेपाल आईपुग्न लागेकाे हाे  बाँकी रहेको मल […]

Continue Reading

पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-२ फिस्लिङमा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको छ। आज बिहान २ः२० बजे पहिरो गएसँगै सवारी आवागमन ठप्प भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले अहिले बिहान ८ः०० बजेसम्म पहिरो पन्छाएर आवागमन सञ्चालन गर्ने गरी काम भइरहेको बताए। अत्यधिक वर्षाका कारण बाढी पहिरोको जोखिम रहेको भन्दै आइतबार राति […]

Continue Reading