सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध

अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि

सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष वेदबहादुर थापाका अनुसार  हर्मिचौर पूर्तिघाट सडक खण्डको कालीगण्डकी गाउँपालिका वडा नम्वर २  अर्वेनी राक्सेमा आइतबार साँझ सडक माथिबाट सुक्खा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो ।

आइतबार राती भएकाले पहिरो पन्छाउने कार्य सम्भव नभएको र सोमबार बिहानबाट पहिरो पन्छाउने कार्य हुने उनले बताए  ।

उक्त स्थानमा धेरै पहिरो झर्ने भएकाले पटक पटक सडक अवरुद्ध हुँदै आउने गरेको छ । गत दुई महिनाको अवधिमा २२ पटक सडक अवरुद्ध भएको प्रहरी चौकी पूर्तिघाटले जनाएको छ ।  सडक अवरुद्ध हुँदा लामो तथा छोटो दुरीका सवारी सञ्चालनमा आउन सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *