युक्रेनमा फेरि अवरुद्ध भयो स्टारलिंक सेवा, पुटिनसँग अमेरिकी दूतहरूको वार्ता

युक्रेनले आफ्नो सेनाले प्रयोग गर्दै आएको अमेरिकी स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंकको सैन्य संस्करण ‘स्टारसिल्ड’ मा पुनः व्यवस्थित अवरोध भइरहेको जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्टारलिंक सेवामा आएको अवरोधका कारण रुसी जेट इन्जिनयुक्त ड्रोनलाई रोक्न युक्रेनी सेनालाई कठिनाइ भइरहेको बताएका छन् । उनका अनुसार पछिल्ला केही दिनदेखि जारी अवरोधले रुसी सेनालाई युक्रेनी क्षेत्रमा थप […]

Continue Reading

दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएर आवामन रोकिएपछि पुल वारिपारितर्फका होटल व्यवसाय धरासायी बनेका छन् ।गत असोज दोस्रो साता महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने उक्त पुल धरासायी भएपछि सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनका लागि आउने क्रम घट्दै गएको छ । “पुलको एउटा पिल्लर भत्किएपछि हाम्रो त मुख मै ताला […]

Continue Reading

न्यायाधीश–बिचौलिया ‘साँठगाँठ’ प्रकरण: अगाडि बढेन संसदीय छानबिनको प्रक्रिया

बिचौलियासँग ‘साँठगाँठ’ देखिएका सर्वोच्च अदालतका न्यायाधीशविरुद्ध महाअभियोग प्रक्रिया अघि बढाउने सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय अलपत्र परेको छ । १३ कात्तिकमा बसेको पार्टी सचिवालय बैठकले दिएको निर्देशनमा संसदीय दलमा थप छलफलसमेत भएको छैन । न्यायाधीशसमेत मुछिएका गम्भीर विचलन र अनुचित साँठगाँठका घटनाले न्यायालयको गरिमामाथि प्रश्न उठाएको भन्दै त्यस्ता विकृति निरूपण गरी तार्किक निष्कर्षमा पुर्याउन संसदीय दलले संसद्बाटै […]

Continue Reading

बाढीपीडितको पुनःस्थापनामा ढिलाइ भएको अर्जुननरसिंह केसीको आरोप

ल्हेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोशीबाट त्रिशूली नदीमा मिसिएको अकल्पनीय बाढीले प्रभावित पारेका नुवाकोटवासीको पुनःस्थापनामा ढिलाइ भइरहेको पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले बताएका छन्। बाढीका कारण विभिन्न स्थानमा घरबारविहीन भएकाहरूलाई सरकारले छिटोभन्दा छिटो पुनःस्थापना गर्नुपर्नेमा उनले जोड दिए। प्रतिनिधिसभा सदस्यसमेत रहेका केसीले बिहीबार एक धारणा सार्वजनिक गर्दै नुवाकोटसहित त्रिशूली बाढीपीडितको पुनःस्थापनामा सरकारको अकर्मण्यताका कारण ढिलाइ […]

Continue Reading

पृथ्वीको तापक्रम प्रतिदशक ०.३५ डिग्रीले बढ्दै

विश्वको औसत तापक्रम बढ्ने गति पछिल्लो दशकमा तीव्र बनेको एक अध्ययनले देखाएको छ । सन् २०१५ यता पृथ्वीको तापक्रम वृद्धिदर प्रतिदशक करिब ०.३५ डिग्री सेल्सियस पुगेको छ, जुन सन् १९७० देखि २०१५ सम्मको औसत वृद्धिदरभन्दा झन्डै दोब्बर हो । जर्मनीको पोट्सड्याम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च (पीआईके) का अनुसन्धानकर्ताहरुले गरेको अध्ययनले प्राकृतिक जलवायु उतारचढावको प्रभाव […]

