सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्यामा दोषी ठहर भएका फरार प्रतिवादी बाबु थापा पक्राउ परेका छन्। जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थापालाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनलाई बुधबार राति सर्लाहीको बागमती नगरपालिका–स्थित मिलनचोकमा रहेको घरबाट पक्राउ गरिएको हो।
थापा न्यायाधीश बमको हत्यामा दोषी ठहर भएपछि कैद सजाय भोगिरहेका थिए। जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो।
