पहिरो खसेपछि बिपी राजमार्ग अवरुद्ध

रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयले रोशी गाउँपालिका–८ गिम्दीबेँसीमा पनि पहिरो खसेको जनाउँदै उक्त राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको बताएको छ । वर्षा जारी रहेकाले तत्काल बाटो खोल्न सहज नहुने उक्त कार्यालयका सूचना अधिकारी रविन विष्टले जानकारी दिदै राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न उनले सर्वसाधारणमा अनुरोध गरेका […]

Continue Reading

उपल्लो मुस्ताङमा भारी हिमपात

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभाव गएरातिदेखि मुस्ताङमा हिमपात भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाको बस्ती तथा आसपास क्षेत्रका सामान्यदेखि भारी हिमपात भएको हो । पश्चिमी वायुको आंशिक प्रभावसँगै तिब्वतसँग सीमा जोडिएको उपल्लो मुस्ताङको छोसेरको कोरला नाका, छोसेर, लोमन्थाङको बस्तीमा हिमपात भइरहेको छ । उच्च हिमाली क्षेत्रमा भारी हिमपात भएको […]

Continue Reading

शिक्षा र महँगीविरुद्ध इटालीमा विद्यार्थी प्रदर्शन

शिक्षा क्षेत्रमा बजेट वृद्धि, आवास सुविधा र जीवनयापनको बढ्दो खर्च नियन्त्रणको माग गर्दै हजारौँ विद्यार्थी शुक्रबार इटालीका विभिन्न सहरमा सडकमा उत्रिएका छन् । सम्भावित झडप रोक्न सुरक्षा निकाय सतर्क रहेका छन् । विद्यार्थीहरूले केही सातादेखि विद्यालय कब्जा गर्ने र पाल टाँगेर शिविर स्थापना गरी विरोध गर्दै आएका छन् । उनीहरूले प्रधानमन्त्री जर्जिया मेलोनी सरकारको पुनःशस्त्रीकरण नीति, […]

Continue Reading

चक्रवात ‘अर्णव’को प्रभावले तीन प्रदेशमा भारी वर्षाको सम्भावना, भोलिदेखि मौसममा केही सुधार हुने

खाडीमा विकसित चक्रवात ‘अर्णव’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभाव हाल देशभर रहेको  जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशभर अधिकांश स्थानमा बादल लागेको बताएको छ । अहिले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो सबै प्रदेशमा बादल […]

Continue Reading

युक्रेनी राष्ट्रपति जेलेन्स्की आज टर्की भ्रमणमा जाने

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शनिबार टर्कीको भ्रमणमा जाने भएका छन्। भ्रमणका क्रममा उनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग रुस–युक्रेन युद्ध र ब्ल्याक सी क्षेत्रको सुरक्षा अवस्थाबारे छलफल गर्ने कार्यक्रम रहेको टर्कीको राष्ट्रपतिको कार्यालयले जनाएको छ। टर्कीको राष्ट्रपतिको कार्यालयका सञ्चार निर्देशक बुर्हानेत्तिन दुरानले सामाजिक सञ्जाल एक्समार्फत इस्तानबुलमा हुने भेटवार्तामा दुई देशबीचको द्विपक्षीय सहकार्य विस्तारका उपायबारे पनि […]

Continue Reading

भारतमा सन् २०२७ को जनगणना जनवरी २५ देखि, ६ राज्यमा तत्काल नहुने

भारतमा सन् २०२७ को जनगणना आगामी जनवरी २५ देखि सुरु हुने भएको छ। अधिकांश राज्य तथा केन्द्रशासित प्रदेशमा जनवरी २५ देखि फेब्रुअरी २८ सम्म जनसंख्या गणना गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतका रजिस्ट्रार जनरल तथा जनगणना आयुक्त मृत्युन्जय कुमार नारायणले शुक्रबार जारी गरेको सूचनाअनुसार जनगणनाको आधार मिति सन् २०२७ मार्च १ को मध्यरातलाई तोकिएको छ। […]

Continue Reading

युक्रेनलाई अमेरिकाले २.१ अर्ब डलरका ५०० प्याट्रियट मिसाइल बिक्री गर्ने

अमेरिकाले युक्रेनलाई ५०० वटा प्याट्रियट मिसाइल बिक्री गर्न स्वीकृति दिएको छ । करिब २.१ अर्ब अमेरिकी डलर मूल्यका ती मिसाइल युक्रेनका युरोपेली सहयोगी र क्यानडाले उपलब्ध गराउने रकमबाट खरिद गरिनेछ । रुसको बढ्दो हवाई आक्रमण रोक्न युक्रेनले लामो समयदेखि प्याट्रियट मिसाइल आपूर्तिका लागि आग्रह गर्दै आएको थियो । विशेषगरी रुसी ब्यालिस्टिक मिसाइल खसाल्न यी मिसाइल […]

Continue Reading

हिमाली क्षेत्रमा १.५ डिग्री तापक्रम वृद्धिको मुद्दा कोप–३१ को एजेन्डामा राख्न नेपाल–भुटानको प्रस्ताव

नेपाल र भुटानले विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमाली पारिस्थितिक प्रणालीमा पर्दै गएको असर सम्बोधन गर्न आगामी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा छुट्टै एजेन्डा राख्न संयुक्त प्रस्ताव गरेका छन्। हिमाली क्षेत्रमा बढ्दो तापक्रमले हिमाली समुदाय मात्र नभई तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने अर्बौं मानिसको जीवनसमेत जोखिममा पारेको भन्दै दुई देशले हिमाली मुद्दालाई अन्तर्राष्ट्रिय जलवायु […]

Continue Reading

उदयपुरमा आजदेखि त्रियुगा गोल्डकपः ७ वर्ष पछी शुरू हुदै

आज कात्तिक १४ देखि सुरु हुन लागेको प्रथम त्रियुगा गोल्डकप फुटबल प्रतियोगिता–२०८३ को सम्पूर्ण तयारी पूरा भएको छ। सदरमुकाम त्रियुगा नगरपालिका–१३ स्थित हवाईफिल्डको थरुहट उदयपुर रंगशालामा हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएका छन्। आयोजक गाईघाट फुटबल क्लबका अध्यक्ष रञ्जन कार्कीका अनुसार त्रियुगा नगरपालिका तथा विभिन्न संघसंस्थाको सहयोगमा सञ्चालन हुन लागेको प्रतियोगिता कात्तिक २१ […]

Continue Reading

कांग्रेसमा समानान्तर गतिविधि तीव्र: देउवा समूह जिल्ला अधिवेशनमा सक्रिय

नेपाली कांग्रेसको संस्थापन पक्षले केन्द्रीय महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरिसक्दा पूर्वसभापति शेरबहादुर देउवा पक्ष भने छुट्टै महाधिवेशनको तयारीमा जुटेको छ। पार्टीभित्रको नेतृत्व र संगठनात्मक विवादले कांग्रेसका गतिविधि दुई धारमा अघि बढिरहेका बेला देउवा समूहले जिल्ला अधिवेशनलाई पनि निरन्तरता दिएको छ। देउवा समूहले सिन्धुपाल्चोकमा कात्तिक १६ गते जिल्ला अधिवेशन गर्ने भएको छ। पूर्वमन्त्री तथा […]

Continue Reading