दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन् गर्ने काम रोकेकोप्रति ओलीको आपत्ति

अर्थ मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि
दैलेखमा रहेको खानीबाट ग्यास र पेट्रोलियम पदार्थ उत्खनन् गर्ने काम रोकेकोप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन्। नेकपा एमाले बागमती प्रदेश संगठन कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले व्यवसायिक उत्पादन बैशाखदेखि नै हुनुपर्नेमा सरकारले प्रक्रिया अगाडि नबढाएको भन्दै आपत्ति जनाएका हुन्।

उनले खानीबाट नेपालले अर्बौं लाभ लिन सक्ने भएपनि सरकारले काम रोकेको बताए। ओलीले भने,‘कुनै काम हुन नसक्ने गरी रोक लगाइएको छ। कतिपय विकास निर्माणका काम रोकिएको छ र ठेक्का रद्ध गरिएको छ।’

उनले एमाले इमानको प्रतिमूर्ति हुनुपर्नेमा पछिल्लो समय त्यो देखिन छाडेको र स्वार्थ अनुसार अगाडि बढ्ने गरेको बताए। उनले अरुलाई आलोचना गर्दा गर्दै एमाले भित्रको अवस्था कस्तो भएको छ मूल्याङ्कन गर्नुपर्ने र प्रतिबद्ध हुनुपर्ने दोहोर्‍याए।

अध्यक्ष ओलीले अहिले नेता धेरै तर काम हुने गरेको बताए। उनले पहिले नेता कम भएपनि काम हुने र नेता-कार्यकर्ता जनताका बीचमा हुने गरेको उल्लेख गरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *