शनिबारसम्म पहाडी भूभागमा भारी वर्षाको सम्भावना

मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले भाेली शनिबारसम्म पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै, बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को पनि प्रभाव छ । हाल देशभर साधारणतया बादल लागेको छ भने कोशी र बागमती प्रदेशको पहाडी र […]

Continue Reading

बेनी–दरबाङ–मुना सडकमा आवतजावत जोखिमपूर्ण

सडक माथिबाट झरिरहेको सुक्खा पहिरोका कारण बेनी–दरबाङ–मुना सडकमा सवारीसाधन आवतजावत जोखिमपूर्ण बनेको छ । पहिरो नजिक पुगेपछि सवारीसाधन रोकेर पहिरो खस्ने अवस्था हेर्ने र जोखिम मोलेर पार गर्ने चालकको दैनिकी बनेको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने फापरखेत पहिरोमा पछिल्लो एक सातादेखि निरन्तर रुपमा सुक्खा पहिरो खसेको कारण यात्रा जोखिमपूर्ण बनेको छ […]

Continue Reading

ऋणको भार मात्रै पचपन्न अर्ब

कुनै समय लन्डन, पेरिस र फ्य्राङ्कफर्टसम्म उडान गरेर अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा नेपालको पहिचान स्थापित गर्न सफल नेपाल वायुसेवा निगम दक्ष जनशक्तिको कमी, जहाज अभाव र ऋणको भार थपिएका कारण सङ्कटतिर धकेलिँदै गएको छ । बलियो, स्पष्ट र सुदृढ व्यावसायिक कार्यदिशा प्रभावकारी कार्यान्वयनले मात्र राष्ट्रिय ध्वजावाहकलाई गौरवको लयमा पुनः फर्काउन सक्ने छ । समयक्रमसँगै  वित्तीय अनुशासन, संस्थागत नेतृत्व […]

Continue Reading

ललितपुरमा गोदावरी फूलको महामेला (फोटो फिचर)

फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि’ भन्ने नाराका साथ १९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३ आजदेखि सुरू भएको छ । आजदेखि सुरू भएको मेला ५ दिनसम्म चल्नेछ । यस वर्षको प्रदर्शनीमा कुल ८६ वटा स्टल छन्, जसअन्तर्गत ७८ वटा व्यावसायिक, १ प्लान्ट […]

Continue Reading

जनकपुर बोल्ट्ससँग काठमाण्डू गोर्खाज आठ विकेटले पराजित

जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा पहिलो जित निकालेको छ । जनकपुरले काठमाण्डू गोर्खाजले दिएको ११६ रनको लक्ष्य १७।२ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो । जनकपुरको जितमा मोइन अलीले अर्धशतक बनाए  । उनले ५१ बलमा तीन चौका र तीन छक्कासहित अविजित ५८ रन बनाए  । मोइनले सैफ हसनसँग तेस्रो विकेटका लागि […]

Continue Reading

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट

इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । विपक्षी दलहरूले ६७ सिट पाए पनि उनीहरूबीचको विभाजनले सरकार गठन चुनौतीपूर्ण बनेको छ । ‘द टाइम्स अफ इजरायल’ का अनुसार विपक्षी यहुदी नेतृत्वका दलले ४८ र अरब नेतृत्वका दलले १९ सिट प्राप्त गरेका छन् । यहुदी नेतृत्वका […]

Continue Reading

बालबालिका, गर्भवती र सुत्केरी महिलालाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेहलगायतका रोग भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न आग्रह गरेको छ । विभागले इनर्जी ड्रिङ्क्सको सुरक्षित उपभोगबारे उपभोक्ता, उत्पादक तथा सरोकारवालालाई जानकारी गराउँदै यस्तो आग्रह गरेको हो । विभागले इनर्जी ड्रिङ्क्स सेवन गर्न मिल्ने व्यक्तिलाई समेत […]

Continue Reading

गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल

भारत र बङ्गलादेशबीच गङ्गा नदीको पानी बाँडफाँटसम्बन्धी ३० वर्षे सन्धि डिसेम्बर १२ मा समाप्त हुन लाग्दा बङ्गलादेशले नयाँ सम्झौताका लागि पहल गरेको छ । सन्धि नवीकरण नभएमा पानीको अभाव बढ्ने, कृषि उत्पादन घट्ने र लाखौँ मानिसको जीविकोपार्जन प्रभावित हुने चिन्ता व्यक्त गरिएको छ । बङ्गलादेशको सुक्खाग्रस्त बरिन्द क्षेत्रमा गङ्गा नदीको बहाव घट्दा धान र गहुँको […]

Continue Reading

मौसम फेरबदलको सूचनाले फर्किन थाले पर्यटक

चक्रवात ‘अर्णव’ को प्रभावले मुस्ताङमा वर्षा र हिमपात हुने पूर्वसूचनाका कारण मुस्ताङ प्रवेश गर्ने पर्यटक तथा तीर्थयात्रीको सङ्ख्या घट्न थालेको छ । बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्णव’ को प्रभावले यही कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेको सूचनासँगै सडकमार्ग हुँदै मुस्ताङ प्रवेश गर्ने र पदयात्रामा रहेका पर्यटकले यात्रा छोट्याउन […]

Continue Reading

नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात

बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली ‘अर्णव’ चक्रवात भारतको आन्ध्र प्रदेशको विशाखापट्टनम र यानमको तटीय क्षेत्रमा हिजाे बुधबार प्रवेश गरेको छ । चक्रवातले भारतका विभिन्न क्षेत्रमा अत्यधिक वर्षासँगै आँधीबेहरी सिर्जना गरिरहेको छ । यही समयमा बङ्गालको खाडीको पूर्वतर्फ फेरि अर्को बलियो न्यूनचापीय क्षेत्र बनेको छ । नेपालमा अर्णवको असर हिजै बिहानदेखि नै पर्न सुरु भएको  मौसम […]

Continue Reading