चाडपर्वमा सुरक्षा : ५० हजारभन्दा बढी प्रहरी परिचालन

बडादसैँ, तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गरी नेपाल प्रहरीले देशभर ५० हजार ४५८ प्रहरी परिचालन गरेको छ । चाडपर्वको क्रममा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, नागरिकको सुरक्षा र सहज आवागमन सुनिश्चित गर्न प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना–२०८३’ कार्यान्वयनमा ल्याएको हो । सुरक्षा योजनाअन्तर्गत चोरी, डकैती, लुटपाट, ठगी, जुवातास, अनलाइन ठगी, सट्टेबाजी, नक्कली नोटको कारोबार र […]

Continue Reading

बडादशै २०८३ काे शुभकामना

बडादशैं /दिपावली / छठपर्वकाे देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण महानुभावहरू मा  हार्दिक मंगलमय  शुभकामना                                                                                  […]

Continue Reading

अमेरिकामा प्राथमिक विद्यालयमा गोली चल्दा ४ जनाको मृत्यु

अमेरिकाको उत्तरपश्चिमी राज्य ओरेगनस्थित एक प्राथमिक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित कम्तीमा चार जनाको मृत्यु भएको छ । सीबीएस र सीएनएनका अनुसार बिहीबार बेन्ड सहरस्थित सिल्भर रेल प्राथमिक विद्यालयमा गोली चलेको हो । उक्त सहर पोर्टल्यान्डबाट करिब १६० किलोमिटर दक्षिणपूर्वमा पर्छ । घटनामा गोली चलाउने व्यक्ति पनि मारिएको अधिकारीहरूले बताएका छन् । तर मृत्यु हुने चार […]

Continue Reading

न्यायाधिस बमको हत्यामा दोषी फरार प्रतिवादी बाबु थापा पक्राउ

सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्यामा दोषी ठहर भएका फरार प्रतिवादी बाबु थापा पक्राउ परेका छन्। जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थापालाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार उनलाई बुधबार राति सर्लाहीको बागमती नगरपालिका–स्थित मिलनचोकमा रहेको घरबाट पक्राउ गरिएको हो। थापा न्यायाधीश बमको हत्यामा दोषी ठहर भएपछि कैद सजाय भोगिरहेका थिए। जेनजी […]

Continue Reading

हाइटेन्सन लाइनको टावरमा चढेकी युवतीको उद्धार

सर्लाहीको कविलासी नगरपालिका–२, पिपरियामा विद्युतको हाइटेन्सन लाइनको टावरमा चढेकी युवतीको गएराती   सकुशल उद्धार गरिएको छ । पिपरिया गाउँदेखि करिव ५०० मिटर पूर्वतर्फ पर्ने नवलपुर–सलेमपुर १३२ केभी लाइनको टावरमा चढेकी कविलासी नगरपालिका–७, सिर्सिया गाउँका बिसुन माझीकी छोरी राधे माझीलाई सुरक्षाकर्मीले सकुशल तल उतारेका हुन् । तलबाट बारम्बार बोलाउँदासमेत उत्रन इन्कार गरेपछि ‘माउन्टेन वारफेर’ (कठीन प्रकारको उद्धार) […]

Continue Reading

एक हजार ४४ जनाको हेलिकप्टरबाट उद्धार

गोरखाको उत्तरी क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोको कारण जोखिममा परेका एक हजार ४४  जनालाई चार दिनभित्रमा हेलिकप्टरमार्फत उद्धार गरिएको छ । असोज २५ गतेदेखि २८ गते साँझसम्म गरिएको उद्धारको क्रममा ९७४ जना नेपाली र ७० जना विदेशी नागरिकलाई सुरक्षित स्थानमा सारिएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताए  । उनका अनुसार असोज […]

Continue Reading

दसैँआयाेः घर फर्कनेको चाप

दसैँको टीका नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट जिल्ला जाने यात्रुको चाप बढेको छ । घटस्थापनादेखि बिहीबारसम्म तीन लाख यात्रु दसैँका लागि बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विशेष गरी सार्वजनिक सवारीमा यात्रुको चाप बढेको व्यवसायीले बताएका छन् । अध्ययन, रोजगारी तथा विभिन्न पेसा व्यवसाय गरी काठमाडौँमा बसोबास गर्दै आएका परिवारको ठुलो सङ्ख्या दसैँ मनाउन जिल्ला फर्किएका छन् । […]

Continue Reading

पेट्रोलियम भण्डारण बढाउनुपर्नेमा आयल निगमद्वारा निर्माणाधीन परियोजना नै बन्द

पेट्रोलियम पदार्थको भण्डारण क्षमता वृद्धि गर्ने आफ्नै नीतिविपरीत आयल निगमले लुम्बिनी प्रदेशमा एक महिनाको माग धान्न सक्ने पूर्वाधारसहितको आधुनिक डिपो निर्माणकार्य बन्द गरेको छ। जग्गा विकास गरी टेन्डर गर्न तयार भएको परियोजनालाई आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले बन्द गर्ने निर्णय गरेका हुन्। उनको यस्तो निर्णय निगमले आर्थिक वर्ष ०८३/८४ का लागि बनाएको वार्षिक नीति–कार्यक्रमविपरीत […]

Continue Reading

मूल्यसूची राख्न र बिल दिन राजमार्गका होटेललाई विभागको निर्देशन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा राजमार्ग-आसपासमा सञ्चालित होटेल, रेस्टुरेन्ट र खाजा घरलाई मूल्यसूची अनिवार्य रूपमा राख्न, ग्राहकलाई बिल उपलब्ध गराउन तथा खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ। विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै उपभोक्ताबाट प्राप्त उजुरी तथा गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उपभोक्ताको स्वास्थ्य, सुरक्षा र हित […]

Continue Reading

विजयादशमी : ऊर्जा रुपान्तरणको पर्व

नेपालीको महान पर्व विजयादशमी सुरु भएको छ । असत्यमाथि सत्यको विजयको प्रतीकको रुपमा मनाइने यो पर्वको आध्यात्मिक, सांस्कृतिक, पौराणिक, मनोवैज्ञानिक र वैज्ञानिक महत्व रहेको आध्यात्मिक गुरु लेखनाथ शास्त्रीले बताए । उनका अनुसार विजयादशमी एक पञ्चाङ्गको चाड मात्र होइन, मानव शरीर र चेतनाको वैज्ञानिक परिवर्तनको कालखण्ड हो, जहाँ व्यक्तिले आफ्नो ऊर्जालाई रूपान्तरण गर्नसक्छ। दुर्गापूजा र नवरात्रिको […]

Continue Reading