फिलिपिन्समा दुई सैनिक विमान आकाशमै ठोक्किए, चारै पाइलटको मृत्यु

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

फिलिपिन्समा प्रशिक्षण उडानका क्रममा वायुसेनाका दुई विमान आकाशमै ठोक्किएर दुर्घटना हुँदा चार जना पाइलटको मृत्यु भएको छ।

शुक्रबार दिउँसो राजधानी मनिलाको दक्षिणमा पर्ने बाताङ्गास प्रान्तको लिपा सहरस्थित फर्नान्डो एयर बेसमा दुर्घटना भएको हो। कम उचाइमा उडिरहेका दुईवटा एसएफ-२६० विमान एकआपसमा ठोक्किएपछि एयर बेसमा खसेका थिए। दुर्घटनामा जमिनमा रहेका अन्य व्यक्तिहरू भने घाइते नभएको अधिकारीहरूले बताएका छन्।

फिलिपिन्सको वायुसेनाले दुर्घटनालाई आकस्मिक भने पनि यसको विस्तृत कारण सार्वजनिक गरेको छैन। घटनाबारे जानकारी भएका दुई अधिकारीका अनुसार दुवै विमान हावामै ठोक्किएका थिए। उनीहरूले यस विषयमा सार्वजनिक रूपमा बोल्ने अनुमति नपाएकाले आफ्नो नाम गोप्य राख्न आग्रह गरेका छन्।

प्रत्यक्षदर्शीका अनुसार दुई सिट क्षमताको एउटा विमान सैनिकहरू बस्ने ब्यारेकनजिक खसेको थियो। दुर्घटनापछि वायुसेनाले घटनाको अनुसन्धान पूरा नहुँदासम्म आफूसँग रहेका बाँकी एसएफ-२६० विमानको उडान अस्थायी रूपमा रोकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *