यमन नजिकै हेलिकोप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

यमनमा हुथी विद्रोहीसँग तनाव बढिरहेका बेला साउदी अरबका दुई पाइलटको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ।बीबीसी अरबीका अनुसार यमन सरकारलाई समर्थन गर्दै आएको साउदी नेतृत्वको सैन्य गठबन्धनले  एक टोही हेलिकोप्टर प्राविधिक खराबीका कारण यमनको सीमाक्षेत्र नजिक दुर्घटनाग्रस्त भएको जनाएको छ।

हुथी विद्रोहीसँग तनाव बढेपछि साउदी अरबले आफ्ना सैन्य कर्मचारीको मृत्यु भएको जानकारी सार्वजनिक गरेको यो पहिलो घटना हो। यसैबीच अन्सार अल्लाह समूहसँग सम्बन्धित यमनी सशस्त्र बलका प्रवक्ता याह्या सरीले साउदी अरबमा निर्मित ‘कारयाल’ प्रकारको सशस्त्र टोही विमान खसालेको दाबी गरेका छन्।

उनका अनुसार पछिल्लो समय तनाव बढेपछि यस प्रकारको खसालिएको यो चौथो विमान हो। यमनी हवाई क्षेत्रमा प्रवेश गरेदेखि खसालिएका विमानको सङ्ख्या सात पुगेको पनि उनले दाबी गरेका छन्।

समाचार संस्था एएफपीका अनुसार  साउदी अरबको राजधानी रियादका बासिन्दाले आफ्नो मोबाइल फोनमा ‘हवाई खतरा’ सम्बन्धी चेतावनी प्राप्त गरेका थिए। अधिकारीहरूले केही मिनेटपछि नै उक्त चेतावनी हटाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *