भ्रष्टाचार हटाउन १८ वर्षदेखि उल्लुको पूजा !

भारतको उत्तर प्रदेशस्थित शाहजहाँपुरमा सामाजिक कुरीति, भ्रष्टाचार र गम्भीर समस्याबाट छुटकारा पाउन मानिसहरूले झन्डै दुई दशकदेखि उल्लु (लाटाे काेसेराे)को पूजा गर्दै आएका छन्। विगत १८ वर्षदेखि चल्दै आएको यो परम्परामा सहरका प्राध्यापक, डाक्टर, इन्जिनियर र बुद्धिजीवीसमेत सहभागी हुने गरेका छन्। यो पूजामार्फत उठाइएका समस्याहरू एक वर्षभित्र कमजोर हुने वा समाप्त हुने विश्वास गरिन्छ। गत वर्ष […]

Continue Reading

देउवा पक्षीय नेपाली कांग्रेसको जिल्ला अधिवेशन मंसिर १ गते हुने

देउवा पक्षीय नेपाली कांग्रेसको मोरङ अधिवेशन भाेली मंसिर १ गते विराटनगरमा आयोजना गरिने भएको छ। नेपाली कांग्रेस देउवा पक्षीय नेता केदार कार्कीका अनुसार मंसिर १ गते विराटनगरमा जिल्ला अधिवेशन गर्न लागिएको हो। अधिवेशनको कांग्रेस नेता डा शशांक कोइरालाले उद्घाटन गर्ने कार्यक्रम रहेको कार्कीले बताए। उनका अनुसार पार्टीले मोरङका ६ वटा संघीय निर्वाचन क्षेत्र, १२ वटा […]

Continue Reading

अमेरिकासँग कुरा नमिले चीनसँग सहकार्य गर्ने क्यानण्डाको सङ्केत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको व्यापार वार्ताबाट क्यानाडाको अटो उद्योगको संरक्षण सुनिश्चित नभए चीनसहित अन्य मुलुकका सवारीसाधन निर्माता कम्पनीसँग सहकार्य गर्न सकिने प्रधानमन्त्री मार्क कार्नीले बताएका छन् । आज सोमबार कम्बोडियामा पत्रकारहरूसँग कुरा गर्दै उनले अमेरिकासँगको वार्ता आफ्नो प्राथमिकता भए पनि त्यसको परिणामले युरोपेली, चिनियाँ वा जापानी कम्पनीसँग सहकार्य गर्ने विकल्प तय गर्ने बताए  । अमेरिकी […]

Continue Reading

मुद्रास्फीति र खराब मौसमले जापानी अर्थतन्त्र सुस्त

इरान युद्धका कारण बढेको मुद्रास्फीति, खराब मौसम र भूकम्पको असरले जापानको अर्थतन्त्र तेस्रो त्रैमासिकमा स्थिर भएको छ।जुलाईदेखि सेप्टेम्बरसम्म अर्थतन्त्रमा कुनै वृद्धि नभएको सरकारी तथ्याङ्कले देखाएको छ। यो विश्लेषकहरूको ०.१ प्रतिशत वृद्धिको अनुमानभन्दा कमजोर हो । तेलको मूल्य वृद्धि र कमजोर येनका कारण आयात महँगिँदा उपभोक्ता खर्च प्रभावित भएको छ । तेस्रो त्रैमासिकमा निजी उपभोग ०.३ […]

Continue Reading

सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन

सार्वजनिक रेडियो र टेलिभिजनको वित्तीय व्यवस्था परिवर्तन गर्ने सरकारको योजनाविरुद्ध चेक गणतन्त्रको राजधानी प्रागमा आइतबार करिब तीन लाख ५० हजार मानिसले प्रदर्शन गरेका छन् । प्रधानमन्त्री आन्द्रेज बाबिस नेतृत्वको सरकारले ल्याएको योजनाले सञ्चारमाध्यमको स्वतन्त्रता कमजोर पार्न सक्ने भन्दै प्रदर्शनकारीले विरोध गरेका हुन् । सन् १९८९ को भेलभेट क्रान्तिको वार्षिकोत्सवको पूर्वसन्ध्यामा लेटना पार्कमा आयोजित प्रदर्शनमा सहभागीहरूले […]

Continue Reading

बर्दियामा हरायो खरमजुर

अतिसङ्कटापन्न पन्छीको सूचीमा रहेको खरमजुर बर्दियामा देखिन छोडेको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा सन् २०१० यता खरमजुर देखिएको छैन । स–साना खर तथा घाँसमा बस्ने सुन्दर पन्छी खरमजुर बर्दियामा देखिन छोडेको १६ वर्ष पुगेको छ । निकुञ्जका अनुसार पहिले खौराहा, बघौरा र लम्कौली फाँटमा देखिने खरमजुर अहिले देखिन छाडेको हो । नेपाल पन्छीविद् सङ्घका सदस्य […]

Continue Reading

बझाङमा अटो दुर्घटना हुँदा तीनजनाको मृत्यु, एक बालक बेपत्ता

बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् । टुमेडा गाउँबाट बुङ्गल नगरपालिका–११ हिड्नेगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटो सोमबार बिहान करिब १०:२० बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाका अनुसार अटोको ब्रेक फेल भएर […]

Continue Reading

नवलपुरमा दुई सवारी दुर्घटना : एक जनाको मृत्यु, २८ घाइते

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत पूर्वी नवलपरासीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। आज  बिहान करिब ६:४० बजे कावासोती नगरपालिका–११, लोकाहास्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुबाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। धनगढीबाट काठमाडौं जाँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको बस अनियन्त्रित भएर सडकमै पल्टिएको हो। […]

Continue Reading

पश्चिम एशियामा तेस्रो अमेरिकी युद्धपोत आइपुग्यो

मध्यपूर्वमा विकसित ताजा भूराजनीतिक द्वन्द्वका कारण यस क्षेत्रको सुरक्षा अवस्था थप जटिल बन्दै गएको छ। अमेरिकी जलसेनाको अत्याधुनिक विमानबाहक पोत ‘यूएसएस थिओडोर रुजवेल्ट’ मध्यपूर्व क्षेत्रमा आइपुगेको एक अमेरिकी अधिकारीले अलजजिरालाई बताएका छन्। यससँगै अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) को कार्यक्षेत्रमा तैनाथ अमेरिकी विमानबाहक पोतहरूको संख्या तीन पुगेको छ। उता, इरानका उपविदेशमन्त्री काजेम घारिबाबादीले वासिङ्टनले कूटनीतिक पहलको […]

Continue Reading

बागमती किनारमा छठको उल्लास : उदाउँदो सूर्यलाई अर्घ्यदिइ छठ सम्पन्न (तस्बिर)

काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै चारदिने छठ पर्व विधिवत् रूपमा सम्पन्न भएको छ। सूर्यदेवको उपासना गरी श्रद्धा र निष्ठापूर्वक मनाइने यस महापर्वको अन्तिम दिन बिहानैदेखि थापाथलीको छठ घाटमा व्रतालु तथा श्रद्धालु भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको थियो।  घाटमा भेला भएका व्रतालुहरूले नदीमा उभिएर उदाउँदो सूर्यलाई ‘उषा अर्घ्य’ दिएका थिए। […]

Continue Reading