दुर्गा प्रसाईंलाई कार्यक्रम गर्न प्रहरीले किन लगायो रोक ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले कार्यक्रम गर्न रोक लगाएको छ । झापाबाट काठमाडौं फर्किएका प्रसाईंले विमानस्थल क्षेत्रमा कार्यक्रम गर्न खोजेपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले रोक लगाएको हो । निषेधित क्षेत्रमा कार्यक्रम गर्न रोक लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बताए । उनले भने, ‘पोस्टर राखेर कार्यक्रम गर्ने तयारी गर्नुभएको रहेछ, हामीले रोकेका […]

Continue Reading

‘दाउद इब्राहिमले ताज होटलमा बम राखेको छ’ भन्ने फोनले मुम्बई प्रहरीमा हलचल

 ‘दाउद इब्राहिमले ताज होटलमा बम राखेको छ ।’ आइतबार बिहान सबेरै मुम्बई प्रहरीमा आएको एउटा फोन कलले प्रहरी संयन्त्रलाई उच्च सतर्कतामा पुर्‍यायो । फोन आए लगत्तै सुरक्षा निकाय सक्रिय भए र मुम्बईको चर्चित ताज होटलमा खोजी अभियान चलाइयो । धेरै चरणको जाँचपछि पनि प्रहरीले होटलमा कुनै विस्फोटक पदार्थ वा कुनै अप्रिय घटनाको संकेत फेला पारेन […]

Continue Reading

चीनमा दोस्रो ठूलो ‘बावी’ आँधी, २० लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

चीनमा शक्तिशाली आँधी ‘बावी’ ले प्रवेश गरेको छ । एक हप्ताभित्रै चीनलाई प्रभावित पार्ने यो दोस्रो ठूलो आँधी हो ।आँधीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै यसको मार्गमा पर्ने क्षेत्रबाट करिब २० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । मौसम विभागका अधिकारीहरूका अनुसार ‘बावी’ शनिबार साँझ पहिलो पटक ताइझोउ शहरको तटमा ठोक्किएको थियो । त्यसपछि राति यो […]

Continue Reading

कतारका पूर्वअमिर शेख हमद बिन खलिफाको निधन

कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन भएको छ। आइतबार बिहान उनको निधन भएको कतार सरकारले जनाएको छ। शेख हमद सन् १९९५ देखि २०१३ सम्म कतारका अमिर थिए। उनी आधुनिक कतारको निर्माणका प्रमुख शिल्पीमध्ये एक मानिन्छन्। उनको नेतृत्वमा कतारले प्राकृतिक ग्यासको आम्दानीका आधारमा तीव्र आर्थिक विकास गर्दै विश्व कूटनीति,लगानी र […]

Continue Reading

साउनदेखि ‘डेङ्गु सचेतना तीन महिने अभियान’ सञ्चालन गरिने

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३ र८४ मा साउन , भदौ र असोज महिनाभर देशव्यापी रूपमा ‘डेङ्गु  सचेतना तीन महिने अभियान’ सञ्चालन गर्ने भएको छ। अभियानलाई प्रभावकारी बनाउन मन्त्रालयले सबै ७५३ स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ। मन्त्रालयको प्रादेशिक तथा स्थानीय स्वास्थ्य समन्वय शाखाले जारी गरेको पत्रअनुसार […]

Continue Reading

स्विट्जरल्यान्डलाई हराउँदै साविक विजेता अर्जेन्टिना सेमिफाइनलमा

साविक विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । क्यान्सस सिटी स्टेडियममा आइतबार बिहान भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ गोलले हरायो । अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टरले १०औँ मिनेटमा खाता खोल्नुभयो । त्यसपछि स्विट्जरल्यान्डका डान एन्डोयले ६७औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । ७२औँ मिनेटमा ब्रेल एम्बोलो रातो (दोहोरो पँहेलो) कार्ड पाउँदै बाहिरिएपछि स्विट्जरल्यान्ड […]

Continue Reading

सम्पत्ति छानबिन आयोगलाई कुनै पनि काम अघि नबढाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई कुनै पनि काम अघि नबढाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलले इजलासले अन्तरिम आदेश जारी गरेको हो । सरकारले उच्च सार्वजनिक ओहदामा रहेकाहरूको सम्पत्ति छानबिनका लागि आयोग गठन गरेको थियो । उक्त आयोग गठनका विरुद्धमा सर्वोच्च अदालतमा रिट परेको थियो । सर्वोच्चले […]

Continue Reading

पाँच वर्षमा लेक लागेर ५९ जना पर्यटकले गुमाए ज्यान

मुस्ताङमा पछिल्लो पाँच वर्षको अवधिमा लेक लागेर ५९ जना पर्यटकको ज्यान गएको छ । शरद र वसन्त ऋतुमा सडक र हवाइ मार्ग हुँदै धार्मिक तथा पर्यटकीयस्थलको भ्रमणका लागि आएका १६ नेपाली र ४३ विदेशीको स्वासप्रस्वासमा समस्या आएपछि उपचार तथा घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार विदेशी पुरूष २८ जना, महिला १५ […]

Continue Reading

शिव सर्किट परियोजना, ६४ प्राचीन शिवलिङ्ग एउटै धार्मिक मार्गमा जोडिने

दुई हजार नौ सय वर्षदेखि किंवदन्ती, पुराण र इतिहासका पानामा सीमित रहेको पौराणिक मोक्षमार्ग अब पुनर्जीवित हुने भएको छ । बाग्मती प्रदेश सरकारले शिव सर्किट परियोजना अघि बढाउँदै १० जिल्लाका ६४ प्राचीन शिवलिङ्गलाई एउटै धार्मिक सर्किटमा जोड्ने अभियान सुरु गरेको हो । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार परियोजनाको कुल लागत एक खर्ब ९३ अर्ब रुपियाँ […]

Continue Reading

सुरुङमार्गसँगै भित्रियो नयाँ प्रविधि

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएसँगै मुलुकको यातायात क्षेत्रमा नयाँ प्रविधि हस्तान्तरण हुने भएको छ । राष्ट्रिय योजना आयोगका सदस्य तथा पूर्वसचिव ई. अर्जुनजङ्ग थापाले यसमा भू–प्राविधिक जटिलता, आधुनिक भेन्टिलेसन, सिसिटिभी, आपत्कालीन सुरुङ र डिजिटल प्रविधि प्रयोग भएको बताउदै भने नेपालको इन्जिनियरिङ क्षेत्रमा यो नयाँ प्रविधि र कार्यशैली भएको  छ । त्यसै गरी यसले मुलुकमा आधुनिक फ्लाइओभरसमेत […]

Continue Reading