तिहारका पटाकाले बढाउँछ प्रदूषण

आँगनमा ढकमक्क फुलेका फूल, साँझपख झिलिमिली बालिएका बत्ती र गाउँटोलमा गुञ्जिने देउसी–भैलोले तिहारको मौलिक रौनकता बढाएको छ । दाजुभाइ तथा दिदीबहिनी बिचको आत्मीयता र प्रेमको प्रतीक भाइटीकाको तयारी चलिरहेको छ । बजार तिहारका सामग्रीले भरिभराउ छन् भने किनमेल र चहलपहल पनि उत्तिकै बढेको छ । तिहारका कतिपय परम्परा र गतिविधि आफैँमा सुन्दर छन् । फूल, […]

Continue Reading

६ सयभन्दा बढी गाईको सामूहिक पूजा

यमपञ्चकको तेस्रो दिन गाई तिहारको अवसरमा दाङको बेलझुण्डीस्थित गौशालाका ६०० बढी गाईलाई सामूहिक रूपमा पूजा गरिएको छ । योगी आदित्यनाथ फाउन्डेसनको गौशालामा रहेको गाईलाई सोमबार स्थानीय लगायतको सहभागितामा सामूहिक गाईपूजा गरिएको हो । प्रत्येक वर्ष गाई पूजाको अवसरमा यसरी गौशालामा गाईपूजा गर्ने गरिएको फाउन्डेसनका अध्यक्ष भोलानाथ योगीले बताए । सोही अनुरुप यो वर्ष पनि पूजा […]

Continue Reading

इजिप्टमा दुई रेल ठोक्किँदा ४ जनाको मृत्यु, ८८ जना घाइते

इजिप्टको गिजा सहरनजिकै दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएका छन् । इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार दुर्घटनापछि उद्धार तथा उपचारका लागि ७२ वटा एम्बुलेन्स परिचालन गरिएको बिबिसिमा उल्लेख छ । स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमध्ये एक जना रेल चालकसमेत रहेका छन् । रेलवे प्राधिकरणका अनुसार गिजाबाट कायरोको दक्षिणी […]

Continue Reading

अमेरिकामा हिन्दु समुदायलाई लक्षित गर्दै ‘देश निकाला गर’ भन्दै प्रदर्शन, विवाद चर्कियो

अमेरिकाको सियाटलमा दीपावली उत्सवका क्रममा हिन्दु समुदायलाई लक्षित गर्दै घृणापूर्ण नारा र प्लेकार्ड प्रदर्शन भएपछि विवाद उत्पन्न भएको छ । दक्षिणपन्थी कार्यकर्ता जेक ल्याङ र थोमस एलेनले दीपावली कार्यक्रममा पुगेर ‘टीका लगाउने सबैलाई देश निकाला गर’ र ‘इसाईहरूको हिन्दु प्रतिस्थापन रोक’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनप्रति अमेरिकी सांसद प्रमिला जयपालले कडा विरोध जनाएकी […]

Continue Reading

चीनमा अपराजित रहँदै नेपालले जित्यो यू–१९ महिला क्रिकेटको उपाधि

नेपाली यू-१९ महिला क्रिकेट टोलीले चीनमा आयोजित ‘बेल्ट एन्ड रोड सिरिज’ को उपाधि जितेको छ । हङकङसँगको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो । चार टोली सहभागी प्रतियोगितामा नेपालले खेलेका ६ मध्ये चार खेलमा जित निकाल्यो भने दुई खेल वर्षाका कारण नतिजाविहीन बने । नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ७ […]

Continue Reading

बालुवाटारबाट ६ लाख नगदसहित ९ जना जुवाडे पक्राउ

बालुवाटारस्थित नेपाल हाउस रेस्टुरेन्टबाट जुवातास खेलिरहेको अवस्थामा ६ लाख ८५ हजारभन्दा बढी नगदसहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरी टोलीले उक्त रेस्टुरेन्टमा छापा मारेको थियो। चेकजाँचका क्रममा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। प्रहरीले घटना स्थलबाट ६,८५,१९५ रुपैयाँ नगद, ९ बुक […]

Continue Reading

नेपालगन्जमा दुई बिजुली पसलमा भीषण आगलागी, ३ करोडको क्षति

बाँकेको जानकी गाउँपालिका–३ कोरियनपुरस्थित दुईवटा बिजुली पसलमा भीषण आगलागी हुँदा करिब ३ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । नेपालगन्ज बजारसँग जोडिएको कोरियनपुरस्थित जेएस स्कुल नजिकै रहेका जय हनुमान ट्रेड एण्ड सप्लायर्स र लक्ष्मी बिजुली भण्डारमा आज आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार विद्युतीय अनियमितताका […]

Continue Reading

ओलाङचुङगोलामा मनाइयो फुटुक पर्व

दसैँ र तिहारको बीचमा ताप्लेजुङको उत्तरी हिमाली बस्ती ओलाङचुङगोला लामाहरूको मन्त्रले गुञ्जिन्छ । पर्यटकीय बस्तीमा गाउँलेहरू गुम्बामा भेला हुन्छन्। कसैले देवताको त कसैले राक्षसको मुखुण्डो लगाउँछन्। धार्मिक मन्त्र गुञ्जिरहँदा मुखुण्डो लगाएका लामाहरू युद्धको अभिनय गर्दै नाच्छन्। नौ दिनसम्म चल्ने यो पर्वमा रात बित्दै जान्छ, तर गुम्बाको धार्मिक अनुष्ठान र सांस्कृतिक गतिविधि रोकिँदैन। ताप्लेजुङको ओलाङचुङगोलामा वालुङ […]

Continue Reading

आजकाे विदेशी मुद्रा विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ १२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ २० […]

Continue Reading

आजकाे माैसमः कुन-कुन प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना?

नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै गण्डकी र लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ। देशका बाँकी हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने तराईका क्षेत्रमा मौसम मुख्यतया सफा छ। महाशाखाका अनुसार हाल सुदूरपश्चिम […]

Continue Reading