घरमै सुतिरहेकी महिलामाथि हात्तीको आक्रमण, घटनास्थलमै मृत्यु

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा प्रवेश गरेको जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक महिलाले ज्यान गुमाएकी छन् ।

शुक्लाफाँटा नगरपालिका–१ तारापुरकी ६० वर्षीया लक्ष्मी डगौरा आफ्नै कच्ची घरमा सुतिरहेको अवस्थामा हात्तीको आक्रमणमा परेकी हुन् ।

प्रहरीका अनुसार गएराति निकुञ्जबाट आएको जंगली हात्तीले घरभित्रै आक्रमण गर्दा डगौराको घटनास्थलमै मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *