भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्रीसहित २३ जना दोषी ठहर

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लगिएको प्रकरणमा जिल्ला अदालत काठमाडौँले दुई पूर्वमन्त्रीसहित उच्च प्रशासकको संलग्नता ठहर गरेको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायतलाई मुद्दामा दोषी ठहर गरेको हो । अदालतमा उपस्थित भएका सात प्रतिवादीले अभियोगबाट सफाइ पाएका छन् । सफाइ पाउनेमा […]

Continue Reading

चिनी मिलबाट किसानको विवरण दिन ढिलाइ, अनुदान रोकियो

सर्लाहीका उखु किसानको अनुदान रकम कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा रोकिएको छ । चिनी मिलहरुले उखु किसानको व्यक्तिगत विवरण उपलब्ध गराउन ढिलाइ गर्दा सङ्घीय सरकारले पठाएको अनुदान रकम कोलेनिकामा अड्किएको हो । सर्लाहीका उखु किसानका लागि ४१ करोड २२ लाख २१ हजार ८६९ रुपियाँ ५० पैसा अनुदान रकम निकासा भएर आएको कोलेनिकाले जनाएको […]

Continue Reading

आज पहाडी भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशको एक, दुई स्थानमा गएराती मध्यम वर्षा भएको छ । महाशाखाका अनुसार गए राति देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा, हिमपात भएकाे छ ।कोशी […]

Continue Reading

प्रधानमन्त्रीको निर्देशनपछि डिडिसीको गुणस्तर सुध्रियो, लापरबाही गर्ने कर्मचारी बर्खास्त

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान (डिडिसी) ले सङ्कलन गर्ने कच्चा दूधको गुणस्तरमा सुधार आएको छ। डिडिसीले कच्चा दूधको गुणस्तर सुधारका लागि कडाइका साथ मापदण्डको कार्यान्वयन गरेपछि गुणस्तरमा सुधार देखिएको हो। डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अनुसार प्रधानमन्त्री कार्यालयको निर्देशनपछि शङ्कास्पद देखिएका दूधका खेप तत्काल हटाउने व्यवस्था गरिएको छ भने दूध खरिदमा ‘फ्याट’ […]

Continue Reading

हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु

लामो समयदेखि बन्द हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने हेतुले कारखानाको भौतिक पूर्वाधार तथा उपकरणको अवस्था एवं परीक्षण अघि बढाइएको छ । सरकारले उद्योगको पुनः सञ्चालनको तयारी गरेसँगै सम्बद्ध निकायबाट त्यहाँको उपकरणको परीक्षणलगायत काम अघि बढाइएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेडौँडा कार्यालयले जनाएकाे छ । उद्योग ०३२ सालमा स्थापना भएको , ०३५ देखि ०५६ सालसम्म […]

Continue Reading

चीनमा आँधीबेहरीले ११ जनाको मृत्यु, एक बेपत्ता

मध्य चीनको हुबेई प्रान्तको पूर्वी भागमा आँधीबेहरीका कारण ११ जनाको मृत्यु हुनुका साथै अन्य एक जना बेपत्ता रहेको प्रान्तीय अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार सोमबार राती आएको आँधी-बेहरी र तिव्र हावाले ह्वांगसी, ह्वांगगांग, एझोउ, र जियानिङलाई प्रभावित गराएको छ । आँधीका कारण चार हजार ८५५ वटा भवनहरू क्षतिग्रस्त भएको जनाइएको छ । जसमध्ये  २२ […]

Continue Reading

अर्जेन्टिना र इजिप्ट पहिलाे पटक विश्वकपमा भिड्दै

सन् २०२६ को फिफा विश्वकपको अन्तिम १६ मा हालसम्म अपराजित रहेको साविक विजेता अर्जेन्टिनाले इजिप्टको सामना गर्दैछ । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी उत्कृष्ट लयमा छन् र उनले यो विश्वकप खेलमा ७ गोल गरेका छन् ।यही लयलाई निरन्तरता दिँदै मेस्सी आफ्नो टोलीलाई क्वार्टरफाइनलमा पुर्‍याउने लक्ष्यका साथ मैदानमा उत्रिने छन् । यो खेल आज राति नेपाली समय […]

Continue Reading

गाजामा हमासले गर्‍यो सरकार विघटनको घोषणा

प्यालेस्टिनी समूह हमासले करिब दुई दशकदेखि गाजामा आफ्नो नेतृत्वमा चलिरहेको सरकार विघटन गर्ने निर्णय गरेको छ ।गाजाको सरकारी मिडिया कार्यालयद्वारा सोमबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सरकारको आपतकालीन समितिका प्रमुख मोहम्मद अल-फराले आफ्नो पदबाट आधिकारिक राजीनामा दिने र सरकारी आपतकालीन समिति विघटन गर्ने निर्णय गरेका छन् । यो कदम सहमतिका व्यवस्थाहरू कार्यान्वयन गर्न र प्रशासनिक संक्रमण […]

Continue Reading

द्रुतमार्गको फर्सीडोल-डुकुछाप खण्डमा पुल बनाउन डीपीआर संशोधन गरिँदै

तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को सुरु विन्दु ललितपुरस्थित खोकनाको ३.३ किलोमिटरको विवाद थाती राखेर फर्सीडोल–डुकुछाप खण्डतर्फ काम अघि बढाउने तयारी गरिएको छ । उक्त खण्डको ३.२ किमिमा सुरुको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधन गरेर दुईवटा पक्की पुल बनाउन लागिएको हो । लामो समयसम्म खोकना खण्डको ६.५ किमिमा काम अघि बढ्न नसकेपछि उक्त क्षेत्रको समस्या पछि समाधान गर्ने भन्दै फर्सीडोलतर्फको […]

Continue Reading

पूर्वराजा ज्ञानेन्द्र जन्मदिन मनाउन सुटुक्क शिवपुरीको नयाँ सोल्टीमा

पूर्वराजा ज्ञानेन्द्र शाह ८० औ जन्मदिन मनाउन सुटुक्क शिवपुरी पुगेका छन्  । करिब दुईमहिना सञ्चालन गरेको शिवपुरीस्थित होटल सोल्टीमा परिवारसहित जन्मदिन मनाउन पुगेका हुन  । सो होटल सोल्टी ग्रुपको हो , त्यहाँ पूर्वराजा शाहको समेत स्वामित्व छ । उच्चस्रोतका अनुसार १९ गते बिहान परिवारसहित शिवपुरी पुगेका पुर्वराजा केहीदिन उतै बस्ने छन् । सो होटल शिवपुरी […]

Continue Reading