अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई इरानसँग कुनै पनि सम्झौता गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन् ।आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत धारणा सार्वजनिक गर्दै ट्रम्पले अमेरिकासँग इरानको पैसा र हर्मुज जलमार्गसमेत रहेको दाबी गरेका छन् ।
उनले लेखेका छन्, ‘हामीलाई इरानसँग कुनै सम्झौताको आवश्यकता छैन । ती दिन धेरै पहिले नै बितिसकेका छन् ।’यसैबीच, ट्रम्पले उपराष्ट्रपति जेडी भेन्सलाई डेमोक्रेटिक पार्टीको नेतृत्व रहेका राज्यहरूमा कथित भ्रष्टाचारमाथि निगरानी बढाउन निर्देशन दिएको बताएका छन् ।
उनले मिनेसोटा, क्यालिफोर्निया र इलिनोइस राज्यको प्रशासन कमजोर र भ्रष्ट रहेको आरोप लगाउँदै ती राज्यबाट हरेक महिना अर्बौँ डलर चोरी भइरहेको दाबी गरेका छन् ।
ट्रम्पले डेमोक्रेटिक नेताहरूलाई लक्षित गर्दै भ्रष्टाचार अन्त्य गर्न चाहने हो भने आफ्नै राज्यबाट छानबिन सुरु गर्नुपर्ने बताएका छन् । उनले यस्तो अनियमितता नियन्त्रण गर्न सके अमेरिकी बजेट सन्तुलनमा ल्याउन सहज हुने दाबीसमेत गरेका छन् ।
