युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन

अन्तराष्ट्रिय मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

युरोपभर दैनिक उपभोग्य वस्तु र सेवाको बढ्दो महँगीविरुद्ध आक्रोशित हजारौँ नागरिकहरू सडकमा उत्रिएका छन्। फ्रान्समा गत सेप्टेम्बरमा विद्यार्थीहरुले थालेको आन्दोलनमा हिजाे शनिबारसम्म आइपुग्दा धेरै समूहहरु मिसिएका थिए ।

जसकारण, शनिबार ठूलो आगजनी, तोडफोड र हिंसाका घटना भए । तर, शनिबार विरोध प्रदर्शन फ्रान्समै मात्र सिमित थिएन । बेल्जियम, इटाली र पोर्चुगलमा पनि शनिबार बेग्‍ला-बेग्लै रुपमा प्रदर्शन आयोजना भएका छन् । फ्रान्सको गृह मन्त्रालयका अनुसार फ्रान्सभरका प्रदर्शनमा ५ लाख ५० हजारभन्दा बढी मानिस सहभागी भएका थिए । ठाउँ-ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच कडा झडप भएको थियो।

विद्यार्थीहरूको साताव्यापी प्रदर्शनपछि सुरु भएका यी मार्चहरूले उग्र रूप लिँदै तोडफोड, लुटपाट र आगजनीमा परिणत भएका छन्। हिंस्रक समूहहरूले सरकारी भवन, विलासी बुटिक, सुपरमार्केटहरूमाथि आक्रमण गर्नुका साथै प्रहरीका गाडी र अधिकारीहरूलाई समेत निशाना बनाएका थिए।

इटलीको मिलानमा पनि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रदर्शनकारीले मिलानस्थित सिटी सेन्टरमा आगजनी गरेका छन् । त्यस्तै विभिन्‍न स्टोरहरुमा लुटपाट गरेका छन् ।

महँगी र युद्धको विरोधमा स्वतस्फूर्त रुपमा आन्दोलन शान्तिपूर्ण रुपमा सुरु भएको थियो । तर, मास्क लगाएका आन्दोलनकारीहरुले ढुंगा प्रहार गर्ने तथा आगजनी गर्ने काम गरेपछि आन्दोलन नियन्‍त्रणमा लिन बल प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ ।

भीडलाई नियन्‍त्रणमा लिन प्रहरीले टियर ग्याँस र पानीको फोका प्रयोग गरेको थियो ।  यसक्रममा कम्तीमा दुई प्रहरी घाइते भएको  र ५० प्रदर्शनकारी पक्राउ परेको इटलीको समाचार एजेन्सी ला प्रेसेले जनाएको छ ।उता, बेल्जियमको राजधानी ब्रसेल्समा पनि विश्वविद्यालयको भर्ना शुल्कविरुद्ध केही सातायता विद्यार्थीहरु आन्दोलित थिए ।

त्यसक्रममा  प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो। शुक्रबार विद्यार्थीहरुको प्रदर्शनमा अन्य असन्तुष्ट समुहहरु पनि मिसिदाँ प्रहरीलाई अवस्था नियन्त्रणमा लिन कठिन भयो ।

प्रदर्शनकारीहरूले आफूहरूमाथि ढुंगामुढा प्रहार गर्नुका साथै विभिन्न स्थानमा आगजनी गरेपछि बल प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ ।

पोर्चुगलमा पनि बढ्दो महँगी र आवासको संकटप्रति दशौं हजारले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले राजधानी लिस्बनमा भेला भएर प्रदर्शन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *