अर्घाखाँचीको शीतगंगा नगरपालिकामा चारवटा गाडी एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत शीतगंगा नगरपालिका–१२, बसेरीमा सुपादेउराली दर्शन गरेर फर्किँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०७८५ नम्बरको ईभी हाइसको ब्रेक फेल भएपछि दुर्घटना भएको हो ।
उक्त ईभी हाइसले ठक्कर दिँदा लु १ ज ४१९४ नम्बरको कार, लुम्बिनी प्रदेश ०१–००१ ज ०६४६ नम्बरको गाडी र लु १ ज ३७४७ नम्बरको कार एकापसमा ठोक्किएका थिए । दुर्घटनामा लु १ ज ३७४७ नम्बरको गाडी पूर्ण रूपमा क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक लक्ष्मीप्रसाद पन्थीले दुर्घटनामा कुनै मानवीय क्षति नभएको जानकारी दिए ।
