चितवनमा अनलाइन प्रणालीबाट मल वितरण

धान रोपाइँको मुख्य यामसँगै चितवनमा रासायनिक मलको वितरणलाई तीव्र पारिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड, भरतपुर शाखाले जिल्लाभरका सूचीकृत सहकारीमार्फत अनलाइन प्रणालीबाट मल वितरण गर्दै १५ दिनमै ९६९.१७५ मेट्रिक टन रासायनिक मल बिक्री गरेको जनाएको छ । शाखाका प्रमुख राजन बगालेका अनुसार असारको पछिल्लो १५ दिनमा युरिया ६६८.२०० मेट्रिक टन, डिएपी २०१.८०० मेट्रिक टन र […]

Continue Reading

बर्डफ्लु सङ्क्रमण फैलिँदा डेढ खर्बको उद्योग सङ्कटमा

नेपालको कुखुरा उद्योग यतिबेला गम्भीर सङ्कटबाट गुज्रिरहेको छ । विभिन्न जिल्लामा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को सङ्क्रमण फैलिँदै जाँदा करोडौँ रुपियाँ बराबरका कुखुरा, अन्डा र दाना नष्ट गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यसले किसानको लगानी मात्र जोखिममा पारेको छैन, उपभोक्ताको मनोविज्ञान, बजारको माग र राष्ट्रिय खाद्य सुरक्षामा समेत प्रत्यक्ष असर पार्न थालेको छ । पशुपन्छी […]

Continue Reading

आजकाे विनिमयदर

नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ ७२ पैसा र बिक्रीदर १५४ रुपियाँ ३२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ५१ पैसा र बिक्रीदर १७६ रुपियाँ १९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपियाँ ७८ […]

Continue Reading

सप्तकोसीमा पानीको बहाव बढ्दो ५६ मध्ये २१ ढोका खाेलीयाे

बर्सात् सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी छ । गए राती अबेर कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । पूर्वी नेपालमा पानी पर्ने क्रम जारी रहेकाले नदीमा बहाव थप बढ्न सक्ने अनुमान छ । कोसी ब्यारेजका ५६ वटा ढोकामध्ये २१ […]

Continue Reading

परिवर्तन स्विकार्न नसक्ने पुराना दलहरू फेरि राजनैतिक स्वार्थमा रूमलिदै

नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीचको सत्ता गठबन्धन सातै प्रदेशमा पूर्णरूपमा भत्किएको छ । प्रदेश सरकारमा कांग्रेस र एमालेबीच पूर्वसहमति कार्यान्वयन नभएको आरोप एकले अर्कोलाई लगाएका छन् । केन्द्रमा विकसित नयाँ राजनीतिक ध्रुवीकरण, बजेट विवाद र कार्यशैलीगत मतभेदका कारण दुई ठूला दलबीचको सहकार्य तोडिएको हो ।  सबै प्रदेश सरकार फेरबदलको कसरत प्रदेश सरकारमा […]

Continue Reading

सय दिनमा बालेन सरकारका बिबादित बिषयहरू

सरकार गठन भएकै दिन १३ चैतमा शासकीय सुधारका एक सयवटा कार्यसूची पारित गरेर कार्यभार सम्हालेको सरकारले साढे तीन महिना नपुग्दै ८ भन्दा बढी गैरकानुनी निर्णय गरेको छ । सर्वोच्चले लगायो पटक–पटक अंकुश भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्ने र नागरिक सेवा प्रवाह प्रभावकारी बनाउने उद्घोष गरेको रास्वपा नेता बालेन्द्र शाह नेतृत्वको सरकारले यी प्रक्रिया अघि […]

Continue Reading

सम्पत्ति छानबिन रोक्नुः सर्वाेच्च अदालत

सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त सबै व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश नृपध्वज निरौलाको इजलासले कामकारबाही रोक्न सम्पत्ति छानबिन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले यसअघि पनि अन्तरिम आदेश दिए पनि आयोगले पूर्वन्यायाधीश र पूर्वसैनिकबाहेकको हकमा छानबिन नरोकिने बताएको थियो। अधिवक्ता मनीराम उपाध्यायको रिटमा सर्वोच्चले सुनुवाइ गर्दै सार्वजनिक पदाधिकारी र […]

Continue Reading

कर्मचारीको कार्यसम्पादन नतिजामा आधारित बनाइने

अबदेखि कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनलाई नतिजामा आधारित बनाइने भएको छ । विगतमा कर्मचारीको कार्यसम्पादन गर्ने क्रममा कार्यालय प्रमुखले राम्रा र नराम्रा कर्मचारीलाई कार्यसम्पादनको अङ्क प्रदान गर्दा समान व्यावहार हुँदै आएकोमा अबदेखि कर्मचारीको मूल्याङ्कन कार्यसम्पादनमा आधारित भएर मात्र गरिने भएको हो । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सङ्घीय, प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै […]

Continue Reading

साविक विजेता अर्जेन्टिना विश्वकपको फाइनलमा

साविक विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकास्थित एटलान्टा स्टेडियममा  आज बिहान भएको खेलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई २–१ गोलले हरायो । प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा अर्जेन्टिनाले पुनरागमन जित निकालेको छ  । अर्जेन्टिनाको जितमा एन्जो फर्नान्डेज र लौटारो मार्टिनेजले गोल गरे ,खेलमा सुरुवाती अग्रता इङ्ल्यान्डले लिएको थियो । ५५औँ मिनेटमा एन्थोनी गोर्डनले पोस्ट नजिकबाट […]

Continue Reading

कुवेत र बहराइनद्वारा इरानी हवाई आक्रमण विफल पारेको दाबी

कुवेत र बहराइनले बुधबार इरानबाट गरिएका हवाई आक्रमणलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले विफल पारेको बताएका छन् । इरान र अमेरिकाबिच होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर सैन्य तनाव चर्किरहेका बेला यी घटना भएका हुन् । कुवेतको सेनाले आक्रमणकारी ड्रोन अवरोध गरी निस्तेज पारिएको जनाएको छ । सेनाले उक्त घटनालाई ‘इरानको आक्रामक गतिविधि’को परिणाम भन्दै निन्दा गरेको छ […]

Continue Reading