Continue Reading

हर्मुज युद्धपूर्वको अवस्थामा फर्कन सक्दैन : इरान

इरानी संसद्का सभामुख तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले अमेरिका र इजरायलसँगको युद्धअघिको अवस्थामा हर्मुज जलमार्ग कहिल्यै नफर्कने बताएका छन्। अल जजिरासँगको विशेष अन्तर्वार्तामा गालिबाफले आठ महिना लामो द्वन्द्व अन्त्य गर्न तेहरानले अघि सारेको सातबुँदे प्रस्तावअन्तर्गत उक्त महत्वपूर्ण जलमार्गको निगरानी गर्न इरान र ओमानबीच सहमति भएको जानकारी दिए। समुद्री कानुनसम्बन्धी सन् १९८२ को संयुक्त राष्ट्रसंघीय […]

Continue Reading

अमेरिकाको मिसिसिपीबाट पहिलो अश्वेत सिनेटर निर्वाचित, ७९ वर्षपछि डेमोक्रेटिक पार्टीको पुनरागमन

अमेरिकाको मिसिसिपी राज्यबाट डेमोक्रेटिक उम्मेदवार स्कट कोलोम अमेरिकी सिनेटर निर्वाचित भएका छन् । उनी रिपब्लिकन सिनेटर सिन्डी हाइड–स्मिथलाई पराजित गर्दै अमेरिकी गृहयुद्धपछिको पुनर्निर्माणकालयता राज्यबाट सिनेटमा निर्वाचित हुने पहिलो अश्वेत व्यक्ति बनेका हुन् । लामो समयसम्म मतगणना चलेपछि बुधबार सार्वजनिक भएको परिणामले मिसिसिपीको राजनीतिमा ऐतिहासिक परिवर्तन ल्याएको छ । राज्यको सबैभन्दा ठूलो जनसांख्यिकीय समूहका रूपमा रहेका […]

Continue Reading

कांग्रेसकाे किचलाेः एउटै पार्टीमा दुई संगठन, दुई महाधिवेशन र नेतृत्वको दाबी

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान हुनुको सट्टा दुई पक्षका समानान्तर संगठनात्मक गतिविधि थप स्पष्ट हुँदै गएका छन्। सभापति गगन थापा नेतृत्वको पक्षले १५औँ महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसकेको अवस्थामा पूर्वसभापति शेरबहादुर देउवा पक्ष भने छुट्टै महाधिवेशनको तयारीमा सक्रिय छ। यही क्रममा देउवा पक्षले गण्डकी प्रदेशको १५औँ प्रदेश अधिवेशन आगामी मंसिर ५ र ६ […]

Continue Reading

टोपबहादुर रायमाझी आज जेलमुक्त हुँदै

नक्कली भुटानी शरणार्थीसम्बन्धी अपराधमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आज जेलमुक्त हुने भएका छन्। कैद सजाय भुक्तान गरी उनी रिहा हुन लागेका हुन्। कारागार कार्यालय डिल्लीबजारका अनुसार ज्येष्ठ नागरिकका रूपमा २५ प्रतिशत कैद छुट पाएर उनी रिहा हुन लागेका हुन्। ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा १२ मा ६५ देखि ७० वर्ष उमेरका ज्येष्ठ नागरिकले कैदमा २५ […]

Continue Reading

स्पेनमा १४ वर्षपछि पहिलो आमहडताल, हिसा ,यातायात र सार्वजनिक सेवा प्रभावित

आवासको बढ्दो मूल्य र महँगीविरुद्ध स्पेनमा १४ वर्षपछि पहिलोपटक देशव्यापी आमहडताल भएको छ । बुधबार भएको हडतालका कारण यातायात तथा अन्य सार्वजनिक सेवाहरू प्रभावित भएका छन् । देशका प्रमुख सहर म्याड्रिड र बार्सिलोनासहित विभिन्न स्थानमा हजारौँ मानिसले प्रदर्शन गरेका छन् । राजधानी म्याड्रिडमा मात्रै दशौँ हजार प्रदर्शनकारी सडकमा उत्रिएका थिए । हडतालमा व्यापक सहभागिता रहेको […]

Continue Reading