दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : पौडी प्रतियोगितामा भाग लिन हेलिकप्टर चार्टर

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपालगन्जमा जारी पौडी प्रतियोगितामा भाग लिन एकजना खेलाडी हेलिकप्टर चार्टर गरेर नेपालगन्ज आइपुगेका  छन् । विभागीय टोली एपिएफको तर्फबाट प्रतियोगितामा भाग लिएका काठमाडौंका दक्ष श्रेष्ठ प्रतियोगितामा भाग लिन हेलिकप्टर चार्टर गरेर बुधवार नेपालगन्ज आइपुगेका हुन्।

लिंकन मावि काठमाडौंमा अध्यनरत १७ वर्षीय श्रेष्ठ आफ्नो अभिभावक आमा लिप्ती राईसँग हेलिकप्टर चार्टर गरेर नेपालगन्ज पुगे  । पढाइलाई पनि निरन्तरता दिन र टिममा समय मै सहभागी हुन हेलिकप्टर प्रयोग गर्नुपरेको श्रेष्ठकी आमा राईले बताइन् । पौडी प्रतियोगिताको ‘ब्रेस्ट स्टोक’ इभेन्टमा भाग लिएका श्रेष्ठ पहिलोपटक राष्ट्रिय खेलकुदमा सहभागी भएका हुन  ।

श्रेष्ठ पहिलोपटक प्रतियोगितामा भाग लिएर पनि प्रतियोगिताको फाईनलमा पुगेका छन् । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको पौडी प्रतियोगिता मंगलबारदेखि नेपालगन्जमा सुरु भएको हाे  । चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेश, विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) सहित ११ टोलीका करिब २०० खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

नेपालगन्ज रंगशालास्थित नेपालगन्ज पौडी पोखरीमा हुने प्रतियोगितामा ४६ स्पर्धा समावेश गरिएका छन् । जसमा ३४ व्यक्तिगत र १२ टिम स्पर्धा रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *