जङ्गलको सडकमा ठुलो अजिङ्गर फेला

सल्यानको छत्रेश्वरी गाउँपालिका–३, रानाघर नजिकै निकै ठुलो अजिङ्गर  फेला परेको छ । शनिबार बेलुकी बडाचौर सामुदायिक वन क्षेत्रमा सडकको घारीमा अजिङ्गर देखिएपछि स्थानीय त्रसित भएका छन् । दारिमज्युलाबाट आफ्नो घर रानागाडातर्फ आउँदै गर्दा सडकको घारीमा हिडीरहेको अवस्थामा सो ठुलो अजिङ्गर देखेको स्थानीय करण पुन मगरले बताए  । पहाडी क्षेत्रमा यसअघि यति ठुलो अजिङ्गर कहिल्यै नदेखेको उनको […]

Continue Reading

काठमाडौँमा एक अर्बका खसी र च्याङ्ग्रा बिक्री

यसपालि दसैँमा उपत्यकामा करिब एक अर्ब रुपियाँ बराबरको खसीबोका र च्याङ्ग्राको कारोबार भएको छ । दसैैँको एक सातामा बजारमा ९७ करोड रुपियाँ बराबरको ४० हजार खसीबोका र च्याङ्ग्रा कारोबार भएको चौपाया खरिदबिक्री सङ्घले जनाएको छ । गत वर्ष एक अर्ब १६ करोड रुपियाँ बराबरको कारोबार भएकोमा यो वर्ष बजारमा माग कम हुँदा कारोबारमा समेत कमी आएको हो । सङ्घका […]

Continue Reading

वर्षा र हिमपातको सम्भावना सजग रहन विभागकाे आग्रह

बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ शक्तिशाली न्यूनचापीय क्षेत्र थप बलियो हुँदै भाेली सोमबार चक्रवातमा परिणत हुने नेपाल मौसम विज्ञान विभागले जनाएको छ । उक्त चक्रवातको प्रभावले कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा र हिमपातको सम्भावना औँल्याएको छ । यसले सम्भावित बाढी, पहिरो तथा हिमपातजन्य विपत् ल्याउन सक्ने भएकाले आवश्यक […]

Continue Reading

जलवायु न्यायको मुद्दा स्थापित हुदै

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी हानिनोक्सानी सम्बोधन कोषले नेपालमा खेपिरहेको जलवायु परिवर्तनको असरको सम्बोधन गरेको छ । नेपालको जलवायु न्यायको माग पूरा भएको विश्वव्यापी नजिर यस निर्णयले स्थापित गरेको छ । गत भदौ १० गते नेपालको उत्तरी क्षेत्रमा उच्च तापले लामटाङ लिरुङ हिमाल चोइटिएर झरेपछि भोटेकोशी–त्रिशूलीमा भीषण हिमबाढी आएको थियो । त्यसले पु-याएको अकल्पनीय क्षतिको सम्बोधन भएको हो । उक्त […]

Continue Reading

फिलिपिन्समा दुई सैनिक विमान आकाशमै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा प्रशिक्षण उडानका क्रममा वायुसेनाका दुई विमान आकाशमै ठोक्किएर दुर्घटना हुँदा चार जना पाइलटको मृत्यु भएको छ। शुक्रबार दिउँसो राजधानी मनिलाको दक्षिणमा पर्ने बाताङ्गास प्रान्तको लिपा सहरस्थित फर्नान्डो एयर बेसमा दुर्घटना भएको हो। कम उचाइमा उडिरहेका दुईवटा एसएफ-२६० विमान एकआपसमा ठोक्किएपछि एयर बेसमा खसेका थिए। दुर्घटनामा जमिनमा रहेका अन्य व्यक्तिहरू भने घाइते नभएको अधिकारीहरूले बताएका […]

Continue Reading

दसैंमा मुस्ताङबाट ३६ करोडभन्दा बढीको भेडाच्याङ्ग्रा बिक्री

दसैंंमा मुस्ताङबाट ३६ करोडभन्दा बढी मूल्य बराबरको भेडाच्याङ्ग्रा बिक्री भएको छ । मुस्ताङका पाँच वटा स्थानीय तहका कृषकले पालेका र कर्णाली प्रदेशको डोल्पा, मुगु र हुम्ला जिल्लाबाट ल्याइएको १३ हजार ९५० वटा भेडाच्याङ्ग्रा बिक्री भएको हो । यस बर्ष मुस्ताङका कृषकले सात हजार नौ सय ६४ च्याङ्ग्रा, १२ सय ४ भेडा (च्यालुक), डोल्पाबाट ३५ सय […]

Continue Reading

देशभर २० विपद्का घटना, आठ जना घाइते

देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का घटना भएका छन् । ती घटनामा परी आठ जना घाइते भएका छन् भने करिब रु २४ लाख १५ हजार बराबरको आर्थिक क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ६ गते बिहान १० बजेदेखि शनिबारसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, लेक लाग्ने, […]

Continue Reading

जाजरकोट/काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

जाजरकोटको सदरमुकाम खलंगाबाट काठमाडौंसम्म पहिलोपटक अत्याधुनिक सुविधासहितको रात्रिबस सेवा सञ्चालनमा आएको छ। लामो दूरीको यात्रालाई सहज, सुरक्षित र आरामदायी बनाउने उद्देश्यले सुरु गरिएको सेवाले राजधानी आवतजावत गर्ने यात्रुलाई नयाँ विकल्प दिएको छ। जाजरकोट डोल्पा यातायात सेवा प्रालि, मध्यपश्चिम यातायात सेवा प्रालि र सुर्खेत काँक्रेविहार यातायात सेवा प्रालिको संयुक्त पहलमा रात्रिबस सेवा सुरु गरिएको हो। सेवाको […]

Continue Reading

कुखुरा पकाउन एक लाख ३५ हजार थप्पड ! ८ घण्टाको प्रयोगले के देखायो ?

कुखुरालाई थप्पड हानेर पकाउन सकिन्छ ? सुन्दा अनौठो लागे पनि एक युट्युबरले यही प्रश्नको जवाफ खोज्न विशेष मेसिन बनाए।सन् २०१९ मा गरिएको एउटा गणनाले २३ हजार ३४ पटक थप्पड हाने कुखुरा पकाउन सकिने अनुमान गरेको थियो। तर, व्यवहारमा यो विचार परीक्षण गर्दा करिब एक लाख ३५ हजार पटक थप्पड हान्नुपर्‍यो। प्रयोगमा ६ देखि ८ घण्टा […]

Continue Reading

पेरिस नजिकै अन्धाधुन्ध गोली प्रहार, एकको मृत्यु र पाँच घाइते

फ्रान्सको राजधानी पेरिस नजिकै भएको गोली प्रहारको घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले घटनालाई ‘नस्लवादी आतङ्कवादी हमला’ भन्दै निन्दा गरेका छन् । शुक्रबार बिहान ट्राप र नजिकैको ला भेरिएर क्षेत्रमा करिब १५ मिनेटसम्म चलेको घटनामा एक व्यक्तिले कारबाट विभिन्न स्थानमा गोली प्रहार गरेका थिए […]

Continue Reading