पाँच गोठमा आगलागी, लाखौं रुपियाँ बरावरको क्षति

कपिलवस्तुको विजयनगर गाउँपालिकामा लामखुट्टे धपाउन गोठमा बालिएको आगोबाट शुक्रवार राति दुई छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा पाँचवटा गोठ जलेर नष्ट भएको छ । आगलागीमा एक भैँसीको पाडा जलेर मरेको छ । पाँच वटा पशु चौपाया घाइते भएका छन् । विजयनगर गाउँपालिका–१ नौरङ्गियामा ५६ वर्षीय सहिम मुसलमानको गोठमा राति करिब ११ः२० बजे लामखुट्टे धपाउन बालिएको आगोबाट आगलागी […]

Continue Reading

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा सुरु

काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई बिरामी भएको स्थानमा चाडो पुर्‍याउन बाइक एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । हाललाई यो सेवा काठमाडौं महानगरपालिकामा उपलब्ध छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं प्लाजाबाट सेवा शुभारम्भ गर्दै नेपाल एम्बुलेन्स सेवालाई दुईपाङ्ग्रे एम्बुलेन्स हस्तान्तरण गरेकी हुन् । सवारी जामका कारण बिरामीलाई तत्काल प्राथमिक उपचार गराउन चारपाग्रे एम्बुलेन्स समयमा […]

Continue Reading

आज देखि ४ गतेसम्म उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ महानगरपालिकाले आज  कात्तिक १ गतेदेखि ४ गतेसम्म उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जानकारी दिएको छ । दसैँको मुख्य दिन परेकाले सफाइ कर्मचारीहरू पनि पर्व मनाउन जाने हुँदा फोहोर व्यवस्थापन प्रभावित हुने महानगरले जनाएको छ । कात्तिक १ गतेदेखि ४ दिनसम्म उत्पादन भएको फोहोरलाई कुहिने र नकुहिने वर्गमा वर्गीकरण गरी […]

Continue Reading

गाउँघरमा लिङ्गे पिङले ल्यायो दसैँको उत्साह (फोटो फिचर)

दसैँमा मान्यजनवाट टीका जमरा आर्शीवाद लिएर एकपटक धर्ती छाड्नुपर्ने मान्यता रहिआएको पाइन्छ । दसैँ सुरु भएसँगै धनकुटाका गाउँघदेखि सहर बजारसम्म लिङ्गे पिङ लगाउन सुरु भएको छ । गाउँघरमा केटाकेटीदेखि लिएर युवायुवतीहरू चाडपर्वमा रमाइलो गर्नेमध्येको लिङ्गे पिङ लगाउन सुरु भएको हो । दसैँ र तिहारलाई लक्षित गरी लगाइने पिङ एक दशक अघिसम्म धनकुटामा जताजतै देख्न पाइन्थ्यो […]

Continue Reading

सप्तरीमा हात्ती मारेर गाडेको अवस्थामा फेला

सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका–१ स्थित धान खेतमा हात्तीलाई मारेर गाडेको अवस्थामा फेला पारिएको छ । कंकालिनी मन्दिरदेखि करिब एक किलोमिटर उत्तरपूर्वमा रहेको धान खेतमा हात्तीलाई खाल्डो खनेर गाडेको अवस्थामा फेला पारिएको हो । नियमित गस्तीमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षको टोलीले हात्तीलाई गाडिएको अवस्थामा फेला पारेको हो ।डिभिजन वन कार्यालय सप्तरीका प्रमुख मनोज ठाकुरका अनुसार […]

Continue Reading

राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी

रामचन्द्र पौडेलले नेपालको दुई वटा अध्यादेश जारी गरेका छन् । संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रीपरिषद्को सिफारिसमा शुक्रबार राष्ट्रपति पौडेलले ‘नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, २०८३’ र ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३’ जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धर्मराज गैरेले जानकारी दिए  ।

Continue Reading

अमेरिकामा प्राथमिक विद्यालयमा गोली चल्दा ४ जनाको मृत्यु

अमेरिकाको उत्तरपश्चिमी राज्य ओरेगनस्थित एक प्राथमिक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित कम्तीमा चार जनाको मृत्यु भएको छ । सीबीएस र सीएनएनका अनुसार बिहीबार बेन्ड सहरस्थित सिल्भर रेल प्राथमिक विद्यालयमा गोली चलेको हो । उक्त सहर पोर्टल्यान्डबाट करिब १६० किलोमिटर दक्षिणपूर्वमा पर्छ । घटनामा गोली चलाउने व्यक्ति पनि मारिएको अधिकारीहरूले बताएका छन् । तर मृत्यु हुने चार […]

Continue Reading

न्यायाधिस बमको हत्यामा दोषी फरार प्रतिवादी बाबु थापा पक्राउ

सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्यामा दोषी ठहर भएका फरार प्रतिवादी बाबु थापा पक्राउ परेका छन्। जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थापालाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार उनलाई बुधबार राति सर्लाहीको बागमती नगरपालिका–स्थित मिलनचोकमा रहेको घरबाट पक्राउ गरिएको हो। थापा न्यायाधीश बमको हत्यामा दोषी ठहर भएपछि कैद सजाय भोगिरहेका थिए। जेनजी […]

Continue Reading

हाइटेन्सन लाइनको टावरमा चढेकी युवतीको उद्धार

सर्लाहीको कविलासी नगरपालिका–२, पिपरियामा विद्युतको हाइटेन्सन लाइनको टावरमा चढेकी युवतीको गएराती   सकुशल उद्धार गरिएको छ । पिपरिया गाउँदेखि करिव ५०० मिटर पूर्वतर्फ पर्ने नवलपुर–सलेमपुर १३२ केभी लाइनको टावरमा चढेकी कविलासी नगरपालिका–७, सिर्सिया गाउँका बिसुन माझीकी छोरी राधे माझीलाई सुरक्षाकर्मीले सकुशल तल उतारेका हुन् । तलबाट बारम्बार बोलाउँदासमेत उत्रन इन्कार गरेपछि ‘माउन्टेन वारफेर’ (कठीन प्रकारको उद्धार) […]

Continue Reading

पेट्रोलियम भण्डारण बढाउनुपर्नेमा आयल निगमद्वारा निर्माणाधीन परियोजना नै बन्द

पेट्रोलियम पदार्थको भण्डारण क्षमता वृद्धि गर्ने आफ्नै नीतिविपरीत आयल निगमले लुम्बिनी प्रदेशमा एक महिनाको माग धान्न सक्ने पूर्वाधारसहितको आधुनिक डिपो निर्माणकार्य बन्द गरेको छ। जग्गा विकास गरी टेन्डर गर्न तयार भएको परियोजनालाई आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले बन्द गर्ने निर्णय गरेका हुन्। उनको यस्तो निर्णय निगमले आर्थिक वर्ष ०८३/८४ का लागि बनाएको वार्षिक नीति–कार्यक्रमविपरीत […]

Continue Reading