नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य

आईसीसी क्रिकेट विश्वकप लिग-२ शृङ्खलाअन्तर्गत नेपालले ओमानलाई २ सय ८१ रनको लक्ष्य दिएको छ। ओमानको अलअमरेत क्रिकेट मैदानमा सोमबार टस जितेर ब्याटिङ रोजेको नेपालले २८० रन बनाएको हो। नेपालका लागि रोहितकुमार पौडेलले ८१ बलमा २ छक्का र २ चौकासहित ८० रन बनाए। दीपेन्द्रसिंह ऐरीले ६२ बलमा ४ छक्का र ३ चौकासहित ६९ रन र देव खनालले […]

Continue Reading

६ दिनमा आरुघाटमा बेलिब्रिज तयार,यातायात सुचारू

बुढीगण्डकीको बाढीले बगाएको आरुघाटको पुल ६ दिनमा मर्मत सम्पन्न भएको छ । बाढीले बगाएको केही भाग तत्काल सुचारु गर्न बेलिब्रिज जोडेर आवतजावत सुचारु गरिएको हो । गोरखा र धादिङ जोड्ने सो पुललाई गोरखा सडक योजना कार्यालय र नेपाली सेनाले संयुक्तरुपमा मर्मतसम्भार गरेको हो । रातदिन काम गरेर छिट्टै काम सम्पन्न गरिएको सडक योजना कार्यालयले जनाएको […]

Continue Reading

यमन नजिकै हेलिकोप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

यमनमा हुथी विद्रोहीसँग तनाव बढिरहेका बेला साउदी अरबका दुई पाइलटको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ।बीबीसी अरबीका अनुसार यमन सरकारलाई समर्थन गर्दै आएको साउदी नेतृत्वको सैन्य गठबन्धनले  एक टोही हेलिकोप्टर प्राविधिक खराबीका कारण यमनको सीमाक्षेत्र नजिक दुर्घटनाग्रस्त भएको जनाएको छ। हुथी विद्रोहीसँग तनाव बढेपछि साउदी अरबले आफ्ना सैन्य कर्मचारीको मृत्यु भएको जानकारी सार्वजनिक गरेको यो पहिलो […]

Continue Reading

क्यानडाको सैन्य शिविरमा भीषण आगलागी, चार सैनिकको मृत्यु, दर्जनौँ घाइते

क्यानडाको अल्बर्टा प्रान्तस्थित सैन्य शिविरमा भएको भीषण आगलागीमा कम्तीमा चार सैनिकको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रधानमन्त्री मार्क कार्नीले बताएका छन् । शनिबार स्थानीय समयअनुसार अपराह्न करिब ४ बजे क्यानडियन फोर्सेस बेस वेनराइटमा आगलागी भएको थियो । तीव्र हावाका कारण आगो छिटो फैलिएको स्थानीय प्रशासनले जनाएको […]

Continue Reading

शान्ति वार्ता अघि बढाउन रुसमाथिका केही प्रतिबन्ध निलम्बन गरेको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच शान्ति वार्ता जारी राख्न रुसमाथिका केही प्रतिबन्ध निलम्बन गरेको बताएका छन्। आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै ट्रम्पले रुसलाई वार्ताको टेबलबाट टाढा धकेल्ने कुनै कदम चाल्न नचाहेको बताएका छन् । आफू रुस-युक्रेन युद्ध अन्त्यका लागि वार्ता गरिरहेको उनको भनाइ छ । ट्रम्पले प्रतिबन्ध लागू हुनुभन्दा दुई दिनअघि […]

Continue Reading

२१ किलो सुन ल्याउने चिनियाँ गिरोहको नेपाली सहयोगी खोज्दै प्रहरी

प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट बरामद २१ किलो ७५० ग्राम सुन तस्करीमा संलग्न गिरोहको नेपाली सहयोगी खोज्न थालेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुनको भण्डारण, बिक्री र भारततर्फ पठाउने कार्यमा संलग्न हुन सक्ने नेपालीको खोजी सुरु गरेको हो । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले नेपाली नागरिकको संलग्नताबारे अनुसन्धान भइरहेको बताए । ‘पक्राउ परेका तीन चिनियाँ […]

Continue Reading

आज देशका यी स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार  हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहेको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लागेको महाशाखाले जनाएको छ। दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी […]

Continue Reading

कात्तिक २ गते नवौँ दिन : दुई दिन महाअष्टमीको पूजा गर्नुपर्ने

यस वर्ष तिथि वृद्धि भई अष्टमी दुई दिन परेकाले कात्तिक १ र २ गते दुवै दिन महाअष्टमीको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिबाट स्वीकृत पात्रोअनुसार दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ। धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार कात्तिक १ गते गरिएको पूजा तथा महाअष्टमीका अन्य कर्म कात्तिक २ गते पनि दोहोर्‍याउनुपर्नेछ। […]

Continue Reading

खोटाङ जादै गरेकाे सुमाे गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु

काठमाडौंबाट खोटाङतर्फ जादैगरेको सुमो गाडी सुनकोसीमा खस्दा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना महिला रहेको सुनकोसी प्रहरीले जनाएको छ । घटनास्थलमै मृत भेटिएका तीनै जनाको पहिचान खुल्न बाँकी छ । बेपत्ता रहेका तीन जनाको खोजी भइरहेको छ ।  बेपत्ताहरुको पनि पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ। काठमाडौबाट खोटाङ जादैगरेको को १ […]

Continue Reading

धार्मिक शक्तिपिठ उग्रतारा भगवती मन्दिरमा अष्टमी मेला

सूदूरपश्चिम प्रदेशमा रहेका नौ वटा भगवतीका मन्दिरहरू मध्येको एक उग्रतारा मन्दिरमा आज  अष्टिमी मेला लागेको छ । उग्रतारा मन्दिरमा घटस्थापनाको दिनदेखि दिनगन्ति गरेर आठौं दिन पूजाआजासहित मेला लाग्ने गरेको मन्दिरका पुजारी पण्डित लोकराज भट्टले जानकारी दिए  । शनिबार साँझपख मन्दिरमा पूजाआजा गरिएपछि आज  बिहानैदेखि मेला लागेको उनले बताए  । अष्टमीका दिन उग्रतारा भगवती मन्दिरमा राँगा […]

Continue Reading