बागलुङमा जुवाखालबाट नेतादेखि वकिलसम्म पक्राउ

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

जिल्ला प्रहरी कार्यालय बागलुङले जुवाको खालबाट ९ जनालाई पक्राउ गरेको छ । बागलुङ नगरपालिका वडा नम्बर २ हल्लन चोकस्थित अमर खड्काको घरबाट खड्कासहित ९ जनालाई १ लाख ६४ हजार ९ सय २५ रुपियाँ नगदसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रिपोर्ट जि.सी., भीमबहादुर खत्री, चिरञ्जीवी शर्मा, केशव पराजुली, राजु गौतम, हरि शर्मा, डम्मरबहादुर भण्डारी र दुर्गाबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए ।

पक्राउ पर्नेहरू राजनीतिक दलका नेतादेखि, वकिल र व्यवसायमा आबद्ध रहेका छन् । गोप्य सूचनाको आधारमा खड्काको घरमा पुगेको प्रहरीले पक्राउ परेका व्यक्तिको साथबाट नगदसहित ४ सय ३८ पत्ती तास बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *