मैनबत्तीबाट सल्किएको आगोले घर जल्यो, ग्यास सिलिन्डर विस्फोट

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

दीपावलीका अवसरमा मैनबत्ती बाल्ने क्रममा आगलागी हुँदा बागलुङको ताराखोला गाउँपालिका–३ हिल गाउँमा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ।

स्थानीय थमबहादुर पुनको घरमा बालिएको मैनबत्तीबाट आगो सल्किएको थियो। आगलागी भएपछि घरभित्र रहेको ग्यास सिलिन्डरसमेत विस्फोट हुँदा घर पूर्णरूपमा क्षति भएको निमित्त वडाध्यक्ष प्रेमबहादुर बुढामगरले जानकारी दिए ।

आगलागीबाट घरभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्। मानवीय क्षति हुनबाट भने जोगिएको वडाध्यक्ष बुढामगरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *