नवलपुरमा दुई सवारी दुर्घटना : एक जनाको मृत्यु, २८ घाइते

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत पूर्वी नवलपरासीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। आज  बिहान करिब ६:४० बजे कावासोती नगरपालिका–११, लोकाहास्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुबाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। धनगढीबाट काठमाडौं जाँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको बस अनियन्त्रित भएर सडकमै पल्टिएको हो। […]

Continue Reading

सिमसार क्षेत्रमा हिउँदे आगन्तुक चराको सङ्ख्या घट्दै

नेपाल घुमन्ते तथा आगन्तुक चराचुरुङ्गीका लागि महत्वपूर्ण गन्तव्य भए पनि पछिल्लो समय सिमसार क्षेत्रको विनाश र मानवीय हस्तक्षेपका कारण हिउँदे चराको सङ्ख्या चिन्ताजनक रूपमा घट्दै गएको छ । ‘बर्ड कञ्जरभेसन’ नेपालका अनुसन्धान अधिकृत आनन्दकुमार श्रेष्ठका अनुसार नेपालमा करिब १५० प्रजातिका आगन्तुक चरासहित ९०२ भन्दाबढी प्रजातिका चराहरू अभिलेख गरिएका छन्। विभिन्न उचाइ र भौगोलिक क्षेत्रमा मौसमी […]

Continue Reading

इरानसँग २५०० वटासम्म मिसाइल अझै रहेको छःसि आइ ए

अमेरिकी र इसराइली आक्रमणबाट सैन्य क्षमता ध्वस्त भएको दाबी गरिए पनि इरानसँग अझै १ हजार ५०० देखि २ हजार ५०० वटासम्म मिसाइल रहेको अमेरिकी गुप्तचर निकायको आकलन छ।यसले युद्ध फेरि सुरु भए अमेरिका र उसका सहयोगीमाथि आक्रमण गर्न सक्ने क्षमता इरानसँग बाँकी रहेको देखाएको भनेर अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले लेखेको छ। यद्यपि इरानले मिसाइलको […]

Continue Reading

आज केहि स्थानमा हल्का वर्षाको सम्भावना

हाल देशमा पश्चिमी न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले पछिल्लो चौबीस घन्टामा विभिन्न भूभागमा छिटपुटदेखि हल्का र मध्यमसम्म वर्षा भएको छ। कास्कीको पोखरा एयरपोर्टमा पछिल्लो चौबीस घन्टामा ४६ मिलिमिटर वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। त्यस्तै संखुवासभाको टांसी गाउँमा ३७ मिलिमिटर वर्षा भएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा […]

Continue Reading

कोप–३१ मा हिमाल र हिमनदीको निगरानी बढाउन सहमति, नेपाललाई के फाइदा?

टर्कीमा जारी विश्व जलवायु सम्मेलन (कोप–३१) मा हिमाल र हिमनदीमा जलवायु परिवर्तनको असरबारे अनुसन्धान र निगरानी बढाउन सहमति भएको छ। सम्मेलनको वैज्ञानिक तथा प्राविधिक सल्लाहसम्बन्धी निकायले शनिबार राति पारित गरेको निष्कर्षमा यो कुरा उल्लेख छ। उक्त निष्कर्षले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको निगरानीमा रहेका कमजोरी हटाउन र त्यसका लागि अन्तर्राष्ट्रिय सहयोग बढाउन आह्वान पनि गरेको छ। नेपालले सम्मेलन […]

Continue Reading

पोखरा एभेन्जर्सको सहज जित

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाण्डु गोर्खाजविरुद्ध सहज जित निकालेको छ । पोखरा एभेन्जर्सले काठमाण्डु गोर्खाजलाई ५५ रनले पराजित गरेको हो । जारी संस्करणमा पोखराको यो दोस्रो जित हो । पोखराले सात खेलमध्ये पाँच खेलमा भने पराजय व्यहोरेको थियो । आजको हारका बाबजुद काठमाण्डुले प्लेअफमा स्थान सुरक्षित […]

Continue Reading

सन्दीपको कप्तानीमा ‘राइजिङ स्टार्स’ खेल्ने नेपाली टोली घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स, २०२६’ का लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ। कतारमा आयोजना हुने  प्रतियोगिताका लागि क्यानले अनुभवी र युवा खेलाडीको मिश्रणसहित टोली सार्वजनिक गरेको हो। घोषित टोलीमा कप्तान लामिछानेसँगै कुशल भुर्तेल, सोमपाल कामी, ललित राजवंशी, सन्दीप जोरा, पवन सर्राफ, बसिर अहमद र […]

Continue Reading

नाटो सदस्यताको बदलामा डोनबास छाड्न युक्रेनलाई अमेरिकाको प्रस्ताव

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो) को सदस्यताको बदलामा पूर्वी युक्रेनको डोनबास क्षेत्रबाट बाँकी सेना फिर्ता बोलाउने विषयमा अमेरिकी वार्ताकारहरूले विचार अघि सारेको बताएका छन्। यद्यपि, अमेरिकाले जेलेन्स्कीको यो भनाइको औपचारिक पुष्टि गरेको छैन। एक अमेरिकी अधिकारीले बीबीसीसँग कुरा गर्दै धेरै विचारहरूमाथि छलफल जारी रहेको तर कुनै पनि अन्तिम सम्झौतामा दुवै पक्ष […]

Continue Reading

अर्घाखाँचीमा चारवटा गाडी एकापसमा ठोक्किए

अर्घाखाँचीको शीतगंगा नगरपालिकामा चारवटा गाडी एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत शीतगंगा नगरपालिका–१२, बसेरीमा सुपादेउराली दर्शन गरेर फर्किँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०७८५ नम्बरको ईभी हाइसको ब्रेक फेल भएपछि दुर्घटना भएको हो । उक्त ईभी हाइसले ठक्कर दिँदा लु १ ज ४१९४ नम्बरको कार, लुम्बिनी प्रदेश ०१–००१ ज ०६४६ नम्बरको गाडी र लु […]

Continue Reading

सोमबार सार्वजनिक बिदाका दिन करदाता कार्यालय र बैंक खुला रहने

सरकारले सोमबार सार्वजनिक बिदा दिएपनि राजस्व संकलनसँग सम्बन्धित कार्यालयहरू खुला रहने भएका छन्। आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै करदाताहरूलाई सहजीकरण गर्नका लागि कार्यालयहरू खुला राख्न निर्देशन दिएको हो। गृह मन्त्रालयको आइतबार छठ पर्व भएपनि त्यसको भोलिपल्ट कात्तिक ३० गते सार्वजनिक बिदा दिएको छ। तर, उक्त दिन कात्तिक महिनाको मसान्त पर्ने भएकाले राजस्व परिचालनका […]

Continue Reading