शनिबारसम्म पहाडी भूभागमा भारी वर्षाको सम्भावना

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले भाेली शनिबारसम्म पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै, बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को पनि प्रभाव छ ।

हाल देशभर साधारणतया बादल लागेको छ भने कोशी र बागमती प्रदेशको पहाडी र तराई भूभागमा तथा मधेस प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । गए  राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक, दुई स्थानमा भारी वर्षा, हिमपात, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे थियाे  ।

आज  शुक्रबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक, दुई स्थानमा भारी वर्षा, हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भाेली शनिबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक, दुई स्थानमा भारी वर्षा, हिमपातको सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *