जनकपुरवाट पाेखरा जादै गरेकाे यात्रुवाहक बस हेटाैडामा दुर्घटना, नौ जना घाइते

हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा उपमहानगरपालिका वाड नं १५ को रातोमाटे चेक प्वाइन्ट नजिकै  जनकपुरबाट पोखरातर्फ जादै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्याललय मकवानपुरका अनुसार दुर्घटनामा परेका यात्रुहरूलाई स्थानीय र प्रहरीले उद्धार गरेका थिए । गम्भीर घाइते नौ जनालाई थप उपचारको लागि हेटौँडा […]

Continue Reading

एलनिनो तीव्र बन्दै, खडेरी र भारी वर्षाको जोखिम बढ्ने

संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ)ले एलनिनो आगामी केही महिनाभित्र तीव्र रूपमा बलियो हुने चेतावनी दिँदै विश्वका धेरै क्षेत्रमा खडेरी, अत्यधिक वर्षा, गर्मीको लहर तथा अन्य चरम मौसमीय घटनाको जोखिम उल्लेखनीय रूपमा बढ्ने जनाएको छ । संगठनले देशहरूलाई सम्भावित प्रभाव न्यूनीकरणका लागि तत्काल तयारी गर्न आग्रह गरेको छ । डब्लुएमओको मासिक विश्व मौसमी जलवायु अद्यावधिकअनुसार एलनिनो […]

Continue Reading

सुशासन र शासकीय सुधारको प्रस्थानविन्दु

सुशासन, शासकीय सुधार, भ्रष्टाचार न्यूनीकरण एवं सम्पत्ति शुद्धीकरणका मुद्दामा अनुसन्धान र राज्य प्रणालीलाई जवाफदेही बनाउने सङ्कल्प कार्यान्वयनतर्फ प्रस्थान गर्दै सरकारको १०० दिन पूरा भएका छन् । सरकारले शासकीय सुधारको १०० बुँदे कार्यसूची एवं सुशासनको मार्गचित्र कार्यान्वयनमा ल्याएर संरचनागत सुधार गरी समग्र रूपान्तरणको दृढ अठोटसाथ सरकारले १०० दिन पूरा गरेको हो । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार […]

Continue Reading

देशभर भारी वर्षाको चेतावनीः धानदेखि तरकारीसम्म जोखिममा

यस वर्षको मनसुन देशभर सक्रिय भएसँगै किसानका अनुहारमा आशा र चिन्ता दुवै देखिन थालेका छन् । केही साताअघि वर्षा नहुँदा रोपाइँ ढिलो हुने चिन्ताले किसानलाई सताइरहेको थियो । अहिले भने अवस्था उल्टिएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी साताभर देशका अधिकांश भूभागमा मध्यमदेखि भारी तथा केही स्थानमा धेरै भारी वर्षाको सम्भावना औँल्याएपछि कृषकहरूमा […]

Continue Reading

बागमतीमा गेग्रान तथा फोहर (डेब्रिज) थुप्रिनु काठमाडौँ डुबानको मुख्य समस्या

वर्षापछि बागमती नदीमा गेग्रान तथा फोहर (डेब्रिज) थुप्रिएर नदीको सतह उच्च हुँदा सहायक नदीमा पानीको निकास अवरुद्ध भई विभिन्न सडक डुबानमा पर्ने समस्या देखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।यही असार १८ गतेको अविरल वर्षापछि काठमाडौँ उपत्यकाका विभिन्न सडक जलमग्न भई सवारी आवागमन प्रभावित बनेपछि ट्राफिक प्रहरीले विज्ञ टोलीसहित शुक्रबार  बागमतीसहित सहायक नदीहरूको स्थलगत […]

Continue Reading

केप भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा

साविक विजेता अर्जेन्टिनाले केप भर्डेलाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको मियामी खेलमैदानमा  सम्पन्न राउन्डअफ ३२ को खेलमा अर्जेन्टिनाले केप भर्डेमाथि ३–२ को जीत निकाल्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो । खेलको २९औँ मिनेटका कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई पहिलो अग्रता दिलाए  । अर्जेन्टिनाले खेलको […]

Continue Reading

एकसय प्रजातिका च्याउ विषालु, वर्षायाममा जङ्गली च्याउ नखान आग्रह

 सुरु भएसँगै पहाडी तथा ग्रामीण भेगका वनजङ्गल र खेतबारीका कान्लाहरूमा च्याउ उम्रन थालेका छन् । तर प्राकृतिक रूपमा उम्रिने यी च्याउहरू स्वादका लागि मात्र नभई कतिपय अवस्थामा ‘काल’ बनेर आउने गरेका छन् । वनस्पति विज्ञका अनुसार वर्षाको मौसममा च्याउको उपभोग उच्च हुने भए पनि विषालु र खाने च्याउ छुट्याउन नसक्दा वर्षेनी धेरै मानिसले अकालमै ज्यान […]

Continue Reading

कर्तव्य ज्यान मुद्दाका दोषी पूर्व सांसद कोइरी जेल चलान

महोत्तरी प्रहरीले कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भएका नेकपा एमालेका पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गरी कैद भुक्तानीका लागि जलेश्‍वर कारागार पठाएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी पञ्चलाल गोलेका अनुसार कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्दामा प्रतिवादी रहेका महोत्तरीको गौशाला नगरपालिका-२ निवासी ६० वर्षीय लक्ष्मी महतोलाई अदालतको […]

Continue Reading

बर्डफ्लु संक्रमित पन्छी बिक्री गरेको पाइए कारबाही

पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाईलगायत पन्छी बिक्रीवितरण गरेमा सम्बन्धित व्यवसायीलाई कारबाही गर्ने जनाएको छ ।आमनागरिकको स्वास्थ्यसँग खेलवाड नगर्न आग्रह गर्दै विभागका प्रवक्ता डा मुकुल उपाध्यायले सङ्क्रमित पन्छी बजारमा बिक्री गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने जानकारी दिए । गत चैतदेखि देशका ११ जिल्लामा फैलिएको बर्डफ्लुका भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने खतरा रहेकाले […]

Continue Reading

दैलेख दुर्घटनाः कर्णालीमा खसेको गाडी खोज्दै गोताखोर, मृतकको पहिचान खुल्यो, अन्य यात्रु अझै बेपत्ता

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ सांगेतडा (चिसापानी)मा बिहीबार भएको दुर्घटनामा परेको गाडी अझै नभेटिएपछि शुक्रबार बिहानैदेखि गोताखोर र सुरक्षाकर्मीको टोली कर्णाली नदीमा खटिएको छ । बिहीबार बिहान साढे ११ बजेतिर सुर्खेतको वीरेन्द्रनगरबाट कालीकोटको रास्कोट जाँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली राजमार्गैबाट कर्णाली नदीमा खसेको थियो । बिहीबार साँझ अबेरसम्म खोज्दा पनि गाडी भेटिएको थिएन । […]

Continue Reading