आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित दानबहादुर कार्कीले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन बिहीबार दर्ता हुन सकेन । उक्त रिट निवेदन शुक्रबार दर्ता भए छिटोमा तिहारपछि मात्र सुनुवाइ हुनेछ ।
निवेदन दर्ता भएको भोलिपल्टदेखि तिहार बिदा सुरु हुने भएकाले तिहारपछि मात्रै मुद्दाको प्रारम्भिक सुनुवाइ हुनेछ । सर्वोच्चका कर्मचारीहरूले कार्कीका कानुन व्यवसायीहरूलाई ‘अध्ययनका क्रममा रहेकाले बिहीबार निवेदन दर्ता हुन नसकेको’ सूचना दिएका थिए । निवेदन दर्ता भएको भोलिपल्ट सुनुवाइको लागि पेशी तोक्ने चलन हुन्छ ।
सरकारले निवर्तमान प्रहरी महानिरीक्षक कार्कीलाई हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ । कार्कीले मन्त्रिपरिषद्को निर्णयको पत्र बुझेका छैनन् ।
