मुग्लिन नजिक इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग बन्द भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्र भुसन यादवका अनुसार सोमबार बिहान सबेरै खसेको पहिरोले सडक दुवैतर्फ अवरुद्ध भएको छ ।
नागढुंगा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रले साेमवार बिहान तीन बजेतिर पहिरो खसेको जनाए ।
रातिनै पहिरो सफा गरिएको र अहिले बिहानबाट फेरि पहिरो पन्छाउन सुरु भएको उनले बताए । पहिरोका कारण मुग्लिन हुँदै काठमाडौं जाने/आउने गाडीहरू चल्न सकेका छैनन् ।
साभारः कान्तिपुर ।
