दसौँ राष्ट्रिय खेलकुद : लुुम्बिनी प्रदेशबाट पौडीका २० खेलाडी छनौट

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

कर्णाली प्रदेश राजधानी सुर्खेतमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुदका लागि लुुम्बिनी प्रदेशबाट पौडीका २० खेलाडी छनौट भएका छन् । नेपालगन्ज रंगशाला परिसरमा भएको पौडीको फ्रिस्टाइल र बटर फ्लाइ स्पर्धामा सहभागी भएका २० पुरुष र ११ महिला खेलाडीमध्ये १२ जना पुरुष र ८ जना महिला खेलाडी छनौट भएको पौडी प्रशिक्षक चन्द्रराम चौधरीले जानकारी दिए  ।

छनौट हुने पुरुष खेलाडीहरुमा अमित रावल, प्रत्युज जोशी, सुशान्त बोहोरा, संस्कार न्यौपाने, रामबहादुर थारु, विशेष प्रचण्ड सिंह, अनन्त प्याकुरेल, ओम भण्डारी, इभान्सु भट्टराई, राघव खत्री, सुमिक वाग्ले र अध्ययन भण्डारी रहेकाछन्  । त्यसैगरी महिला खेलाडीहरुमा जिज्ञासा भुसाल, संस्थिता गिरी, समृद्धि न्यौपाने, श्रीजा रेग्मी, स्मारिका आचार्य, ईभा भट्टराई, कृतिका वाग्ले र नित्याश्री दहित रहेका छन् ।

छनोट भएका अधिकांश खेलाडी बाँके जिल्लाकै रहेको प्रशिक्षक चौधरीले बताउदै विगतमा नेपालगन्जको स्प्रिङ डेल एकेडेमीका धेरै खेलाडी छनोट हुने गरेकोमा यस पटक भने कोहलपुरको शिखा एकेडेमीबाट धेरै खेलाडी राष्ट्रिय खेलका लागि छनोटमा परेकाे जानकारी दिए।

१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको पौडी प्रतियोगिता भने नेपालगन्जस्थित रंगशाला परिसरमा रहेको पौडी पोखरीमा सञ्चालन गरिने तय भएको साबिक मध्यपश्चिम खेलकुद विकास समितिले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *