इनम सापकोटासँग कारोबार देखिएपछि कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ

सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरमा पक्राउ परेका इनम सापकोटासँग आर्थिक कारोबार भएको देखिएको आरोपमा महेश श्रेष्ठ पक्राउ परेका छन्। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले  कीर्तिपुरबाट पक्राउ गरेको हो। सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरको आरोपमा अनुसन्धान भइरहेका इनमसँग आर्थिक कारोबार भएको देखिएपछि महेशलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए। ‘इनम सापकोटासँग […]

Continue Reading

आज केहि स्थानमा हल्का वर्षाको सम्भावना

हाल देशमा पश्चिमी न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले पछिल्लो चौबीस घन्टामा विभिन्न भूभागमा छिटपुटदेखि हल्का र मध्यमसम्म वर्षा भएको छ। कास्कीको पोखरा एयरपोर्टमा पछिल्लो चौबीस घन्टामा ४६ मिलिमिटर वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। त्यस्तै संखुवासभाको टांसी गाउँमा ३७ मिलिमिटर वर्षा भएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा […]

Continue Reading

कोप–३१ मा हिमाल र हिमनदीको निगरानी बढाउन सहमति, नेपाललाई के फाइदा?

टर्कीमा जारी विश्व जलवायु सम्मेलन (कोप–३१) मा हिमाल र हिमनदीमा जलवायु परिवर्तनको असरबारे अनुसन्धान र निगरानी बढाउन सहमति भएको छ। सम्मेलनको वैज्ञानिक तथा प्राविधिक सल्लाहसम्बन्धी निकायले शनिबार राति पारित गरेको निष्कर्षमा यो कुरा उल्लेख छ। उक्त निष्कर्षले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको निगरानीमा रहेका कमजोरी हटाउन र त्यसका लागि अन्तर्राष्ट्रिय सहयोग बढाउन आह्वान पनि गरेको छ। नेपालले सम्मेलन […]

Continue Reading

पोखरा एभेन्जर्सको सहज जित

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाण्डु गोर्खाजविरुद्ध सहज जित निकालेको छ । पोखरा एभेन्जर्सले काठमाण्डु गोर्खाजलाई ५५ रनले पराजित गरेको हो । जारी संस्करणमा पोखराको यो दोस्रो जित हो । पोखराले सात खेलमध्ये पाँच खेलमा भने पराजय व्यहोरेको थियो । आजको हारका बाबजुद काठमाण्डुले प्लेअफमा स्थान सुरक्षित […]

Continue Reading

सन्दीपको कप्तानीमा ‘राइजिङ स्टार्स’ खेल्ने नेपाली टोली घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स, २०२६’ का लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ। कतारमा आयोजना हुने  प्रतियोगिताका लागि क्यानले अनुभवी र युवा खेलाडीको मिश्रणसहित टोली सार्वजनिक गरेको हो। घोषित टोलीमा कप्तान लामिछानेसँगै कुशल भुर्तेल, सोमपाल कामी, ललित राजवंशी, सन्दीप जोरा, पवन सर्राफ, बसिर अहमद र […]

Continue Reading

अमेरिकामा हवाई उडान अझै प्रभावित, दुई दिनमा हजारौँ उडान रद्द र ढिलाइ

अमेरिकामा हवाई यातायात प्रणालीमा आएको प्राविधिक समस्याका कारण दुई दिन बितिसक्दा पनि हजारौँ उडान प्रभावित भएका छन् । आइतबार मात्रै अमेरिकाभर ५ हजारभन्दा बढी उडान ढिलाइ भएका छन् भने २ हजारभन्दा बढी उडान रद्द भएका छन् । अमेरिकी यातायातमन्त्री सीन डफीले उडान सेवा पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन सोमबारसम्म लाग्न सक्ने बिबिसिले जनाएको छ । […]

Continue Reading

सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध

सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष वेदबहादुर थापाका अनुसार  हर्मिचौर पूर्तिघाट सडक खण्डको कालीगण्डकी गाउँपालिका वडा नम्वर २  अर्वेनी राक्सेमा आइतबार साँझ सडक माथिबाट सुक्खा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो । आइतबार राती भएकाले पहिरो पन्छाउने कार्य सम्भव नभएको र सोमबार बिहानबाट पहिरो पन्छाउने कार्य हुने उनले […]

Continue Reading

नाटो सदस्यताको बदलामा डोनबास छाड्न युक्रेनलाई अमेरिकाको प्रस्ताव

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो) को सदस्यताको बदलामा पूर्वी युक्रेनको डोनबास क्षेत्रबाट बाँकी सेना फिर्ता बोलाउने विषयमा अमेरिकी वार्ताकारहरूले विचार अघि सारेको बताएका छन्। यद्यपि, अमेरिकाले जेलेन्स्कीको यो भनाइको औपचारिक पुष्टि गरेको छैन। एक अमेरिकी अधिकारीले बीबीसीसँग कुरा गर्दै धेरै विचारहरूमाथि छलफल जारी रहेको तर कुनै पनि अन्तिम सम्झौतामा दुवै पक्ष […]

Continue Reading

अर्घाखाँचीमा चारवटा गाडी एकापसमा ठोक्किए

अर्घाखाँचीको शीतगंगा नगरपालिकामा चारवटा गाडी एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत शीतगंगा नगरपालिका–१२, बसेरीमा सुपादेउराली दर्शन गरेर फर्किँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०७८५ नम्बरको ईभी हाइसको ब्रेक फेल भएपछि दुर्घटना भएको हो । उक्त ईभी हाइसले ठक्कर दिँदा लु १ ज ४१९४ नम्बरको कार, लुम्बिनी प्रदेश ०१–००१ ज ०६४६ नम्बरको गाडी र लु […]

Continue Reading

डीडीसी घोटालामा सीआईबीको सूक्ष्म अनुसन्धान– कृषि फार्मको पैसा कर्मचारीको खातामा !

नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) का ९ जना कर्मचारी अहिले प्रहरी हिरासतमा छन् । उनीहरूविरुद्ध संस्थानको १२ करोड १३ लाख ४३ हजार ५ सय ३० रुपैयाँ हिनामिना गरेको आरोप लगाइएको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुरूमा कात्तिक १३ गते संस्थानका तत्कालीन महाप्रबन्धक तथा वर्तमान प्रशासन तथा व्यवस्थापन विभागका प्रमुख सञ्जीव […]

Continue Reading