एक हजार ४४ जनाको हेलिकप्टरबाट उद्धार

गोरखाको उत्तरी क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोको कारण जोखिममा परेका एक हजार ४४  जनालाई चार दिनभित्रमा हेलिकप्टरमार्फत उद्धार गरिएको छ । असोज २५ गतेदेखि २८ गते साँझसम्म गरिएको उद्धारको क्रममा ९७४ जना नेपाली र ७० जना विदेशी नागरिकलाई सुरक्षित स्थानमा सारिएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताए  । उनका अनुसार असोज […]

Continue Reading

दसैँआयाेः घर फर्कनेको चाप

दसैँको टीका नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट जिल्ला जाने यात्रुको चाप बढेको छ । घटस्थापनादेखि बिहीबारसम्म तीन लाख यात्रु दसैँका लागि बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विशेष गरी सार्वजनिक सवारीमा यात्रुको चाप बढेको व्यवसायीले बताएका छन् । अध्ययन, रोजगारी तथा विभिन्न पेसा व्यवसाय गरी काठमाडौँमा बसोबास गर्दै आएका परिवारको ठुलो सङ्ख्या दसैँ मनाउन जिल्ला फर्किएका छन् । […]

Continue Reading

पेट्रोलियम भण्डारण बढाउनुपर्नेमा आयल निगमद्वारा निर्माणाधीन परियोजना नै बन्द

पेट्रोलियम पदार्थको भण्डारण क्षमता वृद्धि गर्ने आफ्नै नीतिविपरीत आयल निगमले लुम्बिनी प्रदेशमा एक महिनाको माग धान्न सक्ने पूर्वाधारसहितको आधुनिक डिपो निर्माणकार्य बन्द गरेको छ। जग्गा विकास गरी टेन्डर गर्न तयार भएको परियोजनालाई आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले बन्द गर्ने निर्णय गरेका हुन्। उनको यस्तो निर्णय निगमले आर्थिक वर्ष ०८३/८४ का लागि बनाएको वार्षिक नीति–कार्यक्रमविपरीत […]

Continue Reading

मूल्यसूची राख्न र बिल दिन राजमार्गका होटेललाई विभागको निर्देशन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा राजमार्ग-आसपासमा सञ्चालित होटेल, रेस्टुरेन्ट र खाजा घरलाई मूल्यसूची अनिवार्य रूपमा राख्न, ग्राहकलाई बिल उपलब्ध गराउन तथा खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ। विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै उपभोक्ताबाट प्राप्त उजुरी तथा गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उपभोक्ताको स्वास्थ्य, सुरक्षा र हित […]

Continue Reading

विजयादशमी : ऊर्जा रुपान्तरणको पर्व

नेपालीको महान पर्व विजयादशमी सुरु भएको छ । असत्यमाथि सत्यको विजयको प्रतीकको रुपमा मनाइने यो पर्वको आध्यात्मिक, सांस्कृतिक, पौराणिक, मनोवैज्ञानिक र वैज्ञानिक महत्व रहेको आध्यात्मिक गुरु लेखनाथ शास्त्रीले बताए । उनका अनुसार विजयादशमी एक पञ्चाङ्गको चाड मात्र होइन, मानव शरीर र चेतनाको वैज्ञानिक परिवर्तनको कालखण्ड हो, जहाँ व्यक्तिले आफ्नो ऊर्जालाई रूपान्तरण गर्नसक्छ। दुर्गापूजा र नवरात्रिको […]

Continue Reading

आजदेखि नागढुङ्गा सुरुङमार्गमा शुल्क लाग्ने

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आज आइतबार कार्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) सङ्कलन गरिने भएको छ। नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले गत बिहीबार एक सूचना जारी गर्दै टोल शुल्क सङ्कलन सुरु हुने जानकारी दिएको थियाे । सडक बोर्ड नेपालको कार्यकारी समितिको असोज १२ गतेको निर्णय तथा नेपाल राजपत्रमा २०८२ चैत २६ गते प्रकाशित […]

Continue Reading

सुनकोशी मरिन डाइभर्सनको ठेक्का रद्द

सिँचाइ विभागका महानिर्देशक दिनेश राजौरिया र सुनकोशी मरनि डाइभर्सन आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरी नियन्त्रणमा लिएर सुनकोशी मरनि डाइभर्सनको ठेक्का रद्द गरिएको छ। बिहीबार बर्दिबासबाट प्रहरी नियन्त्रणमा लिइएका महानिर्देशक राजौरिया र आयोजना निर्देशक रिजालाई प्रधानमन्त्री कार्यालयमा उपस्थित गराइएको थियो। मौखिक आदेशका आधारमा उनीहरूलाई बर्दिबासबाट नियन्त्रणमा लिई काठमाडौं ल्याएर प्रधानमन्त्री कार्यालयमा बुझाइएको थियो। दुवै जनालाई ठेक्का […]

Continue Reading

रूसी ड्रोनबाट जोगिन ग्यास पाइपलाइनमा लुक्न बाध्य युक्रेनी सैनिक

रुस-युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिसक्दा पनि जारी छ। यस्तो अवस्थामा रुसबाट लगातारका प्रहार भइरहने ड्रोन आक्रमणहरूले युक्रेनी सैनिकहरूका लागि खुला जमिनमा ओहोरदोहोर गर्न निकै कठिन बनाएको छ। उनीहरू पुराना ग्यास पाइपलाइनहरूभित्र लुकेर बसिरहेका छन्। करिब ४ फिट फराकिला यी सुरुङहरूमा सैनिकहरूले कैयौँ हप्तादेखि दुई महिनासम्म बिताउनुपर्ने बाध्यता छ। कुनै समय रुसबाट युरोपसम्म ग्यास पुर्‍याउने […]

Continue Reading

पत्रकार वीरेन्द्र साह हत्या प्रकरण : १९ वर्षपछि चौधरी पूर्वपक्षका लागि थुनामा

२०६४ साल कात्तिक १८ गते अपहरण गरी हत्या गरिएका पत्रकार वीरेन्द्र साहको हत्या अभियुक्त तत्कालीन नेकपा माओवादी बाराका जनसरकार प्रमुख लालबहादुर चौधरीलाई बारा जिल्ला अदालतले पुर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको छ। साहको हत्या गरी फरार रहेका चौधरीले कात्तिक १२ गते बारा जिल्ला अदालतमा हाजिर भएका थिए। हत्या गरेको लगभग १९ वर्षपछि अदालतमा हाजिर भएका चौधरीलाई […]

Continue Reading

अमेरिकामा मध्यावधि निर्वाचन ट्रम्प प्रशासनको परीक्षा

अमेरिकामा जारी मध्यावधि निर्वाचनको अन्तिम मतदान आगामी नोभेम्बर ३ मा हुँदैछ। राष्ट्रपति निर्वाचनको दुई वर्षपछि हुने निर्वाचन भएकाले यसलाई मध्यावधि निर्वाचन भनिएको हो। कार्यकारी राष्ट्रपति रहने अमेरिकामा राष्ट्रपतिको दुई वर्षे कार्यकाललाई आमजनता र मतदाताले कसरी लिइरहेका छन् भन्ने लेखाजोखासमेत चुनावबाट हुने अपेक्षा गरिन्छ। मध्यावधि निर्वाचनमा अमेरिकाको तल्लो सदन अर्थात् हाउस अफ रिप्रिजेन्टेटिभ्सका सबै ४ सय ३५ […]

Continue Reading