खराब कर्जा असुलीमा विशेष ध्यान दिन अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडलाई वित्तीय तथा आर्थिक अनुशासन कायम गर्दै खराब कर्जा असुलीमा विशेष ध्यान दिन निर्देशन दिएका छन्।नेपाल बैंक लिमिटेडको ९०औँ वार्षिकोत्सव समारोह उद्घाटन गर्दै उनले बैंकलाई अनुत्पादक क्षेत्रमा लगानी नगर्न पनि आग्रह गरे। नेपालको बैंकिङ क्षेत्रमा गौरवमय इतिहास बोकेको यस बैंकले सुशासनको उच्च मापदण्ड कायम गर्दै डिजिटल […]

Continue Reading

काल बन्दै तौलिहवा– बहादुरगन्ज सडकखण्ड

गत साउन साउन १२ तौलिहवा बहादुरगन्ज सडक अन्तर्गत महाराजगन्ज नगरपालिका वडा नम्बर २ गैडहवा चोक नजिकै बहादुरगन्जबाट तौलिहवातर्फ जाँदै गरेको ना २ ख २३६४ नम्बरको ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भयो। तीव्र गतिमा रहेको मदिरा लोड गरेको ट्रकले किच्दा स्थानीय १२ वर्षीय आनन्द कश्यप, महाराजगन्ज नगरपालिका ३ का ७५ वर्षीय भोल्लर कुर्मी र ४५ […]

Continue Reading

एकै महिना ६४ हजार बढीले गरे पाथीभरा दर्शन

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा कात्तिक महिनामा मात्रै ६४ हजार १०६ जना तीर्थयात्रीले दर्शन गरेका छन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार चालु आर्थिक वर्षका अन्य महिनाको तुलनामा कात्तिकमा सबैभन्दा धेरै दर्शनार्थी मन्दिर पुगेका हुन्। शनिबार एकै दिन ११ हजार २७२ जना भक्तजन पाथीभरा पुगेका थिए। उक्त सङ्ख्या पछिल्लो तीन वर्षयताकै एकै दिन मन्दिर दर्शन गर्ने भक्तजनको […]

Continue Reading

२४ घण्टामा ६ सवारी दुर्घटना: ११ जनाको मृ’त्यु, ५ घाइते

देशका पाँच जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।आइतबार दिउँसोदेखि सोमबार बिहानसम्म बझाङ, मुगु, सिराहा, धनुषा र सप्तरीमा भएका ६ वटा दुर्घटनामा उनीहरूको मृत्यु भएको हो। सबैभन्दा ठुलो मानवीय क्षति बझाङको बुङ्गल नगरपालिका-१० टुमेडास्थित सडकमा भएको छ। टुमेडा गाउँबाट हिड्नेगडा बजारतर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ ह ७९९८ […]

Continue Reading

हसिनाको गृहनगरमा १० प्लाटुन सुरक्षा बल परिचालन

बंगलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिँदै सीमा सुरक्षा बल (बिजिबी) का १० प्लाटुन परिचालन गरेको छ। निगरानीका लागि ड्रोन र बडी क्यामेरा तथा सम्भावित दङ्गा नियन्त्रणका लागि सशस्त्र सवारीसाधनसमेत तैनाथ गरिएको छ।हसिनाले डिसेम्बरमा स्वदेश फर्कने योजना सार्वजनिक गरेपछि गोपालगञ्जमा अवामी लिगका समर्थक सक्रिय भएका छन्। पार्टी प्रतिबन्धित रहेकाले उनीहरूका प्रदर्शनमा […]

Continue Reading

चैत ५ गते भित्र स्थानीय तह चुनाव गर्न सरकारलाई निर्वाचन आयोगको सुझाव

सरकारले आगामी स्थानीय तह निर्वाचनको मिति तोक्ने तयारी गरेको छ। निर्वाचन आयोगले वर्तमान जनप्रतिनिधिको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि नै निर्वाचन सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार चैत ५ गतेभित्र निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार स्थानीय तह निर्वाचन सम्पन्न गर्न कम्तीमा १२० दिन आवश्यक पर्ने भएकाले आयोगले निर्वाचनको मिति चैत […]

Continue Reading

यस कात्तिक महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा

काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ जना सवारीचालक गएको महिनामा कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा सबैभन्दा बढी मादकपदार्थ सेवन ९मापसे० गरी सवारीसाधन चलाउने छन् । कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार यही कात्तिक १ गतेदेखि २९ गते सम्म मादक पदार्थ सेवन गरी सवारी चलाउने […]

Continue Reading

सीद्वारा ट्रम्प र पुटिनसँग त्रिपक्षीय बैठकको पुष्टि

चीनले राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामी नोभेम्बर १९ मा शेन्जेनमा पहिलो त्रिपक्षीय शिखर बैठक हुने पुष्टि गरेको छ । तीन प्रमुख शक्तिका राष्ट्रप्रमुखबीच हुन लागेको यस बैठकलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय कूटनीतिक दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ । चिनियाँ विदेश मन्त्रालयले सोमबार जारी गरेको संक्षिप्त विज्ञप्तिमा राष्ट्रपति सीले […]

Continue Reading

४६ वर्षको उमेरमा मैदान फर्किए दिग्गज फुटबलर रोनाल्डिन्हो

ब्राजिलका दिग्गज फुटबलर रोनाल्डिन्हो ४६ वर्षको उमेरमा पुनः फुटबल मैदानमा फर्किएका छन्।उनले आइतबार इटालीको तेस्रो डिभिजनको क्लब राभेन्नाबाट खेल खेलेका हुन्। उक्त खेलमा राभेन्नाले २–० गोलको जित हासिल गरेको थियो। रोनाल्डिन्होले सन् २०१५ मा फ्लुमिनेन्सेका लागि आफ्नो अन्तिम खेल खेलेका थिए। त्यसपछि उनले व्यावसायिक फुटबलबाट संन्यास लिएका थिए। गत अगस्टमा उनी राभेन्ना क्लबमा लगानीकर्ताका रूपमा […]

Continue Reading

भ्रष्टाचार हटाउन १८ वर्षदेखि उल्लुको पूजा !

भारतको उत्तर प्रदेशस्थित शाहजहाँपुरमा सामाजिक कुरीति, भ्रष्टाचार र गम्भीर समस्याबाट छुटकारा पाउन मानिसहरूले झन्डै दुई दशकदेखि उल्लु (लाटाे काेसेराे)को पूजा गर्दै आएका छन्। विगत १८ वर्षदेखि चल्दै आएको यो परम्परामा सहरका प्राध्यापक, डाक्टर, इन्जिनियर र बुद्धिजीवीसमेत सहभागी हुने गरेका छन्। यो पूजामार्फत उठाइएका समस्याहरू एक वर्षभित्र कमजोर हुने वा समाप्त हुने विश्वास गरिन्छ। गत वर्ष […]

Continue Reading