दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएर आवामन रोकिएपछि पुल वारिपारितर्फका होटल व्यवसाय धरासायी बनेका छन् ।गत असोज दोस्रो साता महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने उक्त पुल धरासायी भएपछि सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनका लागि आउने क्रम घट्दै गएको छ । “पुलको एउटा पिल्लर भत्किएपछि हाम्रो त मुख मै ताला […]

Continue Reading

ममता हत्यामा पति नरेश दोषी ठहर: कस्तो होला सजाय ?

सन् २०२४ को जुलाई अन्तिम साता । अमेरिकाको उत्तरी भर्जिनियाको मानासस पार्कमा बस्ने नेपाली नर्स ममता काफ्लेको फोन अचानक लाग्न छाड्यो । फेसबुक र टिकटकमा नियमित पोस्ट गर्ने उनी सामाजिक सञ्जालबाट एकाएक गायब भइन् । दुई वर्षभन्दा बढी (करिब २८ महिना) पछि मंगलबार अमेरिकी अदालतको जुरीले उनका पति नरेश भट्टलाई उनको हत्या गरेको ठहर गर्‍यो । करिब एक सय साक्षी […]

Continue Reading

न्यायाधीश–बिचौलिया ‘साँठगाँठ’ प्रकरण: अगाडि बढेन संसदीय छानबिनको प्रक्रिया

बिचौलियासँग ‘साँठगाँठ’ देखिएका सर्वोच्च अदालतका न्यायाधीशविरुद्ध महाअभियोग प्रक्रिया अघि बढाउने सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय अलपत्र परेको छ । १३ कात्तिकमा बसेको पार्टी सचिवालय बैठकले दिएको निर्देशनमा संसदीय दलमा थप छलफलसमेत भएको छैन । न्यायाधीशसमेत मुछिएका गम्भीर विचलन र अनुचित साँठगाँठका घटनाले न्यायालयको गरिमामाथि प्रश्न उठाएको भन्दै त्यस्ता विकृति निरूपण गरी तार्किक निष्कर्षमा पुर्याउन संसदीय दलले संसद्बाटै […]

Continue Reading

बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै

तनहुँको बन्दीपुर गाउँपालिका–१ तल्लोटारमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पर्यटकीय पार्क निर्माण गरिने भएको छ। पृथ्वीराजमार्ग नजिकै निर्माण गर्न लागिएको पार्कमा राखिने विशाल राष्ट्रिय झण्डा बिहीबार पहिलोपटक बन्दीपुर बजारमा प्रदर्शन गरिएको छ। पार्क निर्माण सम्पन्न भएपछि बन्दीपुरको पर्यटन प्रवर्द्धनसँगै पृथ्वीराजमार्ग भएर यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखिएको निर्माण समितिले जनाएको छ।पोखरा र […]

Continue Reading

बाढीपीडितको पुनःस्थापनामा ढिलाइ भएको अर्जुननरसिंह केसीको आरोप

ल्हेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोशीबाट त्रिशूली नदीमा मिसिएको अकल्पनीय बाढीले प्रभावित पारेका नुवाकोटवासीको पुनःस्थापनामा ढिलाइ भइरहेको पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले बताएका छन्। बाढीका कारण विभिन्न स्थानमा घरबारविहीन भएकाहरूलाई सरकारले छिटोभन्दा छिटो पुनःस्थापना गर्नुपर्नेमा उनले जोड दिए। प्रतिनिधिसभा सदस्यसमेत रहेका केसीले बिहीबार एक धारणा सार्वजनिक गर्दै नुवाकोटसहित त्रिशूली बाढीपीडितको पुनःस्थापनामा सरकारको अकर्मण्यताका कारण ढिलाइ […]

Continue Reading

पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जसका कारण देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो  हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने तथा तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ।  हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा […]

Continue Reading

विराटनगरको जित, पोखरा प्लेअफ होडबाट बाहिरियो

कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिएपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ ।बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । यो जितसँगै ६ खेलबाट ३ जित निकालेको विराटनगरले ६ अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा […]

Continue Reading

पृथ्वीको तापक्रम प्रतिदशक ०.३५ डिग्रीले बढ्दै

विश्वको औसत तापक्रम बढ्ने गति पछिल्लो दशकमा तीव्र बनेको एक अध्ययनले देखाएको छ । सन् २०१५ यता पृथ्वीको तापक्रम वृद्धिदर प्रतिदशक करिब ०.३५ डिग्री सेल्सियस पुगेको छ, जुन सन् १९७० देखि २०१५ सम्मको औसत वृद्धिदरभन्दा झन्डै दोब्बर हो । जर्मनीको पोट्सड्याम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च (पीआईके) का अनुसन्धानकर्ताहरुले गरेको अध्ययनले प्राकृतिक जलवायु उतारचढावको प्रभाव […]

Continue Reading

हर्मुज युद्धपूर्वको अवस्थामा फर्कन सक्दैन : इरान

इरानी संसद्का सभामुख तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले अमेरिका र इजरायलसँगको युद्धअघिको अवस्थामा हर्मुज जलमार्ग कहिल्यै नफर्कने बताएका छन्। अल जजिरासँगको विशेष अन्तर्वार्तामा गालिबाफले आठ महिना लामो द्वन्द्व अन्त्य गर्न तेहरानले अघि सारेको सातबुँदे प्रस्तावअन्तर्गत उक्त महत्वपूर्ण जलमार्गको निगरानी गर्न इरान र ओमानबीच सहमति भएको जानकारी दिए। समुद्री कानुनसम्बन्धी सन् १९८२ को संयुक्त राष्ट्रसंघीय […]

Continue Reading

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबयात्रुले ब्यागेजको अवस्था लाइभ हेर्न पाउने

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)मा यात्रुहरूको आफ्नो ब्यागेजको अवस्था भिडियोबाट प्रत्यक्ष (लाइभ) हेर्न पाउने भएका छन् । टिआइएमा ब्यागेजको मुभमेन्टको लाइभ भिडियो आगमन कक्षमा हेर्न सकिने व्यवस्था गरिएको हो । टिआइएमा ब्यागेज व्यवस्थापनलाई थप सहज, प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले ब्यागेज ड्रप एरियाको लाइभ फिड अब अराइभल क्षेत्रको ब्यागेज क्लेम एरियामा उपलब्ध गराइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन […]

Continue Reading