सुनकोशी मरिन डाइभर्सनको ठेक्का रद्द

अर्थ मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

सिँचाइ विभागका महानिर्देशक दिनेश राजौरिया र सुनकोशी मरनि डाइभर्सन आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरी नियन्त्रणमा लिएर सुनकोशी मरनि डाइभर्सनको ठेक्का रद्द गरिएको छ।

बिहीबार बर्दिबासबाट प्रहरी नियन्त्रणमा लिइएका महानिर्देशक राजौरिया र आयोजना निर्देशक रिजालाई प्रधानमन्त्री कार्यालयमा उपस्थित गराइएको थियो। मौखिक आदेशका आधारमा उनीहरूलाई बर्दिबासबाट नियन्त्रणमा लिई काठमाडौं ल्याएर प्रधानमन्त्री कार्यालयमा बुझाइएको थियो। दुवै जनालाई ठेक्का रद्द गर्ने सर्त गराएरमात्र छाडिएको थियो। सोही सर्तबमोजिम सार्वजनिक सूचना जारी गर्दै ठेक्का रद्द गरिएको छ।

आयोजनाद्वारा प्रकाशित सूचनामा भनिएको छ, ‘यस आयोजनाबाट मिति २०८३ साल जेठ २५ गते प्रकाशित सूचनामार्फत आह्वान गरिएको निर्माण कार्यको बोलपत्र प्रचलित सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३(२) बमोजिम रद्द गरिएको व्यहोरा सम्बन्धित सम्पूर्ण बोलपत्रदाता हरूलाई यस सूचनामार्फत जानकारी गराइन्छ।’

ऐनको व्यवस्थाअनुसार निर्माण, हाइड्रोमेकानिकल कम्पोनेन्ट तथा सम्बद्ध संरचनाहरूको ठेक्का रद्द भएको आधिकारिक सार्वजनिक सूचना शनिबार नै प्रकाशित भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *