दशौं राष्ट्रिय खेलकुद : ६८ पदकको छिनोफानो हुँदा बागमती शीर्ष स्थानमा

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

कर्णाली प्रदेशमा जारी दशाैं राष्ट्रिय खेलकुद प्रतियोगिताको दोस्रो दिनसम्म ६८ पदकको छिनोफानो हुँदा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ।हालसम्म २२ स्वर्ण, २२ रजत र २४ कास्य पदकको टुङ्गो लाग्दा बागमती ९ स्वर्ण, ४ रजत र ६ कास्यसहित कुल १९ पदक जितेर अग्रस्थानमा उक्लिएको हो।

पदक तालिकामा एनआरएनएले नेपाल पुलिस र नेपाल आर्मीलाई पछि पार्दै दोस्रो स्थानमा पकड जमाएको छ। दोस्रो दिनसम्म एनआरएनएले ६ स्वर्ण, १ रजत र २ कास्यसहित ९ पदक जोडेको छ। त्यस्तै, नेपाल पुलिसले ३ स्वर्ण, ७ रजत र ८ कास्यसहित १८ पदक हात पारेको छ भने नेपाल आर्मीले २ स्वर्ण, ८ रजत र ८ कास्यसहित समान १८ पदक नै जितेको छ।

पदक तालिकामा सुदूरपश्चिम प्रदेशले १ स्वर्ण र २ रजतसहित ३ पदक जोड्दा कोशी प्रदेशले १ स्वर्ण पदक हात पारेको छ।प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते हुने तय भए पनि विभिन्न खेलहरू भने त्यसअघि नै सुरु भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *